आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बूढानीलकण्ठ बैठक सकियो, यस्तो आयो प्रचण्डको प्रतिक्रिया

प्रकाशित
670
SHARES

काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ । बैठकमा एमालेको असन्तुष्ट समूहबाट समेत प्रतिनिधित्व रहेको थियो ।

बैठकपछि माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिको हिजोको आह्वानका विषयमा छलफल केन्द्रीत भएको बताए । उनले कसरी अघि बढ्ने भन्नेबारे विभिन्न विकल्पमा छलफल भएको र अबको एक आधा घण्टामै उपयुक्त निर्णय लिइने प्रतिक्रिया दिए ।

यस्तै बैठकमा जसपाको उपेन्द्र यादव समूहको समेत सहभागिता रहेको थियो ।काँग्रेसले राष्ट्रपतिमाथि महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपर्ने निष्कर्ष निकालेको छ । राष्ट्रपति र प्रधानमन्त्रीबाट एकपछि अर्को गैरसंवैधानिक कार्य भएको भन्दै काँग्रेसले यस्तो निष्कर्ष निकालेको हो ।

शुक्रबार काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको काँग्रेस पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले सो निष्कर्ष निकालेसँगै माओवादसहितको गठबन्धनसँग छलफल राखिएको हो ।

यस्तै नेपाली काँग्रेसले राष्ट्रपतिमाथि महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपर्ने निष्कर्ष निकालेको छ । राष्ट्रपति र प्रधानमन्त्रीबाट एकपछि अर्को गैरसंवैधानिक कार्य भएको भन्दै काँग्रेसले यस्तो निष्कर्ष निकालेको छ ।

शुक्रबार काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको काँग्रेस पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले सो निष्कर्ष निकालेको सहायक महामन्त्री सुनील थापाले बताए ।

बैठकमा सभापति शेरबहादुर देउवाले सरकारको असंवैधानिक कदमविरुद्ध एकजुट भएर लाग्नुपर्ने भन्दै यसबारे अन्य दलसँग पनि छलफल गरिने बैठकमा ब्रिफिङ गरेका थिए । देउवाले आजै मध्यान्ह १२ बजे चार दलका चार नेताबीच छलफल हुन लागेको जानकारी गराएको थापाले बताए ।

उनका अनुसार काँग्रेससहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका नेता माधव कुमार नेपाल र जसपाका उपेन्द्र यादवसहितको बैठक बस्दैछ । सो बैठकले निकाल्ने निष्कर्षका आधारमा अघि बढिने उनको भनाइ । काँग्रेस भने तत्काल सबै दल मिलेर राष्ट्रपतिलाई महाभियोग लगाइनुपर्ने र सँगसँगै संसद सचिवालयमा ओलीमाथि अविश्वास प्रस्ताव ल्याइनुपर्ने पक्षमा रहेको छ ।

काँग्रेसले सरकारले संविधानको मर्म र भावनामाथि प्रहार गरेको ठहर समेत गरेको छ । पार्टी पदाधिकारी लगायतको बैठकले सरकारले संविधानको मर्म र भावनामाथि प्रहार गरेको ठहर गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

बैठकले राष्ट्रपतिले नयाँ सरकार गठनका लागि गरेको आह्‍वानलाई असंवैधानिक भएको ठहर गर्दै यसमा कसरी अघि बढ्ने भन्नेमा अरु दलसँग छलफल गरेर थप निर्णय लिइने उनले बताए ।

‘ओली सरकारबाट संविधानको मर्म र भावनामाथि प्रहार गर्ने कोशिस भएको छ। त्यसलाई हामी सफल हुन दिँदैनौँ’, उनले भने, ‘अब कुन बाटो तय गर्दा ठीक हुन्छ अरु दलसँग पनि छलफल गरेर अघि बढ्छौँ । अहिले आवश्यकता ओली प्रवृत्तिलाई रोक्ने भएकाले महाभियोगसहितका सबै विकल्पमा छलफल गरेर निष्कर्षमा पुगिने उनको भनाइ छ ।

७६ (३) अनुसार चयन भएका प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्ने अवस्था नभए राजीनामा दिनुपर्ने काँग्रेसको भनाइ छ । त्यसपछि मात्रै अर्को सरकार बनाउने प्रक्रिया अघि बढाइनु पर्ने काँग्रेसको भनाइ छ ।

राष्ट्रपतिले ओलीले राजीनामा वा विश्वासको मत नलिइ नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेपछि काँग्रेसलगायतका विपक्षी दलले यो कदमलाई असंवैधानिक भएको दावी गर्दै चर्को विरोध गरेका छन् ।

यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बूढानीलकण्ठस्थित काँग्रेस सभापति शेरबहादुर देउवाको निवास पुगेका छन् । नेपाली काँग्रेसको पदाधिकारी बैठक लगत्तै माओवादी अध्यक्ष बूढानीलकण्ठ पुगेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेसम्मका लागि समयसीमा तोक्दै नयाँ सरकार गठनका लागि आह्वान गरेपछि प्रचण्ड र देउवाबीच आगामी कदमका लागि छलफल हुनेछ । प्रचण्डसँगै नारायणकाजी श्रेष्ठ पनि देउवा निवास पुगेका छन् ।

