आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोनाको उपचारमा खटिएका स्वास्थकर्मीको गयो कम्तिमा १ लाख भन्दा बढीको ज्यान– डब्ल्युएचओ

प्रकाशित
488
SHARES

एजेन्सी । कोभिड-१९ का कारण विश्वभर झन्डै १ लाख १५ हजार स्वास्थकर्मी तथा केयर वकर्सले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का प्रमुख टेडरोस अद्हानोम ग्रिबियससले बताएका छन् । ‘धेरै संक्रमित भएका छन् । हाम्रो अनुमानमा कम्तिमा १ लाख १५ हजार स्वास्थ्यकर्मी र केयर वकर्सहरुले अन्यको सेवा गर्ने क्रममा आफ्नो ज्यानको मूल्य चुकाएका छन्’ विश्वभरका स्वास्थ्यकर्मीप्रति सम्मान व्यक्त गर्दै ग्रिबियससले भने ।

महामारी सुरु भएको १८ महिना बितिसक्दा पनि अवस्था जोखिमपूर्ण नै रहेको उनले चेतावनी दिए । अहिलेकै अवस्थालाई नियाल्दा, विगत वर्षभरि जुन संख्यामा मृत्यु भएको थियो, त्योभन्दा धेरै संख्यामा मानिसहरु आगामी दिन महिने अवधिमा मर्ने देखिएको उनले चेतावनी दिए ।

‘अहिलेसम्म खोपको प्रभावकारितालाई अति अवमूल्यन गर्ने कुनै पनि भेरिएन्टको उदय भएको छैन । तर, यस्तै अवस्था रहन्छ भन्ने कुनै ग्यारेन्टी छैन’ उनले भने, ‘हामी धेरै स्पष्ट हुन जरुरी छ । महामारी समाप्त भएको छैन । र, हरेक देशमा फैलावट नियन्त्रण नभएसम्म यो सकिने वाला छैन ।’

जोन हप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म विश्वभर ३४ लाखभन्दा धेरै मानिसले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै, १६ करोड ७० लाखभन्दा धेरै मानिस भाइरसको सम्पर्कमा आइसकेका छन् ।

कोभिड निको भएर घर फर्किएका मानिसमा फेरि देखियो अति डरलाग्दो घातक रोग

गाजियाबाद (एएनआई)- कोभिड–१९ को उपचारपछि निको भई घर फर्किएका वा घरमै बसी निको भएका कोभिड सङ्क्रमितमा कालो र सेतो ढुसी (फङ्गस)को समस्या भारतको धेरै राज्यमा देखिन थालेको छ ।

तर यस्ता व्यक्तिमा देखिएका जटिलताहरूमा उत्तर प्रदेशको गाजियाबाद जिल्लामा पहिलो पटक पहेंलो ढुसीको सङ्क्रमण भेटिएको सोमबार, यहाँका नाक कान घाँटी (इएनटी) विशेषज्ञ बीपी त्यागीले पुष्टि गरेका छन् ।

त्यागीले भने, ‘बिरामीलाई पहेंलो ढुसीका साथै कालो र सेतो ढुसी पनि संक्रमण छ र हाल उक्त विरामीलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।’

विरामी ४५ बर्षीय संजय नगरका बासिन्दा भएको पनि स्वास्थ्य अधिकारीले जानकारी गराएका छन् । त्यागीका अनुसार ‘म्यूकोर सेप्टिकस’ (पहेंलो ढुसी) को लक्षणहरू निद्रा बढी लाग्ने भोक कम लाग्ने र तौलमा अस्वाभाविक कमी आउनु रहेको पाइएको छ ।

यो ढुसीको सङ्क्रमण बढ्दै जाँदा घाउबाट पीप बग्नु, घाउहरू निको हुन ढिलो हुनु, कुपोषण तथा इन्द्रियहरूले काम गर्न नसक्न हुने बताइएको छ ।

‘नेक्रोसिसको कारण सुनिएको आँखा वा जीवित तन्तुमा कोषहरूको काम नगर्ने (कोषहरूको मृत्यु) हुने देखिएको छ’ नाक, कान, घाँटी विशेषज्ञ त्यागीले बताए ।

“पहेंलो ढुसी एक घातक रोग हो किनभने यो आन्तरिक रूपमा सुरु हुन्छ त्यसैले यसका लक्षणहरू याद गर्नु महत्वपूर्ण छ । किनभने समयमा लक्षणहरूको ख्याल नगर्दा आउने समस्याले यस रोगको निधानमा धेरै कठिनाई देखिएको छ । धेरै जसो उपचारमा ढिलाइ हुन्छ र यस रोगको लागि एक मात्र उपचार एम्फोटेरासिन–बी इन्जेक्शन हो,” उनले थपे ।

घरको चारैतिरको पर्खाल सफा गर्नु, यसलाई यथासक्दो सफा राख्नु र ब्याक्टेरिया र फङ्गसको बृद्धिलाई रोक्न मद्दत गर्नका लागि सकेसम्म चाँडो पूरानो खाना वा फोहोर आदिलाई समयमै व्यवस्थापन गर्नु अत्यन्त महत्वपूर्ण हुन्छ ।

घरको आर्द्रता पनि ढुसी सङ्क्रमणबाट बच्न महत्वपूर्ण छ त्यसैले यसलाई जहिले पनि मापन गर्नुपर्दछ । धेरै आर्द्रताले ब्याक्टेरिया तथा ढुसीलाई बृद्धि गर्न सक्छ । कोभिड बिरामीहरूको लागि यो उपचार चाँडै अपनाउनु अझ बढी महत्वपूर्ण छ ।

कालो, सेतो तथा पहेँलो ढुसी सङ्क्रमित बिरामीको रेखदेखकर्ताका अनुसार बिरामीको दुई महिनादेखि कोभिड–१९ को उपचार चलिरहेको थियो ।

उनको स्वास्थ्यमा सुधार भइरहेको देखिन्थ्यो तर पछिल्लो चार दिनमा बिरामीको अनुहारको एकपट्टि फुल्न थाल्यो जसले गर्दा विरामीको आँखा बन्द (खोल्न नसक्ने) भएको, नाकबाट रगत बग्नुका साथै पिशाबमा रक्तस्राव पनि सुरु भएको थियो । त्सपछि बिरामीलाई अस्पतालमा भर्ना गर्दा मेडिकल परीक्षणबाट पहेंलो ढुसी सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा दुई साता यता कमी आएको छ । लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ९५ हजार ८१५ जनामा संक्रमण भएको छ । यो संख्या सोमबारको तुलनामा झण्डै २७ हजारले कम हो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ६९ लाख ४७ हजार ४९६ पुगेको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो । भारतमा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ ।

संक्रमणढ घटे पनि भारतमा मृतको संख्यामा भने उल्लेख्य कमी आएको छैन । पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ४९८ जनाको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या ३ लाख ७ हजार २४९ पुगेको छ ।

 

प्रतिक्रिया