आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राष्ट्रपतिलाई भिख माग्न लगाउने ? बाबुराम भट्टराई

प्रकाशित
496
SHARES

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सरकार खुराफातमा मस्त भएर सेरेमोनियल राष्ट्रपतिलाई भिख माग्न लगाएको टिप्पणी गरेका छन् ।

भट्टराईले एक ट्विट गर्दै नेपाल जस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट खोप लिएर सबैलाई पुर्याइसक्दा हामी किन कुइराको काग जस्तो भएको भन्दै प्रश्नसमेत गरेका छन् ।

उनले भनेका छन,’कोरोनाविरुद्धको खोप सबैलाई छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व हो । हामीजस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट लिएर सबैलाई पुर्याइसक्दा हामी किन कुइराको काग जस्तो ? सरकार खुराफातमा मस्त हुने सेरेमोनियल रापलाई चाहिँ भिख माग्न लगाउने ? खै लज्जाशरणम ?’

यस्तै चीनले अनुदान दिएको १० लाखमध्ये ९ लाख डोज खोप आज नेपाल आइपुग्दै छ । ८ लाख डोज खोप चीनको राजधानी बेइजिङ र १ लाख डोज खोप स्वायत्त क्षेत्र तिब्बतबाट आज काठमाडौँ आइपुग्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार चीन सरकारले अनुदानमा दिएको खोपमध्ये ८ लाख डोज लिन नेपाल वायुसेवा निगमको काठमाडौं–बेइजिङ–काठमाडौं मेडिकल कार्गो उडान सोमबार राति ११ बजे बेइजिङ प्रस्थान गरेको छ । सो विमानले आज २ बजेसम्म ८ लाख खोप लिएर नेपाल आइपुग्नेछ ।

यस्तै चीनको स्वायत्त क्षेत्र तिब्बतले प्रदान गर्ने २ लाखमध्ये पहिलो लटको १ लाख डोज खोप हिमालयन एयरलाइन्सको चार्टर्ड उडानमार्फत आजै ल्याइँनेछ । बाँकी १ लाख डोज पनि हिमालयन एयरलाइन्सको चार्टर्ड उडानमार्फत भोलि ल्याइँनेछ ।

चिनियाँ खोप ५५-६५ वर्षकालाई लगाइने

चीनले नेपाललाई अनुदानस्वरुप दिएको उक्त खोप ५५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई लगाइने तयारी भएको छ । ‘भेरोसेल’ खोप ५५ देखि ६५ वर्ष उमेर समूहलाई दिइने स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ ।

यसअघि सरकारले भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप १४ जिल्लामा ५५ वर्षभन्दा माथिकालाई र बाँकी जिल्लामा ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई दिइएको थियो ।

६५ वर्ष माथिको करिब ९ लाख भन्दा बढी र कुल साढे १४ लाख नागरिक दोस्रो डोज खोपको पर्खाइमा रहेको मन्त्रालयको तथ्यांक छ । उनीहरुलाई बेलायतको एस्ट्राजेनेकाले उत्पादन गरेको खोप लगाउने तयारी सरकारले गरेको छ ।

यस्ता छन् कोरोनाविरूद्धको खोपबारेका भ्रम र यथार्थ

भ्रम नं–१) कोभिड–१९ भ्याक्सीनले DNA लाई ड्यामेज गर्दछ । वास्तविकता नं- १) चारै किसिमका कोभीड–१९ भ्याक्सीनहरु MRNA, Viral Vector, Inactivated Virus, Protein Antigen भ्याक्सीन कुनैले पनि DNA ड्यामेज गर्दैन ।

भ्रम नं- २) यो भ्याक्सीन हतारमा बनाइएको हुँदा सुरक्षित छैन । वास्तविकता नं-२) यो भ्याक्सीन कम समयमा तयार गरिएको भएता पनि यसले सुरक्षाका सबै मापदण्डहरू पार गरेको छ ।

भ्रम नं- ३) फूड एलर्जी भएका, कमजोर एवं प्रतिघाती प्रतिरक्षा प्रणाली भएका, बच्चालाई दुध चुसाउने आमा र गर्भवतीहरुले भ्याक्सीन लगाउन हुँदैन। वास्तविकता नं-३) गर्भवतीहरुमा आधिकारीक निर्णय भईसकेको छैन । बाँकी अरुले यो भ्याक्सीन लगाउन सक्छन् ।

भ्रम नं-४) कोभीड–१९ भ्याक्सीन लगाएपछि कोभीड–१९ को संक्रमण हुन सक्दछ । वास्तविकता नं-४) कोभीड–१९ का चारै किसिमका भ्याक्सीनहरुलाई मानव उपयोगी बनाईएकाले कोभीड–१९ हुन सक्दैन ।

भ्रम नं- ५) कोभीड–१९ बाट संक्रमितहरुले भ्याक्सीन लगाउनु पर्दैन । वास्तविकता नं-५) प्राकृतिक प्रतिरक्षा प्रणाली कहिले सम्म टिक्दछ भनेर भन्न सकिन्न यसर्थ कोभीड संक्रमितहरुले पनि भ्याक्सीन लगाएर सुरक्षित होऔं ।

भ्रम नं- ६) कोभीड–१९ भ्याक्सीन लगाएपछि माक्स लगाउने र सामाजिक दूरी कायम गर्नु पर्दैन । वास्तविकता नं-६) भ्याक्सीन लगाए पनि महामारी नियन्त्रणका लागि माक्स लगाउने र सामाजिक दूरी कायम गर्नु पर्दछ ।

प्रतिक्रिया