आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोनाको नक्कली औषधि वेच्ने गि’रो’ह स’क्रि’य, ३५० जना प’क्राउ

प्रकाशित
518
SHARES

काठमाडौं । कोरोना संक्रमणबाट बिरामी परेकाहरुलाई नक्कली औषधि बिक्री गरेको आ’रो’पमा भारतमा ३ सय ५० जनाभन्दा धेरै प’क्रा’उ परेका छन् । भारतको राजधानी नयाँदिल्लीबाट उनीहरुलाई प’क्रा’उ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका एकजना वरिष्ठ अधिकारी प्रेम नाथका अनुसार ती व्यक्तिहरुले सामाजिक सन्जाललाई प्रयोग गरेर कोभिड बिरामीलाई नक्कली औषधि र स्वास्थ्य सामग्रीहरु बेचेको पाइएको छ । उनले यस्तो ठगीलाई तल्लोस्तरको मानवताविरोधी अपराध भनेका छन् ।

कोरोना संक्रमणको दोस्रो लहरले भारत विश्वमै धेरै प्रभावित देशमध्ये एक हो । भारतमा बितेको चौबिस घण्टामा मात्रै कोरोना भाइरसका एक लाख ६५ हजार नयाँ संक्रमित भेटिएको ३ हजार ४६० जनाको ज्यान गएको तथ्यांक छ ।

भारतमा दैनिक संक्रमितको संख्या डेढ लाखमा झर्‍यो

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का १ लाख ५२ हजारभन्दा धेरै नयाँ संक्रति फेला परेका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उक्त अवधिमा भारतमा ३ हजार १२८ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या २ करोड ८० लाख ४७ हजार नाघेको छ ।

त्यस्तै अहिलेसम्म कोरोना संक्रमणको कारण ३ लाख २९ हजार १०० जनाको मृत्यु भइसकेको छ । भारतमा पछिल्लो २४ घण्टामा भारतको तामिलनाडुमा सबैभन्दा धेरै २८ हजारभन्दा धेरै नयाँ संक्रमित थप भएका छन् ।

त्यस्तै कर्नाटकमा नयाँ संक्रमितको संख्या २० हजारभन्दा धेरै छ । केरलामा १९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने महाराष्ट्रमा नयाँ संक्रमितको संख्या १८ हजारभन्दा धेरै छ ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या २० लाख २६ हजारमा झरेको छ । अहिलेसम्म भारतमा २१ करोड ३१ लाख ५४ हजार डोजभन्दा धेरै कोरोना खोप लगाइसकिएको छ।

प्रतिक्रिया