आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खोप वितरण गर्न अमेरिकाले रोज्यो यस्ता देश, नेपाल पाउछ कि पाउदैन ?

प्रकाशित
561
SHARES

काठमाडौं । निम्न र मध्यम आय भएका मुलुकलाई उच्च प्राथमिकतामा राखेर आफूसँग भएको ८ करोड खोप वितरण गर्ने अमेरिकाले जनाएको छ ।

अमेरिकासँग भएको खोपका लागि संसारभरबाट अनुरोध आएपछि कसलाई प्राथमिकता दिने भन्‍नेमा अमेरिका दबावमा थियो । यद्यपि निम्न र मध्यम आय भएका मुलुकलाई प्राथमिकता राख्नेमा सैद्धान्तिक निष्कर्षमा अमेरिकी अधिकारी पुगेका छन् ।

भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै अमेरिकी विदेश मन्त्रालयको ग्लोबल कोभिड रेस्पोन्स एण्ड हेल्थ सेक्युरीका ग्याले इ स्मिथले अमेरिका मध्यम र निम्न आय भएका मुलुकलाई खोप दिने विषयमा केन्द्रित भएको बताएकी छन्। उनले भनेकी छन्, ‘हामीले अहिले खोप वितरणका सम्बन्धमा निर्णय गरिसकेका छैनौं । तर हामीले विश्वको हरेक क्षेत्रलाई नजिकबाट हेरिरहेका छौं ।’

उनले खोपको आपूर्तिका लागि जी-७ मुलुकहरुसँग कुराकानी गरिरहेको समेत बताएकी छन् । पछिल्लो समय नेपाल लगायतका भारतका छिमेकी मुलुकमा बढ्दो संक्रमण र भ्याक्सिनको अभावका सम्बन्धमा अमेरिकाले विशेष चासो दिएको छ । उनले भारतका छिमेकी मुलुकहरुमा बढिरहेको आपत्कालीन अवस्थाको बारेमा समेत आफूहरुले नजिकबाट हेरिरहेको बताइन् ।

विश्वको सबैभन्दा बढी खोप उत्पादन गर्ने मुलुक भारतले आफ्नो उत्पादनलाई घरेलु प्रयोजनका लागि मात्र प्रयोग गरेपछि यतिबेला अमेरिकामाथि संसारभरीबाट दबाव छ । विश्वभरबाट माग बढेपछि अमेरिकाले खोप उत्पादनलाई बढाउने तयारी गरेको छ ।

पहिला आफूसँग रहेको ६ करोड खोप वितरण गर्ने घोषणा गरेको अमेरिकाले दुई दिन अगाडि मात्र थप दुई करोड वितरण गर्ने घोषणा गरेको छ । अमेरिकी अधिकारीहरुका अनुसार त्यसलाई अझ नबढाएमा विश्वव्यापी रुपमा आएको माग पूरा गर्न सकिंदैन ।

अमेरिकी राजनीतिज्ञ, नागरिक समाज र मिडियाले त्यहाँको नेतृत्वलाई विश्वव्यापी खोप अभियान सन्चालन गर्न दवाव दिइरहेका छन् । यस्तै चीनको तिब्बत सरकारले नेपाललाई १५० सिलिन्डर लिक्विड अक्सिजन दिएको छ ।

बिहीबार बिहान तिब्बत सरकारले ल्हासामा आयोजित एक कार्यक्रमा उक्त सिलिन्डर नेपाली महावाणिज्यदूत नवराज ढकाललाई हस्तान्तरण गरेको हो । ल्हासास्थित नेपाली महावाणिज्यदूत ढकालले उक्त सिलिन्डर बिहीबार बिहानै नेपालका लागि हिँडेको जानकारी दिएका छन् ।

१५० सिलिन्डर लिक्विड अक्सिजनबाट ४० केजी क्षमताका करिब ६ हजार सिलिन्डर भर्न सकिने पनि ढकालले बताएका छन् । त्यस्तै तिब्बत सरकारले छिट्टै २ सय थान आईसीयू बेड, ५ थान भेन्टिलेटर र १० थान कन्सनट्रेटर दिने प्रतिबद्धता जनाएको छ । तिब्बतले स्थलमार्गबाट कोरोना रोकथाम तथा नियन्त्रणका सामग्री लिएर आउने कार्गोलाई बिनारुकावट पठाउने हरसम्भव प्रयास गर्ने वचन दिएको पनि ढकालले बताए ।

