आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

होसियार ! भुलेर पनि यी ७ रोगी व्यक्तिले नखानुहोस् अनार, नत्र जे पनि हुन् सक्छ

प्रकाशित
1K
SHARES

एजेन्सी । हरेक फलफुल खानु स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ। विभिन्न फलफुलको सेवनले स्वस्थ्यलाई विभिन्न लाभ पु-याईरहेको हुन्छ । तर केहि फलफुल यस्ता रोगीहरुले नखानु राम्रो हुन्छ।

अनारले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्दछ । अनारमा फाइबर, भिटामिन ए, भिटामिन सि, भिटामिन के, फोलिक एसिड र एन्टिअक्सिडेन्ट भरपुर हुन्छ । अनार स्वास्थ्यका लागि मात्र नभई सौन्दर्यका लागि पनि उतिकै फाइदाजनक छ ।

अनारको नियमित सेवनले मानिसमा यौन क्षमतामा वृद्धि हुने, स्मरण शक्ति बढाउने, हड्डी मजबुत बनाउने तथा सरीरको दुखाई कम गर्ने बताइन्छ । तर यी ७ व्यक्तिले अनारले खानु राम्रो हुदैन। स्वस्थ्यमा सुधार आउनुको साटो झन् बिग्रिन सक्छ।

दम रोगी : दम रोगीले अनार खादा दम झन् बढ्ने हुदा दम रोगीले अनार खानु हुदैन । ,मधुमेह रोगी : अनार खानाले सुगरको मात्रा बढ्ने हुदा मधुमेह रोगीले अनार खानु हुदैन ।

प्रेसर लो हुने व्यक्ति : अनारमा पाइने एंटीऑक्सीडेंट्सका कारण प्रेसर लो हुने हुँदा प्रेसर लो हुने ब्यक्तिले अनार खानु हुदैन ।

कलेजोमा समस्या भएका व्यक्ति : अनारमा पाइने एंजाइम्सले कलेजोको एंजाइम्समा असर पुर्याउने हुनाले कलेजोमा समस्या भएका व्यक्तिले अनार खानु हुदैन ।

कब्जियत : अनारमा फाईबर्सको मात्रा अधिक हुने हुदा कब्जियत र पेटमा ग्यास बढाउछ । त्यसैले अनार खानु हुदैन ।

औषधि लिइरहेको व्यक्ति : यदि तपाई बल्ड प्रेसर वा कोलेस्ट्रोल कम गर्ने औषधि लिनु हुन्छ भने अनार खानु हुदैन । अनार खादा औषधिले काम गर्दैन ।

तौल घटाउन चाहने व्यक्ति :तौल घटाउन चाहने व्यक्तिले अनार नखानु राम्रो मानिन्छ । किनभने अनार खादा तौल घट्नुको साटो उल्टो बढ्न थाल्छ ।

सुत्नु अगाडि नगरौँ यस्ता गल्ती, नत्र जे पनि हुन् सक्छ !

आफ्नो स्वस्थ्य र फिट रहन चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने जवाफ हामीसँग नै छ । अनुचित खानपान, बढि आराम, मासिक धर्मको अनियमितता, थाइराइड, हार्मोनल असन्तुलन आदि कारणले मानिसको वजन बढ्छ ।

राति तपाईले केही गल्तीका कारण तपाईको तौल नियन्त्रणबाहिर हुन्छ । राति सुत्नुअघि त्यस्ता केही गल्ती गरिन्छ जसले तौल बढाउन सहयोग गर्दछ ।

डिनरमा भुटेको र तारेको खानेकुरा:
राति स्वादिलो खाने निहुँमा भुटेको, तारेको खानेकुरा खाइन्छ । यसमा धेरै क्यालोरी हुन्छ । रातको समयमा शरीरले उक्त क्यालोरी बर्न गर्न सक्दैन । त्यसैले रातको खाना सकेसम्म सुपाच्य र हल्का हुनुपर्छ ।

डिनरमा ओभरडाइटिङ
रातमा पाचन क्रिया सुस्त हुन्छ । यसले क्यालोरी बर्न हुन पाउँदैन । यसले गर्दा शरीरमा बोसो जम्मा हुन्छ । र तपाईमा मोटोपन बढाउँछ । त्यसैले टिभी हेर्दै डिनर नगरौँ । प्रोटिन र सागसब्जी बढी सेवन गरौँ ।

डिनर नगर्नु
मोटोपन एवम् तौल घटाउनकै लागि कतिले रातीको खाना खाँदैनन् । यसले पनि राम्रो नतिजा दिँदैन । किनभने राती खाना नखाएपछि ‘मेटाबोलिजम’ सुस्त हुन्छ । बिहान उठेपछि धेरै भोक लाग्छ र धेरै खानेकुरा खाइन्छ ।

डिनरमा कार्बोहाइड्रेटयुक्त खाना
पिज्जा, पास्ताजस्ता कार्बोहाइड्रेटयुक्त खानामा क्यालोरी धेरै हुन्छ । राति यस्तो खानेकुरा सेवन गर्दा फ्याट बढ्ने समस्याले सताउँछ ।डिनरपछि स्न्याक्स खानु

आइसक्रिम वा मिठाई
रातको खानापछि आइसक्रिम, मिठाई खाने बानी पनि सही होइन । यसमा क्यालोरी धेरै हुन्छ ।

राती अबेरसम्म नसुत्ने
राती धेरै समय नसुत्ने बानीले पनि तौल बढाउँछ । जब निन्द्रा पूरा हुँदैन ‘मेटाबोलिज्म स्लो’ हुन्छ, ‘फ्याट बर्न’ हुँदैन । त्यसैले भोक बढी लाग्छ । दैनिक ७ घण्टा नियमित सुत्ने गर्नुपर्दछ।

 

प्रतिक्रिया