आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

महालक्ष्मी विकास बैंकले ल्यायो नयाँ खुसी, हेर्नुहोस् बिस्तृतमा

प्रकाशित
628
SHARES

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो २७औं वार्षिक उत्सवको अवसरमा आकर्षक वार्षिक ५.५० प्रतिशत ब्याजदरको वैभव बचत खाता सञ्चालनमा ल्याएको छ । कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै आफ्नो नजिकैको शाखामा अनलाइन मार्फत ग्राहकहरुले सजिलै यस खाता खोल्न सक्नेछन् ।

उच्चतम प्रतिफल प्राप्त गर्न सकिने वैभव बचत खातामा मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिम्याट र मेरो सेयर जस्ता आवश्यक सुविधामा प्रथम बर्षको लागि शतप्रतिशत छुट प्रदान गरीएको बैंकले जनाएको छ । त्यस्तै उक्त खातामा लकर सुविधामा ५०% छुट दिनुका साथै कनेक्ट आईपीएसको सुविधा पनि रहेको बैंकले जनाएको छ ।

ह्वावेले महामारीको समयमा बंगलादेश र नेपाल सहित बिभिन्न देशका ग्राहकहरुसँग निकटमा रही काम गर्दै

सूचना तथा सञ्चार प्रविधि सोलुसन र सेवा प्रदायक ह्वावेले महामारीको समयमा बंगलादेश र नेपाल सहित बिभिन्न देशका ग्राहकहरूसँग निकटमा रही काम गर्दै आएको जनाएको छ ।

ह्वावेले एक भर्चुअल कार्यक्रमको आयोजना गरी ग्लोबल आईसीटी क्षेत्रमा हालसालै भएको विकास र यसमा ह्वावेको योगदानबारे चर्चा गरेको थियो । सेही अवसरमा महामारीको बेला नेपाल र बंगलादेश सहितका देशका ग्राहकसँग निकट रही काम गर्ने जनाएको हो ।

उक्त भर्चुअल कार्यक्रममा उपस्थित अतिथिहरूले डिजिटाइजेसनबाट सिर्जित प्राविधिक प्रगतिहरू जस्तै फाइभजी टीओबी स्मार्ट म्यानुफ्याक्चरिङ, स्मार्ट पुलिस, स्मार्ट पोर्ट, स्मार्ट सिटी र ओटीएन अल्ट्रा–फास्ट फाइनान्सियल प्राइभेट लेन टुरको बारे जानकारी दिइएको थियो ।

बंगलादेश र नेपालका पत्रकारहरूहरु सम्मिलित उक्त कार्यक्रममा ह्वावे एशिया प्रशान्तका उपाध्यक्ष जे चेनले २०२० को वर्ष सबैको लागि कठिन रहेको बताए । उनले प्रविधिले महामारीको बिरूद्ध लड्न र आर्थिक रिकभरीलाई तीव्र पार्न गम्भिर भूमिका खेलेको बताए ।

चुनौतीका बावजुद पनि कम्पनीले ग्राहक र साझेदारहरुसँग काम गरीरहेको बताए । बंगलादेश र नेपाल जस्ता राष्ट्रहरूले यो गतिलाई निरन्तरता दिन उल्लेखनीय प्रगति देखाउँदै गरेको उनले बताए ।

तीव्र डिजिटल रुपान्तरणबाट गुज्रिरहेको देश नेपाल दक्षिण एसियाली क्षेत्रमा थ्रीजी युगमा टेलिकम क्षेत्रका लागि अग्रणी स्थानमा रहेको थियो । त्यसैले, एक पटक नेपालले फाइभजी क्लब प्रवेश गर्न सुरु गरिसकेपछि यसले नेपालको सम्पूर्ण टेलिकम उद्योगलाई बढी विश्वास दिनेछ ।

 

प्रतिक्रिया