आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

छोरीको विवाह गर्ने तयारी गर्दागर्दै पति-पत्नी बिरामी, अस्पताल संगै भर्ना, तीन दिनको अन्तरालमा मृत्यु, एकै चितामा दाहसंस्कार

प्रकाशित
1.1K
SHARES

जनकपुरधाम । धनुषामा एकै पटक बिरामी भई सँगै अस्पताल भर्ना भएका एक दम्पतीको तीन दिनको अन्तरालमा मृत्यु भएको छ । क्षिरेश्वरनाथ नगरपालिका–९ स्थायी घर भई वडा नम्बर ५, महेन्द्रनगरमा बस्दै आएका दम्पतीको जनकपुरधामस्थित काव्या अस्पतालमा एकै पटक मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५५ वर्षीय श्यामकिशोर सिंह र उनकी पत्नी ४८ वर्षीया मालती देवी सिंह छन् । श्यामकिशोरको आइतबार राति र मालतीको बिहीबार दिउँसो एकै अस्पतालमा मृत्यु भएको क्षिरेश्वरनाथ नगरपालिका–९ का वडाध्यक्ष अशोक चौधरीले जानकारी दिए ।

उनका अनुसार उनीहरु आफ्नी छोरीको विवाहको तयारीमा जुटेका थिए । सोमबार (आज) यी दम्पतीको एक मात्र छोरीको विवाह हुने तय भएको थियो । विवाहको तयारीमा लागेकै बखत दुवैलाई रुघाखोकी र ज्वरो आएको थियो । त्यस क्रममा दुवैले औषधि किनेर खाएका थिए ।

दुई साताअघि बिरामी परेका दुवैलाई औषधिले सन्चो नभएको र सास फेर्न कठिनाइ भएपछि एकै पटक जनकपुरधामस्थित काव्या अस्पताल पुगेको वडाध्यक्ष चौधरीले बताए । उपचारकै क्रममा तीन दिनको फरकमा दम्पतीको मृत्यु भएको उनले बताए ।

मृतक श्यामकिशोर जनता आधारभूत औरहका पूर्व प्रधानाध्यापक थिए । सेवानिवृत्त भएर घरमै बस्दै आएका उनका जेठा छोरा अमेरिकामा छन् भने कान्छा छोरा र छोरी घरमै बस्दै आएका थिए ।

मृतकमा देखिएन कोरोना !

मृत्यु भएका दम्पतीमा कोरोना संक्रमण भने देखिएको छैन । श्यामकिशोरको कोरोना परीक्षण गराउँदा उनको रिपोर्ट नेगेटिभ देखिएको नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक प्रदीप अधिकारीले जानकारी दिए । श्यामकिशोरको परीक्षण गराउँदा नेगेटिभ देखिए पनि मालतीदेवीको जाँच नै नगरेको पाइएको उनले बताए ।

‘काव्या हस्पिटलकै डाक्टरले मालतीको जाँच गर्न नहुने भनेपछि परीक्षण गराएनौं,’ मृतकका छोरा सोहनले भने, ‘आमाको मृत्युको तीन दिन नबित्दै बुवाले पनि संसार छोड्दा टुहुरो भएका छौं ।’

मृतक दम्पतिको एकै चितामा दाह संस्कार गरिएको छ । आमाको तीन दिनअघि मृत्यु भएपनि शव अस्पतालमै थियो’ उनले भने, “बुवाको समेत मृत्युपछि दुबैलाई एकै चितामा राखेर दाह संस्कार गरेको छु ।’

यस्तै चितवनको भरतपुर स्थित सनराइज इङलिस स्कूलका प्रिन्सिपल रोशन कुमार भण्डारीको को’रोना संक्रमणका कारण मृ’त्यु भएको छ । उनको ५२ बर्षको उमेरमा आज (सोमबार) विहान ३ बजे काठमाडौंको नि’दान हस्पिटलमा उपचारका क्रममा मृ’त्यु भएको हो ।

स्कूलका शिक्षक काँसिराम आचार्यका अनुसार उनि १६ दिनदेखि अस्पताल भर्ना भएका थिए । १७ दिन अघि भरतपुरबाट काठमाडौं जाँदा उनलाई सामान्य ज्व’रो आएको थियो ।

“यहाँबाट राम्रै जानुभएको थियो, सामान्य ज्वरो आएपनि अन्य समस्या थिएन, तर अ’कस्मात मृ’त्यु भएको दुःख’द खबर आयो, आचार्यले भने।” उनको एक महिना अघि मात्रै दिदीको मृ’त्यु भएको थियो । भारतको कलकत्ता जाँदै गर्दा जहाजमा दिदीको मृ’त्यु भएको थियो । दिदीको मृ’त्यु भएको चार दिनपछि आमाको पनि मृ’त्यु भयो । आमा भरतपुरमा छोरा भेट्न आएको समयमा यही मृ’त्यु भएको आचार्यले बताए ।

आमा र दिदीकोे भने को’रोना रिपोर्ट नेगेटिभ आएको थियो । स्व.भण्डारी २ बर्षदेखि सनराइज स्कूलमा प्रिन्सिपलको रुपमा कार्यरत थिए । पुख्यौली घर दोलखा भएका उनको परिवार काठमाडौंमा बस्दै आएको थियो । उनका श्रीमती र एक छोरा छन ।

प्रतिक्रिया