आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पछिल्लो २४ घन्टामा ७४२५ जनामा संक्रमण पुष्टि, १८५ जनाको मृत्यु

प्रकाशित
804
SHARES

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ७४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ७ हजार १३५ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै बितेको २४ घण्टामा काठमाडौंमा १८०६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा २९८ र ललितपुरमा ६८१ जनामा संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर भने पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १८५ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६ हजार ५३१ पुगेको छ । यस्तै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख २० हजार नाघेको छ भने निको हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ ।हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमणको दर अपेक्षाकृत रुपमा कम नभएको बताएका छन् । पछिल्लो एक साताको तथ्यांक हेर्दा औसतमा दैनिक २० हजार नमुना परीक्षण गर्दा ८ हजार ३०० जनामा संक्रमण पुष्टि हुने गरेको छ ।

सोमबार पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले व्यक्तिहरुको आवतजावतमा प्रभावकारी नियन्त्रणमा नआएको र केही सेवा सुचारु रहेकाले संक्रमण दर अपेक्षाकृत रुपमा नियन्त्रणमा आउन नसकेको बताए । उनले अघि भने, ‘संक्रमण आगामी चार सातामा क्रमशः घट्दै जानसक्ने देखिन्छ ।’ अहिले बी १.६१७.२ भेरियन्ट मुख्य रुपमा फैलिएको छ, जसलाई भारतीय भेरियन्ट पनि भनिन्छ ।

मधुमेह छ भने कोरोनाका यी पाँच लक्षणलाई बेवास्ता नगर्नुहोस, नत्र जान ज्यान

दीर्घ रोगीका लागि कोरोना थप खतरनाक साबित भइरहेको छ । मधुमेह पनि ती दीर्घ रोगमध्ये पर्छन् जसले कोरोनाका बिरामीको समस्यालाई थप बढाइरहेको छ । हुन त कोरोनाको दोस्रो लहरले स्वस्थ व्यक्तिहरुलाई पनि आफ्नो चपेटामा पारिरहेको छ तर पनि मधुमेहका रोगीमा यसको गम्भीरता अलि बढी नै देखिएको छ ।

ब्लड सुगरको खराब स्तरले इन्सुलिनको उत्पादनमा असर पार्छ र यसका कारण प्रतिरोधी क्षमता कमजोर हुन्छ । यसबाहेक मधुमेहका बिरामीको रक्त सञ्चार पनि राम्रो हुँदैन त्यसैले उनीहरुलाई निको हुन अलि समय लाग्छ ।

मधुमेहका बिरामीलाई यदि कोरोना भएको छ भने यसका लागि भाइरल लोडसँग लड्न थप मुश्किल हुनेगर्छ । यतिमात्रै होइन, उनीहरुमा अन्य थुप्रै रोग देखिने खतरा बढ्ने गर्छ । कोरोना भएपछि मधुमेहका बिरामीमा मुटु, साससँग सम्बन्धित समस्या र फोक्सोको रोग लाग्ने सम्भावना बढ्ने गर्छ ।

मधुमेहका रोगीलाई कोरोनाका अन्य केही लक्षण पनि महसुस हुन सक्छन् । यदि समयमा नै ध्यान नदिए यो घातक पनि हुनसक्छ । आउनुहोस्, त्यस्ता लक्षणबारे जानकारी लिऔं जसलाई नजरअन्दाज गर्नु भारी साबित हुनसक्छ ।

छालामा डाबर र नङमा असरः दोस्रो लहरमा धेरै मानिसहरुलाई साधारण लक्षण अघि छालामा डाबर देखिने, सुन्निने वा एलर्जीजस्ता समस्या महसुस भइरहेको छ । जस्तै कि हात–खुुट्टाका नङमाथि असर देखिन थाल्छ र छालामा रातो धब्बाजस्तो लक्षण ती कोरोनाका बिरामीमा धेरै पाइएका छन् जसको ब्लड सुगर लेभल अत्यधिक छ ।

मधुमेहका बिरामीको घाउ चाँडै निको हुँदैन । हाई ब्लड सुगरका कारण छाला अत्यधिक रुखो हुन्छ । यसबाहेक छाला सुन्निने, रातो धब्बा, फुस्रो हुने सम्भावना बढ्ने गर्छ । यी सबै चिज कोरोना लाग्दा पनि हुनसक्छ । त्यसैले मधुमेह भएका कोरोनाका बिरामीले आफ्नो छालाको विशेष ध्यान राख्न आवश्यक छ र सुरुवाती लक्षणमा ध्यान दिन जरुरी छ ।

