आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समयमा नै दोस्रो डोज खोप नपाए के हुन्छ ? यसो भन्छ डब्ल्यूएचओ

प्रकाशित
591
SHARES

काठमाडौं । अहिले नेपालमा कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर चलिरहेको छ । साथै कोरोना संक्रमणबाट बच्न अहिले कोरोना खोप अभियान पनि सञ्चालन भइरहेको छ ।

यस्तोमा केही मानिसलाई दोस्रो डोज कहिले पाउने हो भन्ने चिन्ता छ भने केहीलाई अब कहिले खोप लगाउन पाउने हो भन्ने चिन्ता छ । कोरोना खोपबाट उब्जिएका केही प्रश्न र त्यसको उत्तर दिने प्रयास यहाँ गरिएको छ –

पहिलो डोज लिएपछि संक्रमित भए के गर्ने ?
कोरोना खोपको पहिलो डोज लिएपछि पुनः कोरोनाबाट संक्रमित भएको अवस्थामा पनि दोस्रो डोज खोप लिन सकिन्छ । सामान्य अवस्था भन्दा यो अवस्थामा केही शर्तहरु फरक छन् । भारतीय समाचार पोर्टल न्युज १८ ले उल्लेख गरेअनुसार भारतमा भने यस्तो अवस्थामा दोस्रो डोज लिन कोरोनाको सबै लक्षण देखिन छाडेको २ देखि ४ साता भएको हुनुपर्छ ।

समयमा नै दोस्रो डोज खोप नपाए के हुन्छ ?
कोरोना महामारी विश्वभर फैलिएको कारण खोपको माग पनि अत्यधिक छ । यस्तोमा समयमा नै दोस्रो डोज कोरोना खोप नपाउने हो कि भन्ने आशंका अहिले मानिसहरुमा छ ।

भारतीय समाचार पोर्टल इन्डियन एक्सप्रेसका अनुसार सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिसिल्ड खोपको दोस्रो डोज १२ साताको अन्तरमा लगाउँदा यो खोप ८१.३ प्रतिशत प्रभावकारी पाइएको थियो भने यो अन्तर ६ सातामा झार्दा प्रभावकारिता केवल ५५.१ प्रतिशत पाइएको थियो । यो तथ्यांकले यो खोपको दोस्रो डोज लिने अन्तर जति धेरै हुन्छ प्रभावकारिता त्यति धेरै हुन सक्ने डाक्टरहरु बताउँछन् ।

यद्यपि कोरोना खोप आएको धेरै लामो समय नभएकाले खोप लामो समयको अन्तरमा लिँदा कस्तो प्रभाव पर्छ भन्ने अध्ययन भएको छैन । खोप लगाउने अन्तर लामो राख्दा पहिलो डोज खोप लिइसकेका मानिस संक्रमित हुने जोखिम हुन्छ भने दोस्रो डोज खोप लिन बिर्सिने समस्या पनि हुन सक्छ । खोपको पहिलो डोजले पनि कोरोना संक्रमणविरुद्ध केही सुरक्षा दिने भए पनि दोस्रो डोज लिएपछि मात्र यसको पूर्णरुपमा उक्त खोप प्रभावकारी हुन्छ ।

भारतका स्वास्थ्य विशेषज्ञहरुले कोभिसिल्ड खोपको दोस्रो डोज लिने अवधि १२ देखि १६ साताको बीचमा राख्न सिफारिस गरेका छन् । गत फेब्रुअरीमा प्रसिद्ध मेडिकल जर्नल द ल्यान्सेटमा प्रकाशित प्रतिवेदनमा कोभिसिल्डको दोस्रो डोज लगाउने अवधि १२ साता वा सोभन्दा धेरै राख्दा यसको प्रभावकारिता २६ प्रतिशत बढ्न सक्ने उल्लेख गरिएको थियो ।

