आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना महामारी बिरुद्ध नेकपाको जनचेतना, जनसहयोग एवं हातेमालो अभियान सुरु

प्रकाशित
557
SHARES

ललितपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र अन्य २ वटा संस्थाले संयुक्तरुपमा “कोरोना बिरुद्ध अभियान सुरु गरेका छन् । कोरोना बिरुद्ध जनचेतना, जनसहयोग एवं हातेमालो” अभियानको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।

ललितपुरको गोदावरी नगरपालिका ३ टौखेल ढुंगेधारा वस्तीमा सोमबार उक्त अभियानको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा आयोजक नेकपाका नेता कार्यकर्ता, नेपाल स्वास्थ्य बिज्ञान ब्यबसायी संघ त्रिपुरेश्वर र जिरे खुर्सानी कृषि सहकारी संस्था लिमिटेड चापागाउँसँग आबद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा अथिति तथा अभियानता नेकपाका नेता भिमसेन घिमिरे ‘विपिन’ र सहयोगी संस्थाका तर्फबाट नवराज बस्नेतले जिरे खुर्सानी कृषि सहकारी सस्न्थामा आबद्द कृषकहरुका साथै अन्य ५० घरधुरी स्थानियहरुलाई माक्स, सेनीट्राइजर, ग्लोब्स र निसंक्रमण निर्मलीकरण गर्ने औसधी र स्प्रे वितरण गरिएको छ ।

सामाग्री वितरण कार्यक्रममा बोल्दै सहयोगी संस्थाका तर्फबाट नवराज बस्नेतले आफुहरु कोरोना संक्रमणबिरुद्ध निरन्तर सहयोगी भूमिका खेल्ने र संक्रमणबाट बच्ने उपायहरुबारे जनचेतना फैलाउने कार्यमा लाग्नुका साथै अभियान्तहरुसँग हातेमालो गरेर समाजलाई निरन्तर सहयोग गर्ने प्रतिबद्दता जनाएका छन् ।

यस्तै कार्यक्रमका अतिथि विपिनले आफुहरुले पार्टीको नीतिअनुसार महामारीबाट आहत भइरहेका जनतालाई सक्दो सेवा गर्ने उदेश्यले यसखाले अभियान संचालन गरेको बताएका थिए । यस्तै उनले पूजीवादी दलाल संसदीय ब्यबस्था र त्यस अन्तर्गतको सरकारले कोरोना नियन्त्रण एवं रोकथाम गर्न पूर्णतः असफल एवं अनुत्तरदायी भएको भएको आरोप पनि लगाएका छन् ।

बिपिनले अहिलेको कोरोना महामारीका कारण जनस्वास्थ्यमा भयाबह संकट पैदा भएको बेलामा समेत सरकार र संसदवादी पार्टीहरु कुर्चीको घृणित खेलमा रमाईरहेकोले जनतामा बितृष्णा पैदा भएको र अब यसखाले जनविरोधी ब्यबस्था र साशकहरुलाई फालेर जनमुखी ब्यबस्था बैज्ञानिक समाजवाद स्थापना गर्न अगाडी बढ्नुपर्ने धारणा राखेका छन् ।

जिरे खुर्सानी कृषि सहकारी संस्थाका अध्यक्ष सरस्वति बन्जाराको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रमको संचालन संस्थाकै सौरब बन्जाराले गरेका थिए ।

सीसीएमसीको प्रमुखमा बालानन्द शर्मा नियुक्त

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सीसीएमसीको प्रमुखमा नियुक्त गरेको स्रोतले पुष्टि गरेको छ ।

पूर्वरथी शर्माले नेपाली सेना र माओवादी सेनाको समायोजन गर्न बनेको विशेष समितिको संयोजक भएर पनि काम गरेका थिए । अब उनले कोरोना संक्रमण नियन्त्रणको योजना बनाउने र सरकारबाट अनुमोदन भएका योजनालाई कार्यान्वयन गर्ने जिम्मेवारी पनि पाएका छन् ।

शर्माले सीसीएमसीको प्रमुखका साथै प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिको सदस्य सचिवको जिम्मेवारी पनि सम्हाल्नुपर्ने छ । निर्देशक समितिको सदस्य सचिव सीसीएमसीको प्रमुख हुने व्यवस्था छ ।

यसअघि निर्देशक समितिको प्रमुखमा उपप्रधानमन्त्री ईश्वर पोखरेल थिए । हालै पोखरेललाई सो जिम्मेवारीबाट अलग गरेर प्रधानमन्त्री केपी शर्मा ओली आफैंले निर्देशक समितिको नेतृत्व गर्दै आएका छन् ।

निर्देशक समितिमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री, गृह, सामान्य प्रशासन तथा संघीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या, अर्थ, कृषि, परराष्ट्र, ऊर्जा र पर्यटन मन्त्री सदस्य छन् ।

प्रतिक्रिया