आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

स्वास्थ्यकर्मीमाथि आ’क्र’मण गर्नेलाई ५ वर्षसम्म कैद सजायको व्यवस्था गर्न सुझाव

प्रकाशित
548
SHARES

काठमाडौं । नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आ’क्र’मण गर्नेलाई तीनदेखि पाँच वर्षसम्मको कैद सजाय हुने कानूनी व्यवस्था गर्न सुझाव दिएको छ ।

सोमबार विभाग प्रमुख खगराज अधिकारी नेतृत्वको टोलीले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई भेटी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेशमा यस्तो व्यवस्था गर्न सुझाव दिएको हो ।

यस्तै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गाली गलौज, अपमान तथा सामाजिक सञ्जालमा तथ्यहीन अफवाह फैलाउनेलाई पनि सजायको व्यवस्था हुनुपर्ने टोलीले सुझाव दिएको छ ।

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका अधिकारी नेतृत्वको टोलीले स्वास्थ्य आपतकाल वा विपद् संकटग्रस्त क्षेत्र घोषणा भएको वा संक्रामक रोग निर्मूल वा रोकथाम आदेश जारी भएको अवस्थामा दोब्बर सजायको व्यवस्था गर्न पनि ध्यानाकर्षण गराएको छ ।

यसैगरी संक्रामक रोग ऐन सक्रिय भएको वा स्वास्थ्य आपतकाल जारी भएको अवस्थामा उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको ज्यान गएमा कम्तिमा २५ लाख रुपैयाँको स्वास्थ्य बीमा गर्न सुझाव दिएको छ ।

जवाफमा मन्त्री त्रिपाठीले यसमा उठाइएका विषयमा ध्यानाकर्षण भएको र विधेयकको मस्यौदा कानून मन्त्रालयमा पठाइसकिएकाले सम्बन्धित मन्त्रालयको समेत ध्यानाकर्षण गराउन आग्रह गरे।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ७६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १५ हजार ५५ जनाको पीसीआर परीक्षणमा ४ हजार १७८ र २ हजार ४२५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५८४ जना गरी कुल ४ हजार ७६२ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ११४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ६ हजार ४९१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कोरोना भ्याक्सिन लगाएपछि खानुपर्छ यी खानेकुरा

कोरोनाभाइरसको दोस्रो लहरबाट बच्नका लागि भ्याक्सिन नै एकमात्र तरिका हो । नेपालमा पनि खोप अभियान त चलिरहेकै छ तर यहाँका सिमितमा मात्रै यसको पहुँच छ । यहाँ भारत र चीनको गरी दुई थरीको भ्याक्सिन लगाइँदै छ ।

चिनियाँ भ्याक्सिनका खासै केही साइड इफेक्ट देखिएका छैनन् तर भारतीय भ्याक्सिन लगाएपछि केही साइड इफेक्ट देखिएको धेरैले बताएका छन् । भारतीय भ्याक्सिन लगाएपछि टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने वा थकान महसुस भइरहेको छ । डाक्टरले डाइट र रुटीनमा ध्यान दिएर यी साइड इफेक्टलाई कम गर्न सक्ने बताएका छन् ।

आउनुहोस्, खानपिनका कुन कुराले साइड इफेक्ट कम हुन्छ, प्रतिरोधी क्षमता बलियो हुन्छ र भ्याक्सिनको असर बढी हुनसक्छ भन्नेबारे जानकारी लिऔं ।

प्याज र लसुनः प्याज र लसुन दुबैलाई इम्युनिटी बुस्टर मानिन्छ । भ्याक्सिन लगाएपछि खानामा यसलाई समावेश गर्नुहोस् । काँचो लसुनमा म्यागनिज, भिटामिन बीसिक्स, फाइबर, सेलेनियम, भिटामिन सी र केही मात्रामा क्याल्सियम, कपर, पोटासियम, आइरन र फोस्फोरस हुन्छ । यसमा एन्टीअक्सिडेन्टको मात्रा अत्यधिक हुन्छ । यस्तै, प्याजमा पनि भिटामिन सी भरपुर मात्रामा पाइन्छ ।