कोरोना संक्रमितले खोप लिने कि नलिने ?
तपाईं कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भइसक्नु भएको छ भने तपाइँका लागि कोरोना खोपको लागि धेरै हतार गर्नु नपर्ने वैज्ञानिकहरु बताउँछन् । कोरोना संक्रमणबाट मुक्त भएपछि हाम्रो शरीरमा बनेको एन्टिबडी कम्तीमा ३ महिनासम्म रहने र यसरी विकास भएको एन्टिबडीले खोपले भन्दा राम्रो सुरक्षा दिने वैज्ञानिकहरु बताउँछन् ।

यद्यपि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भने यस किसिमको एन्टिबडी कति लामो समयसम्म रहन्छ भन्ने थाहा नभएकाले संक्रमण निको भएपछि कोरोना खोप लगाउनु उत्तम हुने बताएको छ ।

पूर्ण डोज खोपको लिएपछि मापदण्ड पालना गर्नुपर्छ कि पर्दैन ?
डब्ल्यूएचओकाअनुसार खोपले मानिसलाई कोरोनाको गम्भीर लक्षण देखिन र मृत्युबाट बचाउँछ । खोप लगाएको दुई सातासम्म उल्लेख्य मात्रामा कोरोनाबाट बच्ने सुरक्षा प्रदान गर्न सक्दैन ।

यद्यपि अझै पनि खोप लगाएको मानिस पनि कोरोनाबाट संक्रमित हुन र अरुलाई संक्रमण सार्न भने सक्छ । त्यसैले भौतिक दूरी कायम राख्ने, मास्क लगाउने, बेलाबेलामा हात धुनेजस्ता स्वास्थ्य मापदण्ड भने पालना गर्नु जरुरी हुने डब्ल्यूएचओले बताएको छ ।

कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्यामा नेपालले चीनलाई उछिन्यो

कोरोनाभाइरस महामारीबाट हालसम्म मृत्यु हुनेहरूको सङ्ख्यामा नेपालले चीनलाई उछिनेको छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा ५,००१ जनाको कोभिड-१९ सम्बन्धी कारण मृत्यु भएको छ जुन उत्तरी छिमेकी चीनभन्दा बढी हो।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार चीनमा त्यही अवधिमा कोरोनाभाइरसका कारण ४,८४६ जनाको मृत्यु भएको छ। बीबीसी भिजुअल एन्ड डेटा जर्नलीजम टीमले तयार पारेको रिपोर्ट अनुसार चीनमा प्रति एक लाखमा ०.३ को मृत्यु भएको छ।

नेपालमा भने प्रति एक लाखमा १५.९ को मृत्यु भएको छ जुन हाल एशियामै सर्वाधिक सङ्ख्या मध्येमा पर्छ। सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहान सहरमा निमोनियाका क्लस्टर केसहरू फेला परेका थिए जसलाई पछि गएर कोरोनाभाइरसका रूपमा पहिचान गरिएको थियो।

सन् २०२०को ज्यानुअरी महिनामा कोरोनाभाइरस सङ्क्रमण विभिन्न देशहरूमा फैलिन सुरु भएको थियो। सन् २०२०को मार्च ११मा विश्व स्वास्थ्य सङ्गठनले यसलाई विश्वव्यापी महामारी घोषणा गरेको थियो। चीनको जनसङ्ख्या १ अर्ब ४४ करोड भन्दा बढी छ भने नेपालको जनसङ्ख्या ३ करोडको हाराहारीमा छ।

कारण के ?
नेपाल जनस्वास्थ्य प्रतिष्ठानका कार्यकारी प्रमुख महेशकुमार मास्के चीनमा भएका कोभिड सङ्क्रमणका घटना र मृत्यु दुबैलाई हेरिनुपर्ने बताउँछन्। भौगोलिक र जनसङ्ख्याका हिसाबले ठूलो राष्ट्र चीनमा पुष्टि भएका सङ्क्रमणका घटना नेपालमा भन्दा कम देखिन्छ।