कोभिड निमोनियाः कोरोनाका बिरामीलाई निमोनिया खतरनाक साबित हुनसक्छ । विशेषगरी उनीहरुलाई जसलाई पहिले नै मधुमेहको खतरा छ । बढेको ब्लड सुगरले साससँग सम्बन्धित समस्या बढाउँछ जसका कारण कोरोना थप गम्भीर हुने गर्छ । डाक्टरका अनुसार मधुमेह उच्च भइरहेका बेला भाइरस निकै सजिलै शरीरमा फैलिने गर्छ र अन्य अंगलाई खराब गर्न थाल्छ ।

अक्सिजनको कमीः दोस्रो लहरमा कोरोनाका बिरामीमा अक्सिजनको कमी सबैभन्दा धेरै देखिएको छ । मधुमेहका बिरामीको प्रतिरोधी क्षमता कमजोर हुने बित्तिकै ती मानिसहरुमा अक्सिजनको कमीको खतरा थप बढ्ने गर्छ । मधुमेहका बिरामीलाई सास फेर्न समस्या र छाती दुख्नेजस्ता लक्षण बढी पाइएको छ । यसबाहेक हाइपोक्सियाको पनि सबैभन्दा बढी खतरा मधुमेहका बिरामीलाई नै देखिएको छ । हाइपोक्सियामा बिन कुनै लक्षण अक्सिजन लेभल कम हुन थाल्छ ।

ब्ल्याक फंगसः कोभिड–१९ मा ब्ल्याक फंगसको खतरा अचानक बढ्दै गइरहेको छ । यसका कारण मानिसहरुको टाउको दुख्ने, आँखा कमजोर हुने र सुन्निनेजस्ता लक्षण देखिएका छन् । कतिपय अवस्थामा त यसका कारण बिरामीको ज्यान पनि गइरहेको छ । यो विशेषगरी कोरोनाबाट निको भइसकेका ती बिरामीलाई भइरहेको छ जसको ब्लड सुगर असाध्यै धेरै हुन्छ वा उनीहरुलाई स्टेरोइडको बढी डोज दिइएको छ ।

कोरोना भ्याक्सिन लगाएपछि खानुपर्छ यी खानेकुरा, अनि मात्र बढ्छ प्रतिरोधी क्षमता

कोरोनाभाइरसको दोस्रो लहरबाट बच्नका लागि भ्याक्सिन नै एकमात्र तरिका हो । नेपालमा पनि खोप अभियान त चलिरहेकै छ तर यहाँका सिमितमा मात्रै यसको पहुँच छ । यहाँ भारत र चीनको गरी दुई थरीको भ्याक्सिन लगाइँदै छ ।

चिनियाँ भ्याक्सिनका खासै केही साइड इफेक्ट देखिएका छैनन् तर भारतीय भ्याक्सिन लगाएपछि केही साइड इफेक्ट देखिएको धेरैले बताएका छन् । भारतीय भ्याक्सिन लगाएपछि टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने वा थकान महसुस भइरहेको छ । डाक्टरले डाइट र रुटीनमा ध्यान दिएर यी साइड इफेक्टलाई कम गर्न सक्ने बताएका छन् ।

आउनुहोस्, खानपिनका कुन कुराले साइड इफेक्ट कम हुन्छ, प्रतिरोधी क्षमता बलियो हुन्छ र भ्याक्सिनको असर बढी हुनसक्छ भन्नेबारे जानकारी लिऔं ।

प्याज र लसुनः प्याज र लसुन दुबैलाई इम्युनिटी बुस्टर मानिन्छ । भ्याक्सिन लगाएपछि खानामा यसलाई समावेश गर्नुहोस् । काँचो लसुनमा म्यागनिज, भिटामिन बीसिक्स, फाइबर, सेलेनियम, भिटामिन सी र केही मात्रामा क्याल्सियम, कपर, पोटासियम, आइरन र फोस्फोरस हुन्छ । यसमा एन्टीअक्सिडेन्टको मात्रा अत्यधिक हुन्छ । यस्तै, प्याजमा पनि भिटामिन सी भरपुर मात्रामा पाइन्छ ।

