आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

छुट्टा छुट्टै घटनामा दुई जनाको मृत्यु, यस्तो छ कारण

प्रकाशित
1K
SHARES

काठमाडौँ । सप्तरीमा भएका छुट्टा छुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको रुपनी गाउँपालिकामा करेन्ट लागेर गएराति एक महिलाको ज्यान गएको छ ।

मृत्यु हुनेमा जिल्लाको रुपनी गाउँपालिका–३ हर्दिया गाउँका सन्तोष यादवको २४ वर्षीया श्रीमती अमृतादेवी यादव रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनी घरमा जडान गरिएको टिभीको स्वीच अन गर्ने क्रममा करेन्ट लाग्दा घाइते भएकी थिइन् । करेन्ट लागेर गम्भीर घाइते भएकी अमृतालाई उपचारका लागि रुपनीस्थित युनिक अस्पताल लैजाँदा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै सप्तरीको शम्भुनाथ नरपालिकास्थित सार्वजनिक पोखरीमा शुक्रबार डुबेर एक बालकको मृत्यु भएको छ । शम्भुनाथ नगरपालिका–१२ बस्ने मुनिलाल साहका १० वर्षीय छोरा रुपेश साहको डुबेर मृत्यु भएको हो ।

यस्तै दोहा- नेपालमा कोभिड–१९ को सङ्क्रमणको दोस्रो लहर संक्रमणले निम्तिएको स्वास्थ्य सामग्री अभाव पूर्ति गर्न यूएईमा राहत संकलन अभियान शुरू भएको छ ।

नेपालमा अक्सिजनलगायत स्वास्थ्य सामग्रीको हाहाकार भएपछि सहयोग जुटाउन यूएईस्थित नेपाली दूतावास र विभिन्न संघसस्थाहरु मिलेर कोभिड १९ संयुक्त राहत संकलन समितिमार्फत सहयोग उठाउन शुरु गरेका हुन् ।

नेपाली दूतावास अबुधावीको संरक्षकत्वमा यूएईमा रहेका सम्पूर्ण नेपाली संघसंस्थाहरु, ब्यवसायी, बुद्धिजीवी र श्रमिकहरुको संयुक्त प्रयासमा कोभिड-१९ मातृभूमि सहयोग अभियान संचालन गरिएको अभियानका प्रबक्ता वेद प्रसाद अर्यालले खबरहबलाई जानकारी दिए ।

“प्रबासमा रहेका हामी नेपाली श्रमिकहरुले पसिना बगाएर केही पैसा कमाए पनि अन्तत घरमा रहेका आफन्तजन र घरपरिवार नै माहामारीको कारण बिरामी छन्,’ अर्यालले भने, औषधि र अक्सिजनको अभावमा उहाँहरुको ज्यानकै खतरा भएपछि हामीले एक्लै दुःख गरेर बचत गर्नुको के अर्थ ? तपाई हाम्रा बिरामी घर परिवार, आफन्त नातागोतालाई बचाउन सकिएन भने कसलाई र कसको लागि कमाउनु” ?

सहयोग रकमले नेपालमा अभाव भईरहेको कोरोनाविरुद्धको खोप, अक्सिजन उपकरण र अन्य औषधिहरु दूतावासको मातहतमा खरिद गरी नेपाल सरकारलाई पठाइने उनले बताए ।

दुई हप्ता भित्रमा जति रकम संकलन हुन्छ नेपालमा कुन स्वास्थ्य सामग्रीको बढी आवश्यकता छ त्यो हेरेर पठाइने अभियानका लेखा प्रमुख तथा नेपाल एसोसिएसनका महासचिव नरेश सेनले बताए ।

केही दिन अघि मात्र खाडीमा काम गर्ने नेपाली श्रमिकहरुले आफ्नो गास कटाएर ७५ लाख बराबरको ५६० अक्सिजन सिलिण्डर किनेर नेपाल पठाएका थिए ।

सडक निर्माणमा स्थानीयको अवरोध, सहजीकरण गरिदिन विभागको ताकेता

स्थानीय सामाजिक–आर्थिक विकास एवं रणनीतिक सडक निर्माणमा स्थानीयहरुकै अवरोध आएपछि सडक विभाग डिभिजन कार्यालयले अनुनय विनय गर्नुपरेको छ ।

संघीय सडक सुरपरीवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन, भरतपुर अन्तर्गतको नुवाकोट–धादिग जिल्ला जोड्ने केउरेनी–फोस्रेटार–सुनौला बजार–धादिगबेसी सडक खण्डमा स्थानीय अवरोधका कारण काम अघि बढ्न नसकेपछि सम्बन्धित स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयलाई निवेदनसहित सहजीकरणका लागि आग्रह गर्नु परेको हो ।

डिभिजन कार्यालय भरतपुरले शुक्रबार जिल्ला समन्वय समिति धादिङबेसी, जिल्ला प्रशासन कार्यालय धादिङबेँसीमा, निलकण्ठ नगरपालिका धादिङबेँसीमा, गल्छी गाउँपालिका गल्छी र जिल्ला प्रहरी कार्यालय धादिङबेँसीमा उदृत गर्दै सहजीकरण गरिदिन पत्र काटेको छ ।

सो पत्र अनुसार नुवाकोट–धादिग जोड्ने केउरेनी–फोस्रेटारको कुल १९२ मिटर लम्बाइ र ११ मिटर चौडाइ सडकमा त्रिशुली नदी पुल लगभग सम्पन्न भइसकेको तर धादिङ तर्फको करिब १५ मिटर एप्रोच सडकको ट्रयाक खोल्ने काममा भने स्थानीयहरुको अवरोध आइरहेको बताइएको छ । बारम्बार सहजीकरणका लागि ताकेता गर्दा समेत काम हुन नसकेपछि थप पुनः एक पटक सम्बन्धित निकायहरुको ध्यानकर्षण गरिएको डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

स्थानीयका अनुसार सडकमा पर्ने जग्गाको विषयमा विवाद हुँदै आएको छ भने सो विवादलाई स्थानीय जनप्रतनिधिले नै राजनीतिक रंग दिने प्रयास गरेपछि निर्माण सम्पन्न भएको महिनौं बितिसक्दा पनि पुल सञ्चालनमा आउन नसकेको हो ।

प्रतिक्रिया