बीबीसी भिजुअल एन्ड डेटा जर्नालीजम टीमले पछिल्लो पटक अद्यावधिक गरेको तथ्याङ्क अनुसार चीनमा सङ्क्रमितहरूको कुल सङ्ख्या १०२,६८१ छ। उक्त समयमा नेपालमा ४३१,१९१ सङ्क्रमण पुष्टि भएको उल्लेख छ।

चीनमा कोभिडको पहिलो लहरका बेला सङ्क्रमितहरूको सङ्ख्या करिब ८६ हजार को हाराहारीमा रहेको र त्यसबेला त्यहाँ करिब ४ हजारको मृत्यु भएको मास्के बताउँछन्।

”केही थाहा नभएको बेला चीनले यो महामारीको सामना गर्नुपरेको थियो। चीनको सफलता के कुरामा हो भने उसले नयाँ केस (सङ्क्रमितहरू) बन्ने स्थिति नै रोक्न सफल भयो,” उनले भने।

चीनको अनुसार, नियम र कानुन कडा रहेको र केन्द्रीय निकायले गर्ने नेतृत्व सबल रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बासुदे पाण्डे बताउँछन्।

”हाम्रो कमजोरी भनेको कसले कसलाई के भन्ने हो भनेर भन्दा भन्दै जीवन गुमाउने सबैभन्दा ठूलो कुरा छ,” उनले भने। रोगको अनुगमन देखि कनट्याक्ट ट्रेसिङ लगायत सबै कुरामा चुस्त रूपमा नेपालले काम गर्न नसकेको कारण पछिल्लो परिस्थिति उत्पन्न भएको उनी बताउँछन्।

त्यसबाहेक नेपालमा अनुसन्धान र वैज्ञानिक तथ्य विना नै प्रतिरोधी क्षमता बढी भएको भनिएको र ती सबै कुराले पनि जोखिमपूर्ण अवस्थामा नेपाललाई ल्याइपुर्‍याएको उनको भनाइ छ।

चीनका लागि नेपाली राजदूत समेत रहिसकेका मास्के महामारी नियन्त्रणको सन्दर्भमा चिनियाँ शासन प्रणालीको समेत प्रभाव हुन सक्ने बताउँछन्। सरकार शक्तिशाली रूपमा प्रस्तुत हुन सक्ने हुँदा र प्रविधिका हिसाबले समेत निकै अगाडि भएकाले कोभिड नियन्त्रणको काम नेपालमाभन्दा बढी प्रभावकारी रूपमा चीनमा भएको होला भन्न सकिने उनको भनाइ छ।

”चीन जस्तो ठूलो देशमा दोस्रो लहर त्यति साह्रो छैन। अहिले त्यति धेरै केसहरू छैन। भनेपछि हामीले हेर्नुपर्ने कुरा के हो भने पहिलो लहरपछि (चीनले) के अनुभव लिएर कसरी दोस्रोबाट बचाइरहेका छन् भन्ने कुराहरू हेर्न जरुरी छ,” उनले भने।

”त्यो भनेको अहिले पनि उनीहरूले व्यक्तिगत दुरी कायम राख्ने र नियन्त्रणका उपाय नै अपनाएको देखिन्छ। धेरै भन्दा धेरै मानिसहरूलाई खोप दिएर प्रतिरोधी बनाउने उनीहरूको रणनीति देखिन्छ।”

हाल देखिएको कोभिडको भेरिअन्ट चीनमा सुरु भएको भेरिअन्ट भन्दा निकै बढी सङ्क्रामक रहेको पाण्डे बताउँछन्। दोस्रो लहरका बेला समेत सरकार अस्पतालको व्यवस्थापनमा चुकेको र त्यसले गर्दा नेपालमा मानवीय क्षति बढी भएको पाण्डेको बुझाइ छ।

