आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सांसद शाह चढेको कार दुर्घटना, कस्तो छ अवस्था ?

प्रकाशित
578
SHARES

काठमाडौँ । सङ्घीय सांसद एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य अभिषेक प्रताप शाह सवार कार दुर्घटना भएको छ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित दुम्कीबास बजारमा कार दुर्घटना हुँदा साहसहित तीन जना सामान्य घाइते भएका छन् ।

कपिलवस्तुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शाह काठमाडौँ जाने क्रममा बा१५च ७५२३ नम्बरको कार अनियन्त्रित भई आज बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा शाहका स्वकीय सचिव सूर्यप्रताप शाह र चालक महेशकुमार पासवानसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरेपछि सिर्जित राजनीतिक अवस्थाका कारण उनी गृह जिल्लाबाट काठमाडौँ जान लाग्नुभएको बुझिएको छ । दुर्घटनाबाट सामान्य घाइते भएका तीनै जानको स्थानीय मेडिकलमा उपचार पश्चात सांसद शाह र उनका स्वकीय सचिव शाह अर्को गाडी खोजेर काठमाडौँ जानुभएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

यस्तै लगातार दुई दिनयता परेको वर्षातका कारण दैलेख जिल्लाको भैरवी गाउँपालिका-२ वालेसैनीमा घर भत्कँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी जयबहादुर थापाकी ६२ वर्षीया श्रीमती लक्ष्मी रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान १०ः३० बजेतिर थापाको दुईतले कच्ची घरको अगाडिको बरन्डा भत्किँदा घाइते भएकी लक्ष्मीको उपचारका लागि अस्पताल ल्याइँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताए ।

यस्तै हिजो पथरीमा दुर्घटना हुँदा दुईको मृत्यु, तीन घाइते

मोरङको पथरीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो  । तीन जना गम्भीर घाइते भएका थिए। पूर्वबाट पश्चिमतर्फ गइरहेको ना २ ख ९४७३ नम्बरको मालवाहक सवारीसाधनले सोही दिशाबाट आएको मे १ च १८५१ नम्बरको स्कर्पियोलाई ठक्कर दिँदा भएको दुर्घटनामा मोरङको रंगेली नगरपालिका-३ रन्जनीका ७६ वर्षीया विष्णुमाया सिवाकोटी र झापाको झापा गाउँपालिका ६ शरणमतीका ६० वर्षीय लक्ष्मी भन्ने लीलानाथ पौडेल मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिएका थिए ।

दुर्घटनामा परी झापा बिर्तामोड नगरपालिका-२ चार पानेका ३३ वर्षीय विकास उप्रेती, सोही ठाउँका ४५ वर्षीया विनिता पौडेल र हल्दीबारी गाउँपालिका-५ का २५ वर्षीय रोशन उप्रेती घाइते भएको प्रहरीले जनाएको थिए।

घाइतेको विराटनगरस्थित गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ। उनीहरू बिरामी भेट्नका लागि विराटनगरतर्फ आउँदै गर्दा दुर्घटनामा परेको बताइएका थिए।

 

प्रतिक्रिया