आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आलोचकलाई परराष्ट्रमन्त्रीको जवाफ, ‘अहिले मान्छेको जीवन रक्षा ठूलो कुरा हो कि अरु ?’

प्रकाशित
328
SHARES

काठमाडौं । कोरोना खोपका लागि राष्ट्रपतिले गरेको पहलमाथि प्रश्न उठाएकोमा पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले असन्तुष्टि जनाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी चीनका राष्ट्रपति शी जिनपिङसँग टेलिफोन सम्वाद गरेकी थिइन् भने भारत, अमेरिका, रुस र बेलायतका राष्ट्र प्रमुखलाई पत्रचार गरेकी छन् । राष्ट्रपतिको यो प्रयत्‍नलाई कतिपयले अस्वभाविक सक्रियता भन्दै आलोचना गरेका छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले भने यस्ता टिप्पणीहरु देख्दा बडो बिरक्त पनि लाग्ने गरेको बताए । आलोचना गर्नेहरुलाई उनको प्रश्न छ, छ , ‘अहिले मान्छेको जीवन रक्षा ठूलो कुरा हो कि अरु ?’

खोपतका लागि परराष्ट्र मन्त्रालय र प्रधानमन्त्रीले आफ्नो पहल गरिरहेको भन्दै उनले भने, ‘राष्ट्रपति यो देशको सर्वोच्च पदाधिकारी हो । संविधानको रक्षक र देशको अभिभावकको हैसियतले उहाँले आवश्यकता अनुसार आफ्नो हैयिसतलाई प्रयोग गर्नु हुन्छ ।’

आलोचना गर्नेहरुले सामान्य प्रोटोकल समेत ख्याल नगरेको परराष्ट्रमन्त्री ज्ञवालीको गुनासो छ । उनले भने, ‘जहाँ कार्यकारी राष्ट्रपति हुनुहुन्छ, त्यहाँ कुराकानी त राष्ट्रपतिले नै गर्नुपर्‍यो नि । प्रधानमत्री र राष्ट्रपतिको बीचमा त कुराकानी हुँदैन ।’

तर आलोचना गर्नेहरुले खोप ल्याएर नागरिकहरुको जीवन रक्षा गर्नु ठूलो हो भन्ने न्यूनमत मानवीयता समेत नराखेको उनले बताए । बालुटारमा बसेको एमाले स्थायी कमिटीको बैठकपछि परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘ती नेता, जसले अत्यन्त छुद्र ढंगले टिप्पणी गर्नु भएको छ, (हात जोडेर) मेरो प्रार्थना छ, उहाँहरुलाई कहिल्यै कोरोना नलागोस् । उहाँहरुको नातापाता, सरसम्बन्ध कसैलाई पनि त्यस्तो नहोस् ।’ साथै उनले यस्ता मामिलामा राजनीतिक प्रश्न नगर्न समेत सबैलाई आग्रह गरेका छन् ।

ठाकुरसहित चार नेता जसपाबाट निष्कासित

जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको हो । यादव पक्षले यसबारे निर्वाचन आयोगलाई पनि जानकारी गराइसकेको छ ।

पार्टीभित्र विवाद उत्कर्षमा पुगेपछि यादवले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्लालाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण दिन जेठ १५ गते पत्र पठाएका थिए । तर तीन दिन बित्दासम्म स्पष्टीकरणको जवाफ आएको थिएन । यसअघि जेठ ८ गते बसेको कार्यकारिणी समितिको बैठकले कारबाहीसम्बन्धी निर्णय लिने सम्पूर्ण अधिकार अध्यक्ष यादवलाई दिएको थियो ।

जेठ ८ गते बसेको कार्यकारिणी समितिका बैठकले सरकारमा सहभागी हुने नेता पार्टीबाट स्वतः निष्कासन हुने निर्णय पनि गरेको थियो । ठाकुर पक्ष सरकारमा जाने पक्का भइसकेको छ । प्रधानमन्त्री ओलीसँग भएको वार्ता अनुसार आठ मन्त्री र दुई राज्यमन्त्री दिने सहमति भएको छ । ‘सरकारमा सहभागी हुने १० जना स्वतः कारवाहीमा पर्ने नै भए,’ यादव पक्षका एक नेताले बताए ।

यता, अध्यक्ष उपेन्द्र यादवलाई पनि ठाकुर पक्षले सोही दिन स्पष्टीकरण सोधिएको थियो । तर उनले अझै जवाफ दिएका छैनन् । उनलाई पठाएको पत्रमा पनि २४ घण्टाभित्र चित्त बुझ्दा जवाफ नदिए पार्टीबाट निष्कासनसम्मको कारवाही हुने पत्रमा उल्लेख थियो ।

सोमबार प्रधानमन्त्री ओलीसँग भेटेपछि सरकार जाने सहमति भइसकेको छ । तर पार्टीमा क–कसलाई सरकारमा पठाउने भन्ने विषयमा सहमति हुनसकेको छैन । हिजो पनि मन्त्रीका विषयमा छलफलका लागि ठाकुर पक्षको बैठक बसेको थियो तर सहमति हुन सकेन । त्यसका लागि आज पनि प्रयास हुने बताइएको छ ।

प्रतिक्रिया