आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राष्ट्रपति भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई पठाइन् यस्तो पत्र, केछ पत्रमा ?

प्रकाशित
0.9K
SHARES

काठमाडौं । कोरोनाविरुद्धको खोप उपलब्ध गराउन अनुरोध गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई पत्र पठाएकी छन् । अमेरिकास्थित नेपाली राजदूत डा. युवराज खतिवडाले सो पत्र अमेरिकी विदेश मन्त्रालयमा बुझाएको दूतावासले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

नेपालले अमेरिकाबाट केही अनुदान र केही खरिद मार्फत कोरोनाविरुद्धको खोप ल्याउन चाहेको छ । विशेषगरी अमेरिकाले चाँडै बिभिन्न देशलाई बाँड्न लागेको ८ करोड खोपमध्ये केही खोप दिन नेपालले अमेरिकालाई आग्रह गरिरहेको छ । त्यसैगरी ५० लाख अमेरिकी खोप खरिदको प्रक्रिया पनि अगाडि बढेको सरकारी अधिकारीहरु बताउँछन् ।

यसअघि राष्ट्रपति भण्डारीसमेतको आग्रहमा चिनियाँ राष्ट्रपति सि जिनपिङले नेपाललाई १० लाख डोज कोरोना खोप दिने घोषणा गरेका थिए ।

यस्तै काठमाडौँ उपत्यकामा फेरि झन कडा नियम लागु भएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा काठमाडौँ उपत्यकामा थप कडाइ गरिने भएको छ ।पहिलो पटक थप गरिएको निषेधाज्ञा सकिएसँगै दोस्रो पटक थप गरिएको निषेधाज्ञा लागू गरिएको हो । यो पटकको निषेधाज्ञा यसअघिको भन्दा थप कडाइ गरिएको छ ।

प्रहरीले अनावश्यक घरबाहिर ननिस्किन, स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गर्दै माइकिङ गरिरहेको छ । प्रहरीले निषेधाज्ञाको पूर्ण पालना गर्न समेत अनुरोध गरेको छ । निषेधाज्ञा उल्लंघन गरे कारबाही हुने भन्दै जानकारी गराइरहेको छ । मोर्निङ वाकमा समेत ननिस्किन आग्रह गरिरहेको छ ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले यस पटकको निषेधाज्ञा थप कडा बनाइएको जानकारी दिए । नयाँ आदेश अनुसार किराना पसल र डिपार्टमेन्ट स्टोर पनि पूरै बन्द गरिने उनले बताए ।

यसअघि बिहान १० बजेसम्म खुल्न दिएकोमा अनावश्यक भीडभाडले कोरोनाको जोखिम बढ्ने खतरा रहेको हुँदा यो पटकको निषेधामा ती पसलहरुसमेत बन्द गर्न आदेश जारी गरिएको उनले जानकारी दिए । फलफूल, तरकारी, दूध र पानी बेच्ने पसल भने यसअघि झैँ खुल्ने छन् ।

यसैगरी मालवाहक सवारीसाधन आवागमन नियन्त्रण गर्ने, बैंक तथा वित्तीय संस्था सञ्चालनमा कोटा निर्धारण गरिने, स्वास्थ्य र अन्य तोकिएकालाई जुनसुकै बेला र बाँकी अत्यावश्यक दैनिक उपभोग्य र इन्टरनेट सेवासम्बन्धी सवारी राति ९ देखि बिहान ९ बजेसम्म मात्रै सञ्चालन हुने लगायत आदेश जारी गरिएको छ ।

अत्यावश्यक बाहेकका सरकारी कार्यालयबाट हुने सेवा पनि स्थगन गरिएको छ। कोरोना जोखिम कायमै रहेको हुँदा नियमको पालना गराउन राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य संकटकाल र अन्य कडा प्रावधानसमेत लागू गर्न गत विहीबार कोभिड संक्रमण नियन्त्रण सम्बन्धी अध्यादेश जारी गरेकी थिइन ।

अध्यादेशमा आदेश उल्लंघन वा अटेर तथा काममा अवरोध पुर्‍याए ५ लाखसम्म जरिवाना वा १ वर्षसम्म कैद वा दुवै सजाय गर्नेसम्मको अधिकार प्रजिअलाई दिइएको छ। मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्दा हरेक पटक १०० रुपैयाँ जरिवाना, मानिसको आवतजावतमा रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा सोको उल्लंघन गर्नेलाई २ सय जरिवाना गरिने अध्यादेशमा उल्लेख छ ।

त्यस्तै, अनुमतिबिना सवारी चलाएमा दुई पांग्रेको हकमा एक पटकमा २०० रुपैयाँ र चार पांग्रेको हकमा ५०० रुपैयाँसम्म जरिवाना तिराउने अध्यादेशमा उल्लेख छ ।अनावश्य हिडडुल गर्न समेत नपाइने आदेशमा उल्लेख गरिएको छ ।

काठमाडौंमा खाद्यान्न किन्नु परे यी नम्बरमा फोन गर्नुस

काठमाडौं उपत्यकामा शुक्रबारदेखि निषेधाज्ञा थप कडा पारिँदैछ। काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले थप गरिएको एक हप्ताको निषेधाज्ञामा किराना पसलसमेत खोल्न नदिने निर्णय गरेका छन्। माछा-मासु, दूध, तरकारीलगायतका लागि भने बिहान ९ बजेसम्म पसल खोल्न दिइने छ।

प्रशासनले खाद्यान्न पसलहरूमा भीड बढेको भन्दै एक हप्ता खोल्न नदिने भनेको हो। यो निर्णयको चौतर्फी आलोचना भइरहेको छ। यो अवधिमा खाद्यान्न किन्न परे के गर्ने भन्ने प्रश्न उठेपछि काठमाडौं जिल्ला प्रशासनले केही नम्बरहरू उपलब्ध गराएको छ।

कतै खाद्यान्नको अभाव भए नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट मोबाइल गाडीमार्फत् खरिद बिक्रीको गराउने प्रशासनले जनाएको छ।

प्रशासनले दिएका नम्बरहरू
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द- ९८५१३२०३१४, विभागीय प्रमुख भिमबहादुर थापा- ९८५११३६७८५, प्रादेशिक प्रमुख, थापाथली ज्ञानु थापा- ९८५११२७८८, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ- ९८५१०२२५६४ नायब कार्यकारी अधिकृत कुमार राजभण्डारी- ९८५१०३३३०३, विभागीय प्रमुख सबल रिजाल- ९८५१११३६६० ,अधिकृत प्रज्वल प्रधान- ९८४१३३२९९०, ९८१३२७२५६३ ।

प्रतिक्रिया