आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

इजरेल-प्यालेस्टिनी वि’द्रो’हीबीच ल’डाइँ अ’न्त्य, यु’द्धवि’राम सुरु

प्रकाशित
510
SHARES

काठमाडौँ। झन्डै अढाइ सय मानिसको ज्या’न जाने गरी भएको ११ दिनको ल’डाइँ अन्त्य गर्दै इजरेल तथा गाजास्थित प्यालेस्टीनी वि’द्रो’हीबीच भएको यु’द्ध’विराम लागु भएको छ। यु’द्ध’विराम स्थानीय समयानुसार शुक्रवार राति २ बजेबाट शुरु भएको छ।

प्यालेस्टिनी वि’द्रोही तथा इजरेलको सुरक्षा क्याबिनेटले इजिप्टको मध्यस्थतामा गरिएको यु’द्ध’विरामप्रति स्वीकृति जनाएका छन्। गाजामा विजयोत्सव मनाउन गो’ली चलाइएका आवाज आएका छन्। तर इजरेलतर्फ रकेट प्र’हार रोकिएको छ। बाइडन चाहन्छन् यु’द्ध’विराम तर इजरेल भन्छ, ‘सैन्य का’र’बाही जारी’

इजिप्टले इजरेल तथा गाजामा यु’द्ध’विराम पालना गराउन सुरक्षा प्रतिनिधिमण्डल पठाउँदैछ। हमासले पूर्वी जेरुसलेमबारे नखुलाइएका केही सहमति भएको बताएको छ। तर इजरेलले ती दाबी अस्वीकार गरेको छ।

अमेरिकाद्वारा स्वागत
अमेरिकी राष्ट्रपति जो बाइडनले यु’द्ध’विरामको स्वागत गरेका छन्। यसले मध्येपूर्वमा प्रगतिका निम्ति अवसर दिएको उनले बताएका छन्। यु’द्ध’विराम लागु हुनुअगावै बोल्दै उनले इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग कुरा गरेको र ल’डाइँ अन्त्य गराएकोमा उनलाई बधाइ दिएको बताएका थिए।

साथै बाइडनले यु’द्ध’विरामको मध्यस्थता गराएकोमा इजिप्टका राष्ट्रपति सीसीलाई पनि धन्यवाद दिएका छन्। अमेरिका गाजामा मानवीय कार्यहरूको समर्थन गर्न कटिबद्ध रहेको उनले बताए। ब्रिटेनका विदेशमन्त्री डोमिनिक राबले सबै पक्षलाई यु’द्ध’विराम स्थायी बनाउन आग्रह गरेका छन् ताकि सो क्षेत्रमा हिं’साको च’क्र तोडियोस्। तर इजरेलमा कैयन् दक्षिणपन्थी राजनीतिज्ञहरूले यु’द्ध’विरामको नि’न्दा गरेका छन्।

युद्धविरामबारे के भन्छन् विश्लेषक?
बीबीसी संवाददाता सेबास्टियन असर भन्छन्, यदि यु’द्ध’विराम प्रभावकारी भएमा सबै पक्षले इजरेल तथा हमासबीचको पछिल्लो द्व’न्द्वले उक्त क्षेत्रको अवस्थाबारे कस्ता परिवर्तन गराएका छन् भनेर नियाल्नेछन्।

इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भनेका छन्, उनको देशको लक्ष्य हमास तथा अन्य प्यालेस्टिनी वि’द्रो’ही समूहहरूको क्षमतामा ह्रास ल्याइदिनुरहेको थियो र उक्त लक्ष्य प्राप्त भएको छ। तर त्यसको बदलामा चर्को मानवीय मूल्य तिर्नु परेको ठानिन्छ।

विश्लेषकहरू भन्छन्, अब इजरेलीहरूले गाजामा गरिएका ब’म’बारीले के अब साँच्चै आगामी दिनमा हमाससँग घा’तक सङ्घर्ष रोक्नेछ त भनेर प्रश्न गर्नेछन्।

जबकि हमासले चाहिँ आफ्नो सङ्गठन जोगिएकोमा नै विजय मनाउनेछ। त्यस्तै प्यालेस्टिनी तथा उनीहरूका सम’र्थकहरूले चाहिँ यो भिड’न्त’सँगै प्यालेस्टीनी मु’द्दाले फेरि एक पटक विश्वको ध्यान खिच्ने आशा गरेका छन्। यु’द्ध’विरामपछि इजरेलभित्रै दशकौँपश्चात् देखिएका यहुदी तथा अरब इजरेली समुदायबीचको तनाव मत्थर हुने इजरेलको आशा छ।

 

प्रतिक्रिया