आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पछिल्लो राजनीतिक घटनाक्रमबारे सभामुख अग्निप्रसाद सापकोटाले सुरु गरे यस्तो पहल

प्रकाशित
1.1K
SHARES

काठमाडौँ । पछिल्लो राजनीतिक घटनाक्रमबारे सभामुख अग्निप्रसाद सापकोटाले सघन छलफल सुरु गरेका छन् । विभिन्न राजनीति दलका शीर्ष नेता र संविधानविद्सँग सभामुख सापकोटाले सघन छलफलमा जुटेको सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

‘विकसित राजनीतिक घटनाक्रम र निकासबारे सभामुख ज्यु सरोकारवालाहरुसँग सघन छलफलमा जुट्नुभएको छ,’ सापकोटाले भने, ‘छलफलपछि सायद उहाँको धारणा पनि आजै सार्वजनिक हुनेछ ।’  अल्पमतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गएराति राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेकी थिइन् । जसको चौतर्फी आलोचना भइरहेको छ । उनले आगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचनको घोषणासमेत गरेकी छिन् । राष्ट्रपतिले संसद भंग गरेर मध्यावधि चुनावको घोषणा गर्दा रातको एक बजेको थियो ।

राष्ट्रपतिले शुक्रबार राति साढे १० बजेपछि शेरबहादुर देउवा र केपी ओली दुबैले प्रस्तुत गरेको नयाँ सरकार गठनको दाबी नपुगेको भन्दै दुबै दाबी खारेज गरिदिएका थिइन् । त्यसपछि बालुवाटारमा मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा विघटनको सिफारिस गर्दै कार्तिक २६ मङ्सिर ३ गते चुनाव गर्ने मिति प्रस्ताव गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गरेकाे दाबी पूर्ण नभएको भन्दै खारेज लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन गरी निर्वाचनकाे घोषणा गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी ओलीले संसद् भंग गरेको याे दाेस्राेचोटि हो । यसअघि प्रधानमन्त्री ओलीले २०७७ पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाखमा निर्वाचन गर्ने घोषणा गरेका थिए तर सर्वोच्च अदालतले फागुन ११ गते सरकारको सो निर्णय उल्टाइदिएको थियो ।

राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएकाे छ :

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (७) बमोजिम वर्तमान प्रतिनिधि सभा विघटन गर्न र अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषदबाट मिति २०७८/२/८ मा निर्णय भै सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम वर्तमान् प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्नुभएको छ ।

यस्तै नेपाली कांग्रेसका नेता गगन थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरूङमा हालेको भन्दै महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिँ र यत्तिमै रोकिने वाला नभएको बताएका छन्।

‘नेतागण! नअलमलिउँ, खुट्टा नकमाऔं, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं’, शनिबार बिहान सामाजिक सञ्जालमार्फत नेता थापाले भने, ‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो, न संसद! विघटन, पुनर्थापित संसदको अपमान, विश्वासको मतको नाटक, ७६ (३) को सरकार गठन, विश्वास लिनुको सट्टा ७६ (५) को आव्हान, अनुकुल नभएपछि फेरि विघटन! कस्तो सेटिङ! प्रकृया त देखाउन मात्र थियो, यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो र लिए!’

राष्ट्रपतिको कदमले मुलुकलाई कहालीलाग्दो द्वन्द्वमा लग्यो : शेखर कोइराला

नेपाली काँग्रेसका नेता डा‌. शेखर कोइरालाले राष्ट्रपतिको कदमले मुलुकलाई कहालीलाग्दो द्वन्द्वमा फसाएको आरोप लगाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति संसद् विघटन गरेपछि नेता कोइरालाले ट्वीटरमाफृत् प्रतिक्रिया दिँदै संरक्षकबाटै मध्यरातमा संविधान च्यात्ने काम भएको आरोप लगाएका हुन् ।

‘आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भयो।’ उनले ट्वीटरमा लेखेका छन् ‘राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको छ।’ उनले संविधानलाई समाप्त गर्ने काम भएको भन्दै राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुन नसक्ने बताएका छन् ।

कात्तिक र मंसिर चुनावका लागि घोषित मिति होइन : कांग्रेस प्रवक्ता

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणा पूर्व नियोजित षड्यन्त्र श्रृंखलाको क्लाइमेक्स भएको बताएको छ । साथै उसले प्रधानमन्त्री र राष्ट्रपतिका कदमबारे छलफल गर्न शनिबार बैठक बोलाएको छ ।

शुक्रबार मध्यरातमा मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गरेकी छन् । त्यसअघि प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र केपी शर्मा ओली दुवैको दाबी नपुगेको निर्णय सार्वजनिक गरेकी थिइन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने कात्तिक र मंसिर चुनावका लागि घोषित मिति नभएको बताए । ‘सर्वोच्चले बदर नगरिदिएको भए वैशाखको मध्यावधि कोरोना संक्रमणको दोस्रो लहरको चपेटामा पर्थ्याे’ उनले भने, ‘महामारीको तेस्रो लहरको आकलन शुरु भएको बेला कात्तिक र मंसिर चुनावका लागि घोषित मिति होइन ।’

उनले राष्ट्रपति पदको गरिमालाई बालुवाटारले बालुवामा मिलाएको टिप्पणी गरेका छन् । संविधानको धारा ७६(५) ले सांसदले गर्ने हस्ताक्षर र प्रस्ताव गर्ने विकल्पबारे बोल्ने भन्दै उनले भने, ‘कारबाही चेतावनीको पत्रलाई आधार मानेर राष्ट्रपतिले सांसदको हक छिन्न संविधानले कहाँ दिएको छ ?’

प्रतिक्रिया