आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्री ओली, राजेन्द्र महतो र ठाकुरबीच छलफल सुरु

प्रकाशित
542
SHARES

काठमाडौँ । सरकारमा सहभागी हुने विषयमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवासमा छलफल भइरहेको छ । बिहान १० बजेदेखि शुरु भएको छलफलमा जसपा कहिले सहभागी हुने र मन्त्रालयको संख्याको विषयमा कुराकानी हुने बताइएको छ ।

प्रधानमन्त्री अ‍ोलीले पाँच मन्त्री र दुई राज्यमन्त्री दिने जसपालाई अफर गरेका छन् भने जसपा नेपालले आठ मन्त्री र दुई राज्य मन्त्रीको माग गरेको जसपा स्रोत बताउँछ । जसपाले कुन–कुन मन्त्रालय पाउने भन्ने विषयमा आजको छलफल केन्द्रीत हुने बुझिएको छ ।

नेपालगञ्जका मेयर राणाद्वारा राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने घोषणा

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले लुम्बिनी प्रदेशको रिक्त एक सिटमा आज भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने भएका छन् ।

बिहान ९ बजेदेखि दाङमा उपनिर्वाचनको मतदान भइरहेका बेला राणाले सामाजिक सञ्जालमार्फत निर्वाचन आफ्नो प्राथमिकतामा नपरेको र मतदान नगर्ने निर्णय गरेको उल्लेख गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरमा निर्वाचित राणाले भनेका छन्, ‘मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकाले काँग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु ।’ लुम्बिनी प्रदेशमा राप्रपाका राणासहित दुई जना जनप्रतिनिधि रहेका छन् ।

लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन : ४ मन्त्रीको मतदान रोक्न आयोगमा निवेदन

लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनका लागि आइतबार मतदाता सूची सच्याएर अदालतमा मुद्दा विचाराधीन रहेका चार सांसदलाई मतदानको अधिकार दिएपछि निर्वाचन आयोगमा निवेदन परेको छ ।

विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डे आयोगमा निवेदन दिएका हुन् । यता दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरको तीनवटा मतदान केन्द्रमा विहान ९ बजेबाट मतदान गर्ने क्रम जारी छ ।

निर्वाचन आयोगले अन्तिम समयमा ४ जनालाई मताधिकार दिने निर्णयले निर्वाचनको निष्पक्षतामा प्रश्न उठेको भन्दै त्यसलाई कार्यान्वयन नगर्न माग गर्दै निवेदन दिएको माओवादीका प्रमुख सचेतक तुलाराम घर्तीमगरले रातोपाटीलाई बताए । उनले भने, ‘हाम्रो उम्मेदवारले निवेदन दिनु भएको छ । तर निर्वाचन आयोगबाट कुनै प्रतिकृया आएको छैन ।’

पार्टीले कारवाही गरेपछि जनता समाजवादी पार्टीका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव, कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझी पदमुक्त भएका थिए ।

पदमुक्त भएपछि उनीहरु सर्वोच्च अदालत गएका थिए । अदालतले अन्तरिमकालीन आदेश दिँदै पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो । सोही आ​धारमा अन्तिम नामावली प्रकाशित हुँदा चार मन्त्रीहरुको नाम थिएन । तर हिजो साँझ आयोगले उनीहरुको पनि नाम समावेश गरेको सूचना जारी गरेपछि विपक्षी गठबन्धनले विरोध गरेक छ ।

प्रतिक्रिया