”दोस्रो लहर आउँछ भन्ने थाहा हुँदा हुँदै हामी स्लो डाउन भयौँ। सङ्घीय सरकारबाट गर्ने योजना पनि राम्रो सँग गर्न सकिएन। योजनाभन्दा पनि अस्पतालमा कति बिरामी हुन्छन् भन्ने अनुमानका आधारमा बेडको उपलब्धता, अक्सिजनको आपूर्ति लगायतका विषयमा हामीले काम गर्न सकिएन। जो चिनियाँहरूले धेरै राम्रोसँग गर्छन्,” पाण्डेले भने।

”मलाइ त के लाग्छ भन्दा हामी चिनियाँहरूसँग घन्टौँ लामो जूम मिटिङ गर्छौ। उहाँहरूले जुन सुझाव दिनुहुन्छ त्यसलाई पालना गरेर सकिन्छ भने त्यस्ता टोली नेपालमा ल्याउनुपर्छ र उहाँहरूसँग सिकेर काम गर्नुपर्छ।”

चीनमा प्रति १०० जनामा २५.५ जनाले कोभिड विरुद्धको खोप प्राप्त गरेका छन्। नेपालमा त्यो सङ्ख्या ८.४ छ। अहिले पनि चीनका मानिसहरूमा ‘प्रतिरोध क्षमता विकाश भएको भन्दा पनि उनीहरूलाई सम्पर्कमा आउन नदिएरै’ कोभिड नियन्त्रण गरिएको मास्के बताउँछन्।

नेपालको अर्थतन्त्रको अवस्था र शासन प्रणाली जस्तोसुकै भए पनि विभिन्न देशहरूबाट सिक्ने र समयमै काम गर्ने गरे शासन प्रणालीहरूलाई देखाएर भिन्नताहरूको अर्थ देखाउन जरुरी नहुने उनी ठान्छन्।

”जस्तै भारतमा अक्सिजनको सङ्कट भएको त हामीले देखेको हो नि एक महिना अघि नै। भने नेपालमा अक्सिजन सङ्कट हुँदैन भनेर सोच्नु मूर्खतापूर्ण हो नि। त्यसको व्यवस्थापन समयमै किन गरिएन। यस्ता कुराहरू निकै महत्त्वपूर्ण छन् भन्ने मलाइ लाग्छ,” मास्केले भने।

नेपालले के सिक्न सक्छ?
मास्केका अनुसार चीनमा सङ्क्रमणको साङ्लो तोड्न सुरुवाती चरणमा कडा लकडाउन गरिएको थियो। त्योसँगै रातारात कोभिडका लागि भनेर निश्चित अस्पतालहरू पनि बनाइएको थियो।

”चीनमा अस्पतालको कमी त थिएन। तर उनीहरूले त्यतिखेर नै यो कति सर्न सक्छ भन्ने कुरा बुझेका थिए। अस्पतालहरू आफै सङ्क्रमणको हब (केन्द्र) हुन सक्छ भन्ने भएको हुनाले उनीहरूले छुट्टै अस्पतालहरू बनाए जसले गर्दा सङ्क्रमण नियन्त्रण हुँदै गयो,” उनले भने।

आर्थिक अवस्थाभन्दा पनि व्यवस्थापकीय कमजोरीका कारण नेपालमा कोभिडको समस्या जटिल हुँदै गएको मास्केको बुझाइ छ। स्वास्थ्य प्रणाली सुदृढ नगरी समस्या समाधान नहुने मास्के बताउँछन्।

चिकित्सक र विज्ञहरूले बारम्बार कोभिड डेडिकेटेड अस्पताल बनाउन सरकारलाई भनेको भए पनि त्यसतर्फ ध्यान दिन भने नसक्नु नेपालमा हाल देखिएको समस्याको प्रमुख कारक मध्य एक रहेको उनी ठान्छन्। बीबीसीबाट

प्रतिक्रिया