आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बाँकेमा थप ८ जना कोरोना संक्रमितको मृत्यु

प्रकाशित
379
SHARES

काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको यो संख्या शनिबार दिउँसो ४ बजेदेखि आइतबार बिहान ६ बजेसम्मको हो ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कैलालीका चार, दाङका दुई, बर्दिया र सल्यानका एक/एक जना गरी आठ जना संक्रमितको मृत्यु भएको हो ।

कैलालीको जानकी गाउँपालिका-९ की ७५ वर्षीया महिला, कैलालीकै टिकापुर नगरपालिका-१ का ६० वर्षीय पुरुष, टिकापुर-७ का ३५ वर्षीय पुरुष र लम्की चुहा नगरपालिका-६ की ३३ वर्षीया महिलाको मृत्यु भएको हो ।

७५ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शनिबार साँझ मृत्यु भएको हो । उनीमा जेठ ३ गते संक्रमण पुष्टि भएको थियो ।

६० वर्षीय पुरुष, ३५ वर्षीय पुरुष र ३३ वर्षीया महिलाको भेरी अस्पतालमा शनिबार नै मृत्यु भएको हो । ६०  वर्षीय पुरुषमा वैशाख १० गते, ३५ वर्षीय पुरुषमा वैशाख १७ गते र ३३ वर्षीया महिलामा वैशाख २८ गते संक्रमण पुष्टि भएको थियो ।

दाङको बबइ गाउँपालिका-२ का ९२ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका-१ की ४५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको ओलीले बताए । ९२ वर्षीय पुरुषमा वैशाख ३१ गते र ४५ वर्षीया महिलामा जेठ ४ गते संक्रमण पुष्टि भएको थियो ।

बर्दियाको ठाकुरबाबा नगरपालिका-७ का ३८ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको हो । उनीमा वैशाख ३१ गते संक्रमण पुष्टि भएको थियो ।

यसैगरी सल्यानको शारदा नगरपालिका-१ का ५० वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतबार बिहान ६ बजे मृत्यु भएको हो । उनीमा जेठ ४ गते संक्रमण पुष्टि भएको थियो ।

यस्तै यता वीरगञ्जका हाडजोर्नी रोगका चिकित्सकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका– ३ छपकैयाका २९ वर्षीय चिकित्सक मुराद हुसेनको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।

वीरगञ्ज हेल्थ केयरलगायत विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा काम गरेका उनको कोरोना संक्रमणबाटै आइतबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । डा. हुसेनले एक महिनाअघि मात्रै शेख मुजीब मेडिकल युनिर्भसिटी बंगलादेशबाट पढाइ पूरा गरेका थिए ।

कोरोना संक्रमितको उपचारमा समेत खटिएका डाक्टर हुसैनसँगै वीरगञ्ज हेल्थ केयरका ५ जना चिकित्सकलाई एकैपटक कोरोना संक्रमण पुष्टी भएको थियो ।

वीरगञ्ज हेल्थ केयरका सञ्चालक डा. अबुल हैस अन्सारीका अनुसार डा. हुसैनको एक साता जति वीरगञ्जमै राखेर उपचार चलिरहेको थियो । तर स्वास्थ्यमा सुधार नभएपछि १० दिनअघि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।

‘संक्रमण पुष्टी भएपछि डाक्टर उदय नारायण सिंहले हेर्नुभएको हो, छातीको सिटी गराउनेवित्तिकै भर्ना गर्नुपर्छ भनेर सल्लाह दिनुभयो’ अन्सारीले भने, ‘दुवै फोक्सोमा कोभिड निमोनिया देखिएको थियो, स्वास प्रश्वासमा पनि समस्या थियो ।’

प्रतिक्रिया