आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकी रेष्टुरेन्टको अनौंठो नियम, मास्क लगाउने ग्राहकलाई ५ डलर जरिवाना

प्रकाशित
1.2K
SHARES

काठमाडौँ । कोरोना भाइरसको महामारीको यो समयमा संक्रमण फैलिनबाट रोक्न तथा संक्रमित हुनबाट बँच्नको लागि सबैभन्दा महत्वपूर्ण उपाय भनेको मास्क लगाउनु नै हो । धेरै मुलुकहरुले अहिले सार्वजनिक स्थानमा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम बनाएका छन् र मास्क नलगाएमा जरिवाना समेत तिर्नुपर्छ ।

तर उता अमेरिकाको एक रेष्टुरेन्टमा चाहिँ मास्क लगाउन पाइँदैन । मास्क लगाएर जाने ग्राहकले उल्टै जरिवाना तिर्नुपर्छ । रेष्टुरेन्टमा मास्क लगाएर जाने ग्राहकले ५ डलर जरिवाना तिर्नुपर्ने नियम उक्त रेष्टुरेन्टले बनाएको छ । लकडाउनका कारण सामूहिक रूपबाट भएको नोक्सानीको भरपाइ गर्नका लागि यस्तो नियम बनाइएको रेष्टुरेन्टको दाबी छ ।

क्यालिफोर्नियाको मेन्डोकिनोमा रहेको फिडलहेड क्याफे सायद संसारकै पहिलो रेष्टुरेन्ट होला जसले मास्क लगाएर जाने ग्राहकलाई जरिवाना गर्दछ ।

रेष्टुरेन्टका मालिक क्रिस केसलम्यानका अनुसार मानिसहरु समाजको हितकै लागि मास्क लगाइरहेका छन् । त्यसैले त्यस्तो हित सोच्ने मानिसहरूले थप ५ डलर चुक्ता गर्दा कुनै समस्या मान्दैनन् । मास्क लगाउने बाट संकलित त्यस्तो रकम च्यारिटीमा प्रदान गरिने रेष्टुरेन्टले जनाएको छ ।

केसलम्यान भन्छन् ‘समाजको चिन्ता गर्ने दाबी गर्दै मास्क लगाउने मानिसहरुबाट च्यारिटीका लागि ५ डलर अशुल गर्नु कुनै ठूलो रकम होइन ।’

रेष्टुरेन्ट मालिक केसलम्यान व्यक्तिगत रूपमा मास्क लगाउनुपर्ने पक्षमा छैनन् । अधिकांश ग्राहकहरूको सोच पनि आफ्नोजस्तै रहेको उनको भनाइ छ । आफूले ग्राहकहरूलाई उनीहरूको रुचि अनुसारको निर्णय लिने स्वतन्त्रता दिने भन्दै उनले मास्क लगाउन अनिवार्य गर्नु सरकारको अप्रभावकारी उपायको हिस्सा भएको दाबी उनको छ । एजेन्सीको सहयोगमा

कहिल्यै बुढो नहुने गाउँ, सबैको औषत आयु सय वर्ष

उमेरको असर मानिसको अनुहारदेखि शरीरको फिटनेससम्म देखिने गर्दछ । तर कश्मीर घाटीका एक जनजाती समुदायमा भने औसत उमेर नै सय बर्ष भन्दा माथि छ । त्यतिमात्र होइन उनीहरु बुढ्यौलीमा पनि तन्नेरी नै देखिन्छन् ।

उनीहरुको दीर्घ उमेरको कारण हो स्वस्थ्य जीवनशैली र खानपान । उक्त आदिवासी त्यो अन्न मात्र खान्छन् जो आफै उर्मान्छन् । हुन्जा नामक जनजातिका उनीहरु आरु र चर्काे घाममा सुकाएको ओखरको बढि सेवन गर्दछन् । खानामा आफैले उब्जाएको अन्नको दुई छाक भोजन गर्दछन् ।

कैयौं बर्षसम्म उनीहरुका साथमा बिताएका वैज्ञानिक डा. रोबर्ट मैक्कैरिसनका अनुसार ति आदिवासी समुदाय पिउन र नुहाउन हिमनदिको पानी प्रयोग गर्दछन् । उनीहरु मध्ये कोहि पनि अहिलेसम्म कुनै पनि रोगले ग्रसित छैनन् । त्यहामा महिलाले ६५ बर्षसम्म गर्भधारण गरेको तथ्यांक छ ।

कश्मिरको पाकिस्तानी क्षेत्रको गिलगित बाल्टिस्तानको पहाडका बीचमा रहेको यस गाउँका मानिसको औशत उमेर १ सय बर्ष छ । केहि भने १२० बर्षसम्म जीवित रहन्छन् । कतिपय त १५० बर्षसम्म बाँचेको बताइन्छ । यहाँका ७० बर्षका मानिस पनि ३० बर्षे युवक झै देखिन्छन् । अझ महिलाको हकमा उमेरले डाडा काटेका महिला पनि युवती झै देखिन्छन् ।

दाहसंस्कारमा कपाल काटेर टोपी बनाउने परम्परा

विश्वमा कैयौं यस्ता अनौठा रितिरिवाज छन् जो बर्षौदेखि चलिआएका भएपनि धेरैलाई भने यसबारे थाहा छैन । चीनमा यस्तै एक अनौठो परम्परा छ जहाँ मानिस मरेपछि कपाल काटेर विग अर्थात टोपी बनाई लगाउने गर्दछन् ।

चीनको मिआओको एक गाँउमा यदि कुनै परिवार वा चिनजानका व्यक्तिको मृत्यु भएमा, विशेषगरी महिलाले मृत शरीरबाट कपाल काटेर टोपी बनाउँछन् । मृतकको शरीरबाट काटिएको कपालको टोपीलाई त्यहाँका महिलाले विशेष चाँड पर्वमा पूर्वजको सम्झनामा लगाउने गर्दछन् ।

मिआओको यो परम्परामा मृतकको कपाललाई नष्ट गर्नुको सट्टा सुन्दर तरिकाले सजाउने गरिन्छ । साथै विशेष महोत्सव वा पर्वमा त्यस कपालबाट बनाइएको टोपी परिवारका महिला वा युवती सदस्यले लगाउने गर्दछन् । यस अलावा महिलाले कर्पाल कोर्दा झरेका कपाललाई समेत सम्हालेर राख्ने र यसको बिग बनाउने गरिन्छ ।

प्रतिक्रिया