फलफूलः जुन फलफूलमा पानीको मात्रा धेरै हुन्छ, त्यसले भ्याक्सिनको साइड इफेक्ट काम गर्ने गर्छ । यी फल ताजा र पर्याप्त मात्रामा खानुपर्छ । खरबुजा, अंगुर, भुइँकटहर, आँप र केरा यस्ता फल हुन् जसले शरीरलाई हाइड्रेट राख्न मद्दत गर्छ ।

स्वास्थ्य विज्ञका अनुसार भ्याक्सिन लगाउनु अघि र पछि शरीरलाई हाइड्रेट राख्न अत्यावश्यक छ । यसो हुँदा भ्याक्सिनको साइड इफेक्ट कम महसुस हुन्छ । यस्ता फलफूलले प्रतिरोधी क्षमता बढाउँछ । यसले भ्याक्सिनको असरलाई थप बढाउन सक्छ । यस्ता फलफूललाई नास्ताको रुपमा खानुहोस् ।

हरियो सागसब्जीः कुनै पनि साइड इफेक्टबाट बच्नका लागि सन्तुलित आहार लिन आवश्यक छ । हरियो सागसब्जीले प्रतिरोधी क्षमता बढाउँछ र यी पोषक तत्वले भरपुर हुन्छन् । यो आन्द्राका लागि पनि निकै राम्रा हुन्छन् । यदि तपाईंले भ्याक्सिन लगाएर आउनुभएको छ भने खानामा हरियो सागसब्जी समावेश गर्ने कोसिस गर्नुहोस् ।

हरियो सागसब्जीलाई पकाएर वा सलादको रुपमा काँचै पनि खान सकिन्छ । तपाईं यसको सुप बनाएर पनि खान सक्नुहुन्छ । तपाईंको प्लेटमा जति धेरै हरियो सागसब्जी हुन्छ, तपाईंले आन्तरिक रुपमा त्यति नै मजबुती पाउनुहुन्छ ।

बेसारः बेसारलाई नेचुरल इम्युनिटी बुस्टर मानिन्छ । यसले तनाव कम गरेर, पाचन क्रियालाई सही राख्ने र शरीरलाई सुन्निनबाट जोगाउने काम गर्छ । धेरैजसो घरमा खानामा बेसारको प्रयोग गर्ने चलन छ तर यसलाई अन्य तरिकाले पनि सेवन गर्न सकिन्छ । दिउँसो एक वा दुई पटक काढामा बेसार राखेर पिउन सक्नुहुन्छ वा तपाईं राती सुत्नुअघि बेसार हालिएको दुध पिउन सक्नुहुन्छ ।

पानीः भ्याक्सिन लगाएपछि आफूलाई हाइड्रेट राख्न अत्यावश्यक छ । यसो गर्दा तपाईंको शरीर सक्रिय रहनेछ र साइड इफेक्ट पनि कम महसुस हुनेछ । स्वास्थ्य विज्ञका अनुसार भ्याक्सिन लगाउनु एक दिन अघि र त्यसको केही दिन पछिसम्म पनि धेरैभन्दा धेरै पानी पिउनुपर्छ ।

ध्यानमा राख्नुहोस् कि तपाईंले चिसो पानी भने पिउने होइन । पिउने पानी सामान्य तापक्रममा हुनुपर्छ । पानीबाहेक तपाईं अन्य पनि धेरै लिक्विड डाइट लिन सक्नुहुन्छ जस्तै कि घरमा बनेको सूप, हर्बल टी, काढा, जूस र शेक्स ।

गेडागुडीः फाइबरले भरपुर गेडागुडीले भ्याक्सिनको साइड इफेक्टलाई कम गर्नुका साथै असरलाई तीब्र रुपमा बढाउँछ । गेडागुडी, ब्राउन राइस, मकै, भटमास, ओट्स आदि खानामा समावेश गर्नुहोस् ।

मिठो निद्राः भ्याक्सिन लगाउनु एकदिन अघि मिठो निद्रा आवश्यक छ । डाक्टरका अनुसार मज्जाले ननिदाउनुको असर प्रतिरोधी क्षमतामा पर्छ जसका कारण भ्याक्सिनको साइड इफेक्ट बढी महसुस हुन्छ । भ्याक्सिन लगाएपछि धेरैजसो मानिसहरुलाई थकान महसुस हुन्छ । त्यसैले भ्याक्सिन लगाएपछि पनि शरीरलाई पूरा आराम दिन आवश्यक छ ।

प्रतिक्रिया