आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

झुटो बोल्ने भन्दा नबोल्ने व्यक्ति अरुभन्दा धेरै स्वस्थ्य

प्रकाशित
1K
SHARES

काठमाडौँ । जान अन्जानमा दैनिक मानिसले कैयौँ झुट बोल्दछ । एक व्यक्तिले औसत रुपमा दैनिक १ दशमलव ६५ पटक झुट बोल्ने देखिएको छ ।

यस्तै मानिसले कतिपय बिषयमा बेइमानी गर्दछन् । तर एक अनुसन्धान अनुसार भने झुट बोल्ने वा बेइमानी गर्ने मानिसको तुलनामा इमान्दार व्यक्तिको स्वास्थ्य राम्रो रहने देखिएको छ ।

युनिभर्सिटी अफ नोट्री डेमका विशेषज्ञहरूले गरेका अनेस्टी एक्सपेरिमेन्ट नामक अनुसन्धान अनुसार इमानदारी मानिसको मानसिक र शारीरिक दुवै स्वास्थ्य राम्रो हुन्छ ।

१८ देखि ७१ वर्षका १ सय १० व्यक्तिमा गरीएको प्रयोगशाला र पोलिग्राफ परीक्षण अध्ययनमा इमान्दारसँग रहँदा स्वास्थ्य राम्रो हुने समेत पाइएको थियो ।

गर्मीमा घामबाट छालालाई यसरी जोगाउनुहोस् 

गर्मी याममा घामले छाला डढ्नु अर्थात् सन बर्न हुनु सामान्य हो । यस्तोमा अहिलेको गर्मी मौसममा घामबाट छाला जोगाउनु निकै चुनौती हुन्छ ।

यी हुन् घामले छाला डढ्दाका (सन बर्न) लक्षण
छाला रातो हुनु ,छुदा पोल्नु , फोका उठ्नु , छालामा पीडा असहनीय हुनु , ज्वरो आउनु, वाकवाकी लाग्नु घामले छाला डढेको देखिन केही घण्टा लाग्दछ । यस पूर्ण असर देखिन २४ घन्टासम्म लाग्न सक्छ । सामान्यतः यी लक्षण अस्थायी हुन्छन् । तर त्यसको तुलनामा छालामा भएको क्षति भने स्थायी हुन्छ र छालाको क्यान्सरजस्ता गम्भीर दीर्घकालीन असर समेत निम्त्याउन सक्छ ।

बच्ने उपाय
घामबाट छाला जोगाउन घर बाहिर निस्कने बेला सन ब्लक क्रिम लगाउनु पर्दछ । , सन बर्नबाट जोगिन गर्मी याममा  ,घरबाहिर निस्किनु पर्दा प्रशस्त पानी खाने गर्नु पर्दछ । . यो मौसममा अनिवार्य छाता ओढ्ने वा टोपी पहिरिने गर्नु पर्दछ ।
, कतै बाहिर निस्किनु परे पुरै हातखुट्टा छोप्ने लुगा लगाउनु पर्दछ । , यो मौसममा बाहिर निस्कनु परे सन ग्लास लगाउन भुल्नु हुन्न ।

हुनत हाम्रो शरीरले प्राकृतिक रूपमै म्यालेनिन तत्व उत्पन्न गर्ने गर्छ, जसले घामको दुष्प्रभावबाट जोगाउँछ । तर अति भएपछि त्यसले पनि थेग्न सक्दैन । मानव शरीरको छालाको रंगका लागि म्यालेनिन नै जिम्मेवार हुन्छ । छालाको रंग गाढा हुनु घामबाट जोगिने एउटा प्राकृतिक उपाय हो । गोरो छाला भएकाहरूमा म्यालेनिन कम हुन्छ र सन बर्नबाट उनीहरू नै बढी पीडित हुने सम्भावना हुन्छ ।

 

प्रतिक्रिया