फलफूलः जुन फलफूलमा पानीको मात्रा धेरै हुन्छ, त्यसले भ्याक्सिनको साइड इफेक्ट काम गर्ने गर्छ । यी फल ताजा र पर्याप्त मात्रामा खानुपर्छ । खरबुजा, अंगुर, भुइँकटहर, आँप र केरा यस्ता फल हुन् जसले शरीरलाई हाइड्रेट राख्न मद्दत गर्छ ।

स्वास्थ्य विज्ञका अनुसार भ्याक्सिन लगाउनु अघि र पछि शरीरलाई हाइड्रेट राख्न अत्यावश्यक छ । यसो हुँदा भ्याक्सिनको साइड इफेक्ट कम महसुस हुन्छ । यस्ता फलफूलले प्रतिरोधी क्षमता बढाउँछ । यसले भ्याक्सिनको असरलाई थप बढाउन सक्छ । यस्ता फलफूललाई नास्ताको रुपमा खानुहोस् ।

हरियो सागसब्जीः कुनै पनि साइड इफेक्टबाट बच्नका लागि सन्तुलित आहार लिन आवश्यक छ । हरियो सागसब्जीले प्रतिरोधी क्षमता बढाउँछ र यी पोषक तत्वले भरपुर हुन्छन् । यो आन्द्राका लागि पनि निकै राम्रा हुन्छन् । यदि तपाईंले भ्याक्सिन लगाएर आउनुभएको छ भने खानामा हरियो सागसब्जी समावेश गर्ने कोसिस गर्नुहोस् ।

हरियो सागसब्जीलाई पकाएर वा सलादको रुपमा काँचै पनि खान सकिन्छ । तपाईं यसको सुप बनाएर पनि खान सक्नुहुन्छ । तपाईंको प्लेटमा जति धेरै हरियो सागसब्जी हुन्छ, तपाईंले आन्तरिक रुपमा त्यति नै मजबुती पाउनुहुन्छ ।

बेसारः बेसारलाई नेचुरल इम्युनिटी बुस्टर मानिन्छ । यसले तनाव कम गरेर, पाचन क्रियालाई सही राख्ने र शरीरलाई सुन्निनबाट जोगाउने काम गर्छ । धेरैजसो घरमा खानामा बेसारको प्रयोग गर्ने चलन छ तर यसलाई अन्य तरिकाले पनि सेवन गर्न सकिन्छ । दिउँसो एक वा दुई पटक काढामा बेसार राखेर पिउन सक्नुहुन्छ वा तपाईं राती सुत्नुअघि बेसार हालिएको दुध पिउन सक्नुहुन्छ ।

पानीः भ्याक्सिन लगाएपछि आफूलाई हाइड्रेट राख्न अत्यावश्यक छ । यसो गर्दा तपाईंको शरीर सक्रिय रहनेछ र साइड इफेक्ट पनि कम महसुस हुनेछ । स्वास्थ्य विज्ञका अनुसार भ्याक्सिन लगाउनु एक दिन अघि र त्यसको केही दिन पछिसम्म पनि धेरैभन्दा धेरै पानी पिउनुपर्छ ।

ध्यानमा राख्नुहोस् कि तपाईंले चिसो पानी भने पिउने होइन । पिउने पानी सामान्य तापक्रममा हुनुपर्छ । पानीबाहेक तपाईं अन्य पनि धेरै लिक्विड डाइट लिन सक्नुहुन्छ जस्तै कि घरमा बनेको सूप, हर्बल टी, काढा, जूस र शेक्स ।

गेडागुडीः फाइबरले भरपुर गेडागुडीले भ्याक्सिनको साइड इफेक्टलाई कम गर्नुका साथै असरलाई तीब्र रुपमा बढाउँछ । गेडागुडी, ब्राउन राइस, मकै, भटमास, ओट्स आदि खानामा समावेश गर्नुहोस् ।

मिठो निद्राः भ्याक्सिन लगाउनु एकदिन अघि मिठो निद्रा आवश्यक छ । डाक्टरका अनुसार मज्जाले ननिदाउनुको असर प्रतिरोधी क्षमतामा पर्छ जसका कारण भ्याक्सिनको साइड इफेक्ट बढी महसुस हुन्छ । भ्याक्सिन लगाएपछि धेरैजसो मानिसहरुलाई थकान महसुस हुन्छ । त्यसैले भ्याक्सिन लगाएपछि पनि शरीरलाई पूरा आराम दिन आवश्यक छ ।

प्रतिक्रिया