आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कपिलवस्तुमा माओवादी केन्द्रका नेता पाण्डेमाथि गो’ली प्र’हार

प्रकाशित
402
SHARES

बुटवल । नेकपा (माओबादी केन्द्र) कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डेमाथि गो’ली प्र’हार भएको छ । तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा पाण्डेमाथि बुधबार राति तीनजनाको समूहले गो’ली प्र’हार गरेको हो ।

कपिलवस्तु नगरपालिका तौलिहवाका ३५ वर्षिय पाण्डेको पेट र कम्मरमाथि पे’स्तोलको दुईवटा गो’ली लागेको छ । घाइते पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।

पाण्डेको शरीरबाट एउटा गो’ली निकालिएको र अर्को निकाल्न बांकी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले बताए । पाण्डेको अवस्था मध्यम रहेको उनले बताए ।

निग्लिहवातर्फबाट मोटरसाइकलमा आएका तीनजनाको समूहले पाण्डेमाथि गो’ली चलाएको डीएसपी भण्डारीले बताए । गो’ली लागेका पाण्डे नदीजन्य पदार्थको ठेक्कापट्टाको काम समेत गर्ने गरेकाले व्यवसायिक लेनदेनका कारण घटना भएको हुनसक्ने प्रहरीले बताएको छ ।

यता कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो पेरिसडाँडामा बस्ने गरी बैठक बोलाएका हुन्।

यसैबीच प्रचण्डले बुधबार पार्टी कार्यालयमै चिकित्सकहरू तथा विज्ञहरूसँग कोरोना रोकथाम तथा नियन्त्रणका लागि गर्न सकिने काम के-के हुन् भन्नेलगायत विषयमा छलफल गरेका थिए।

प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार चिकित्सकहरूले दिएका सल्लाह, सुझावसहित आज बस्ने स्थायी कमिटी बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणबारे थप छलफल हुनेछ। प्रचण्डको स्वकीय सचिव गंगा दाहालका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणमा बैठकबाट विभिन्न योजना तथा कार्यक्रम निर्णय गरी घोषणा गर्ने कार्यक्रम छ।

यसैबीच बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान बिहीबारबिहान ९ बजेदेखि सुरु हुँदैछ । मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ । शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका हिसाबले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

उपनिर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र वाग्मती प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ । मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको छ ।

हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा कायम गरिएको केन्द्रमा मतदान हुनेछ । केन्द्रमा प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र कोभिड सङ्क्रमित मतदाताका लागि बेग्लाबेग्लै मतदानको व्यवस्था मिलाइएको छ । उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाएर मतदान गर्न सकिने छ ।

निर्वाचनमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र अन्य दलका तर्फबाट खीमलाल देवकोटा प्रतिस्पर्धामा छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङले उम्मेदवारी दिएका छन् । निर्वाचन सकिनासाथ मतगणना हुने र नतिजा पनि आजै आउने आयोग स्रोतले जनाएको छ ।

नेकपाबाट निर्वाचित गृहमन्त्री थापालाई दल त्यागसम्बन्धी कानूनका आधारमा नेकपा माओवादी केन्द्रले पदमुक्त गरेपछि रिक्त स्थानमा यो निर्वाचन हुन लागेको हो । वर्तमान संविधान कार्यान्वयमा आएपछि राष्ट्रियसभा सदस्यको पहिलो पटक उपनिर्वाचन हुन लागेको हो ।

आज हुने राष्ट्रियसभा उपनिर्वाचनको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन मिलाइएको छ । प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठका अनुसार मतगणनाको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन गरिएको हो । मतदान स्थल भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यम (जुम) मार्फत सार्वजनिक गर्ने योजना बनाइएको छ । मतगणना साँझ ५ बजेदेखि शुरु गरिने छ । आजै बेलुकासम्ममा नतिजा आइसक्ने जनाइएको छ ।

प्रतिक्रिया