त्यस्तै शानशीस्थित एक कम्पनीले दिएको ३० वटा अक्सिजन कन्सनट्रेटर शुक्रबार सिल्क ट्रान्सपोर्टमार्फत पठाइने पनि उनले जानकारी दिएका छन् । त्यस्तै तिब्बतको गुडविल फाउन्डेसनले ५० वटा अक्सिजन कन्सन्ट्रेटर दिने तयारी गरेको उनले बताए ।

निजी क्षेत्रबाट कोरोनासम्बन्धी सामग्री बोकेका २२ वटा गाडी तातोपानी भन्सार पुग्ने चरणमा रहेको र अक्सिजन सिलिन्डर कन्सनट्रेटरलगायतका स्वास्थ्य सामग्री बोकेका करिब १५ वटा गाडी खासा आइपुगेका छन् ।

त्यस्तै निजी क्षेत्रको एभरेस्ट ग्यासले पनि ४ हजार ५ सय वटा अक्सिजनका खाली सिलिन्डर नेपाल भित्र्याउन लागेको र ती सिलिन्डर यसै साता तिब्बत आइपुग्ने उनको भनाइ छ । विभिन्न सहयोग जुटाउन र अन्य समन्वय कार्यका लागि चीनको तिब्बत सरकारसँग महावाणिज्य दूतावास निरन्तर सम्पर्कमा रहेको पनि ढकालले बताए ।

कोरोना मुक्त भएको कति समयपछि लगाउने खोप ? यस्तो छ विज्ञको सुझाव

कोरोना भाइरस सङ्क्रमित बिरामीले सङ्क्रमणमुक्त भएको कति समयपछि खोप लगाउने ? ठ्याक्कै यति नै समय भन्ने उत्तर कसैसँग छैन । तर भारतीय विज्ञहरूले तीन महिनापछि खोप लिनु राम्रो हुने जनाएका छन् ।

कोरोनामुक्त भएकाहरूका लागि पनि तीन महिनापछि खोप जरूरी भएको भन्दै विज्ञहरूले भारतमा खोप अभियान तीन महिना स्थगित गर्न आग्रह गरेका छन् । भारतीय कोभिड–१९ खोप प्रशासन राष्ट्रिय विशेषज्ञ समिति (एनईजीभीएसी) ले बुधवार यस्तो सिफारिस गरेको हो ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार एनईजीभीएसीको नयाँ सिफारिसहरू कोभिड–१९ महामारीको उदाउँदो अवस्था र उदाउँदो विश्वव्यापी वैज्ञानिक प्रमाण र अनुभवको आधारमा गरिएको हो ।

‘एन्टि सार्स–२ मोनोक्लोनल एन्टिबडी’ वा ‘कम्भलेसेन्ट प्लाज्मा’ दिई उपचार गरिएका कोभिड–१९ सङ्क्रमित बिरामीहरूलाई दिने खोप पनि अस्पतालबाट डिस्चार्ज हुने मितिदेखि तीन महिनासम्म स्थगित गरिनुपर्ने विज्ञहरूको समितिले बताएको छ ।

एनईजीभीएसीका नयाँ सिफारिसहरुमा भनिएको छ, “कुनै व्यक्ति खोपको पहिलो डोज लिएपछि सङ्क्रमित भएमा पनि दोस्रो मात्रा सङ्क्रमणमुक्त भएको तीन महिनासम्मका लागि स्थगित गर्नुपर्नेछ ।”

कोभिड–१९ सङ्क्रमणमुक्त भएको परीक्षण रिपोर्ट आएको १४ दिने वा खोप लगाएको १४ दिनपछि कुनै पनि व्यक्तिले रगतदान गर्न सक्ने विज्ञ समूहले सिफारिस गरेको छ । समितिले अन्य रोग लागेका गम्भीर बिरामीले कोभिड–१९ को खोप लिनुभन्दा पहिले ४–८ हप्ता अस्पतालमा भर्ना हुन वा चिकित्सकको हेरचाह आवश्यक रहेको पनि सुझाब दिएको छ ।

स्तनपान गराउने महिलाले चिकित्सकको सल्लाह लिएर खोप लिन सक्ने तर गर्भवतीहरुका लागि के गर्ने भन्ने बिषयमा अझै खोपका लागि राष्ट्रिय प्राबिधिक सल्लाहकार समूहले छलफल तथा अध्ययनहरू गरिरहेको भारतीय संघीय स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

प्रतिक्रिया