आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राष्ट्रपतिलाई महाअभियोग लगाएर बिदा गरौं, गगन थापा

प्रकाशित
437
SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदममा साथ दिने राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन आह्वान गरेका छन् ।

उनले नयाँ सरकार गठनका लागि दिइएको समय अगावै नयाँ सरकार बनाएर प्रधानमन्त्री ओलीलाई विदा गर्न पनि आह्वान गरेका छन् ।

सामाजिक सन्जालमा नेता थापाले लेखेका छन्, ‘विश्वासको मत लिन मन नलागे प्रम ९प्रधानमन्त्री०ले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो रु जानेर गरेको हो । गनगन गरेर नबसौं । सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, महाअभियोग लगाएर राप (राष्ट्रपति)लाई बिदा गरौं ।’

प्रधानमन्त्री पदमुक्त नहुँदै राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरुलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६९५० अनुसार प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई आह्वान गरेकी हुन् ।

संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री नियुक्त भएका ओलीले विश्वासको मत लिने प्रक्रिया सुरु नगरी वा राजीनामा नदिई संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नु असंवैधानिक कदम मानिएको छ ।

यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रपतिबाट बिहीबार नयाँ सरकार गठन गर्नका लागि प्रक्रिया सुरु गर्न आह्वान गर्नु असंवैधानिक कदम भएको जनाएको छ । यस सम्बन्धमा छलफल गरी आवश्यक निर्णय गर्न नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीहरूको बैठक बोलाएको छ ।

बैठक विहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बोलाइएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।बैठकमा राष्ट्रपतिको पछिल्लो आह्वानपछि पार्टीले चाल्ने कदमका विषयमा छलफल हुने जनाइएको छ ।

विहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ७६ (५) अनुसार सरकारका लागि दाबी प्रस्तुत गर्न आह्वान गरेकी हुन् । उनले आज बेलुका पाँच बजेसम्मको समय दिएकी छिन् । प्रधानमन्त्रीले विश्वासको मत नलिने हो भने त्यसअघि नै राजीनामा दिनुपर्ने कांग्रेसको तर्क छ।

प्रतिक्रिया