उपेन्द्र यादवसँग पनि छलफल गरेर राजनीतिक निकास दिन्छौँ : महन्थ ठाकुर

जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादव समूहसँग छलफल गरेर राजनीतिक निकास दिने बताएका छन् । शुक्रबार सिंहदरबारमा संसदीय दलको बैठक बस्नुअघि संक्षिप्त प्रतिक्रिया दिँदै ठाकुरले यादव समूहसँग पनि छलफल गर्ने बताएका हुन् ।

अहिले सिंहदरबारस्थित कार्यालयमा संसदीय दलको बैठक बसिरहेको छ । बैठकमा उपेन्द्र यादव र बाबुराम भट्टराई समूह भने सहभागी भएको छैन । ठाकुरले यादव समूहसँग पनि छलफल भइरहेको बताए । ‘छलफल भइरहेको छ । हामी निकास दिन्छौं । उपेन्द्र यादवसहित पनि बस्छौँ,’ उनले भने ।

जसपाका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले बैठकका बारेमा सबैलाई जानकारी गराइएको भए पनि अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका सांसद मात्रै उपस्थित हुने सम्भावना रहेको पनि उनले बताएका छन् ।

‘पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न संसदीय दलको बैठक आह्वान गरिएको छ,’ कर्णले भने, ‘जानकारी त सबैलाई गरिएको छ तर हुन्छौं होला १८-१९ जना ।’ पछिल्लो समय ठाकुर-महतो समूहमा बहुमत सांसद रहेको दाबी गरिएको छ । जसपामा अहिले ३२ जना सांसद रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार ‘मौजुदा सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको’ जनाउँदै सरकार निर्माणका लागि राष्ट्रपतिलाई धारा ७६ (५) अन्तर्गतको प्रक्रिया अघि बढाउन अनुरोध गरेका छन् । त्यसै अनुरोधबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई सरकार गठनका लागि आह्वान पनि गरेकी छिन् । प्रधानमन्त्री ओलीलाई जसपाको ठाकुर-महतो समूह सघाउने पक्षमा रहेको छ ।

तर प्रधानमन्त्री र राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव समूहले भने विरोध गरेको छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले रातारात प्रतिनिधिसभा समाप्त पार्न राष्ट्रपति र प्रधानमन्त्री मिलेर असंवैधानिक कदम उठाएको बताएका छन् । जसपा अध्यक्ष महन्थ ठाकुर अडिग रहे उनी प्रधानमन्त्री बन्ने सम्भावना जीवित रहेको यादवको भनाइ छ । ‘ठाकुरजी आफैं अरू कसैको पछि नलागी अडिन सक्नुपर्‍यो । सम्भावना छ,’ उनले भने, ‘त्यसका लागि शुक्रबार हामी छलफल गर्छौं ।’

माधव पक्ष पनि आन्तरिक परामर्शमा

विकसित घटनाक्रमबारे नेकपा एमालेकै माधव नेपाल पक्ष पनि आन्तरिक परामर्शमा जुटेको छ । यसअघिको प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदम, अध्यादेश लगायतलाई असंवैधानिक भन्दै विरोध गरेको माधव नेपाल पक्ष अहिले प्रधानमन्त्रीले अर्को त्यस्तै कदम चाल्दा मौन बसेको त होइन भन्ने प्रश्न उब्जिएका बेला सो पक्ष पनि आन्तरिक परामर्शमा जुटेको हो ।

वैधानिक हिसावले माधव नेपाल पक्षले फ्रन्टमा बोलेर अहिलेको संकटमोचन नहुने भएकाले नेताहरु मौन बसेको माधव नेपालनिकट एक नेताको भनाइ छ । ‘वैधानिक हिसावले माधव नेपाल पक्षले फ्रन्ट लाइनमा बोलेर यो संकटको मोचन हुदैन । माधव नेपाल पक्षले एउटै कुरा गर्छ त्यो भनेको संविधानको रक्षा र संघीय लोकतान्त्रिक कदमका लागि चाल्नुपर्ने आवश्यक कदम चाल्छ’, ति नेताको भनाइ छ ।

सो पक्षका केन्द्रीय सदस्य नीरज आचार्यले माधव पक्षका सवै नेता आन्तरिक परामर्शमै रहेको जानकारी दिए । उनले भने, ‘हाम्रो पक्षका शीर्ष नेताहरु हिजैबाट आन्तरिक परामर्शमा हुनुहुन्छ । स्थायी समितिका सबै सदस्यहरु जुम मिटिङमार्फत परामर्शमा भएकाले कसैसँग बाहिरी फोन सम्पर्क हुन सकेको छैन ।’ उनले पनि माधव नेपाल पक्ष संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको पक्षमा नै उभिने प्रस्ट पारे ।

प्रधानमन्त्री ओलीको सिफारिसमा बिहीबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अुनसार नयाँ सरकार गठनका लागि आव्हान गरेकी थिइन् । संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले आफुले विश्वासको मत लिन नपाउने अवस्था भएपछि संविधानको धारा ७६ को ४ मा प्रवेश नै नगरी उपधारा ५ मा जान सिफारिस गरेका हुन् । यसलाई संविधानविद् र राजनीतिक दलहरुले संविधानमाथिको अर्को प्रहार भनिरहेका छन् ।

प्रतिक्रिया