आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आगलागी हुदा पाँच घर जलेर नष्ट

प्रकाशित
548
SHARES

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आइतबार दिउँसो भएको आगलागीले पाँच वटा घर जलेर नष्ट भएको छ । आगलागीले २५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

नगरपालिकाको वडा नम्बर १० रंजितपुर निवासी भरत चौधरीको परालको थुप्रोबाट एक्कासी आगलागी भएको हो । उक्त आगोले भरतसहित सोही ठाउँका बन्हु चौधरी, उमाकान्त चौधरी, शोभाकान्त चौधरी तथा लक्ष्मिकान्त चौधरीको एक/एक वटा घर पूर्ण रुपमा जलेको छ ।

आगलागीले सबैभन्दा बढी क्षति बन्हु चौधरीको घरमा भएको छ । उनले नयाँ घर निर्माणका लागि राखेको ६ लाख रुपैयाँ नगदसहित सबै सामान जलेको छ ।

यस्तै, आगलागीले शोभाकान्तको एउटा १२५ सिसीको डिस्कोभर मोटरसाइकलसहित घरभित्रका सबै सामान जलेको पीडित चौधरीले बताए ।त्यस्तै, उमाकान्तको घरभित्र राखिएका ४ लाख बराबरको सुनको गहन समेत डढेर नष्ट भएको छ । स्थानीय बासिन्दा, प्रहरी तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

सेनिटाइजर उद्योगमा अपराध महाशाखाले छापा मार्दा फेला पर्यो यस्तो बस्तु

मानव शरीरका लागि हानिकारक ह्यान्ड सेनिटाइजर उत्पादन गरेको आशंकामा प्रहरीले ललितपुरको इमाडोलमा रहेको सेनिटाइजर कम्पनीमा छापा मारेको छ । ‘आरसिपी इन्डष्ट्रिज पर्सा’को ब्यानरमा ‘७५ प्लस’ नामको सेनिटाइजर उत्पादन गर्ने कारखानामा छापा मारिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए ।

महानगरीय अपराध महाशाखाका डिएसपी दुर्गाराज रेग्मी नेतृत्वको टोलीले इमाडोलस्थित सितल हाइटमा रहेको सो कारखानामा छापा मारेको हो । ‘७५ प्लस’ नामको सो सेनिटाइजर मानव शरीरका लागि अत्यन्त हानिकारक ‘मिथानोल’ नामक रसायन मिसाएको थाहा भएको छ ।

‘ल्यावमा परिक्षण गर्दा हानिकारक रसायन मिसिएको देखिएको छ’ एसएसपी खापुङले भने– ‘सो कम्पनीका अन्य डिलरमा पनि छापा मारेका छौं ।’ डिलरमा ठुलो परिमाणमा हानिकारक सेनिटाइजर फेला परेको छ । उद्योग संचालक आशिष प्याकुरेललाई महाशाखाको टोलीले पक्राउ गरेको छ ।

यस्तै गैंडा मारेको अभियोगमा दस वर्ष पहिले कैद फैसला भएका एक फरार अभियुक्त तनहुँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिकाको सैपाङ घर भएका विन्द्र सिंह भनिने सागर प्रजा रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार उनलाई शुक्रबार तनहुँको ब्यास नगरपालिका–११ स्थित घाँसीकुवाबाट पक्राउ गरिएको हो । २०६७ सालको पुस १९ गते निकुञ्जको कोर इलाका धोबाहा रतनीघाटमा वयस्क भाले गैंडालाई गोली प्रहार गरी खाग तस्करी गरेको अभियोगमा प्रजाविरुद्ध २०६७ साल चैत २७ गते मुद्दा दर्ता गरिएको थियो।

२०७२ साल असार ३० गते भएको फैसलामा उनलाई १५ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भएकोमा उच्च अदालत पाटन–हेटौडाको संयुक्त इजलासमा २०७४ फाल्गुन १५ गते भएको पुनरावेदनबाट समेत सोही सजाय सदर भएको थियो । निकुञ्जमा मुद्दा दर्ता भएर अदालतले फैसला गरिसक्दा पनि प्रजासँगै सोही मुद्दाका ७ जना फरार रहँदै आएका थिए। उनले कम्तीमा पाँच वटा गैंडा मारेको बुझिएको छ ।

यस्तै मोरङको सुन्दरहरैचा नगरपालिका–३ का विष्णु ऋषिदेवको हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने २३ वर्षीय पुजन राई छन् । ईलाका प्रहरी कार्यालय बेलवारीका अनुसार जेठ ७ मा ४० वर्षीय ऋषिदेवलाई धारीलो हतियारले घाँटी रेटेर हत्या गरिएको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।

प्रहरीले हत्यामा प्रयोग भएको फलामको दाउ बरामद गरेको बताएको छ । अहिले उनलाई इलाका प्रहरी कार्यालय बेलवारीले ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

यस्तै हुण्डी कारोवार गरेका अभियोगमा तीन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले बिहीवार पक्राउ गरेको छ । विराटनगर महानगरपालिका वडा नं १३ निवासी २५ वर्षीय श्रवण साह नेपाली रु २१ लाख ७१ हजार ५०० र मोरङ रंगेली नगरपालिका वडा नं १ बबियाबिर्ता निवासी २५ वर्षीया जिज्ञासा चौधरी भारतीय रु २३ हजारसहित तथा विराटनगर – १३ निवासी २३ वर्षीय अमृतकुमार साह पक्राउ परेका हुन् ।

उनीहरुलाई विभिन्न बैंकका चेक, रसिद र नगदसहित राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको प्रहरी प्रवक्ता मानबहादुर राईले बताए ।

प्रतिक्रिया