आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बादल र देवकोटा राष्ट्रिय सभा उपचुनाव लड्दै , कति बेलादेखि सुरु हुदैछ मतदान ?

प्रकाशित
576
SHARES

काठमाण्डौ। वाग्मती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्यका लागि आज उपचुनाव हुँदैछ । हेटौँडामा बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । उपचुनावमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, कांग्रेस र माओवादी केन्द्रको समर्थनमा खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीबाट कृष्णगोपाल तामाङले उम्मेदवारी दिएका छन् ।

माओवादी केन्द्रले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय सभा सदस्य थापालाई दल त्यागको अभियोगमा कारबाही गरेकाले पद रिक्त भएपछि उपचुनाव हुन लागेको हो । एमालेले आधिकारिक रुपमा थापालाई उम्मेदवार बनाए पनि झलनाथ खनाल र माधव नेपाल पक्षले उम्मेदवारी दर्ताको बेला देवकोटालाई समर्थन गरेको थियो ।

यो उपचुनावमा वाग्मती प्रदेशसभा सदस्य १ सय १० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २ सय ३८ गरी ३ सय ४८ मतदाता कायम रहेको आयोगले जनाएको छ ।

जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरले मतदाताको बसोबास र मतदान व्यवस्थापन स्वास्थ्य सुरक्षा मापदण्डका आधारमा प्रबन्ध मिलाइएको जानकारी दिएको छ । हेटौँडा नगरपालिका-४ को भुटनदेवी माध्यमिक विद्यालयमा कायम गरिएको तीन केन्द्रमा मतदान हुनेछ ।

केन्द्रमा प्रदेशसभा सदस्य, पालिकाका जनप्रतिनिधि र कोभिड सङ्क्रमित मतदाताका लागि बेग्लाबेग्लै मतदानको व्यवस्था मिलाइने छ ।उपचुनावमा यसअघिका विभिन्न निर्वाचनमा जारी भएका मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायत कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपचुनाव भने जेठ १७ गते हुने छ ।

यस्तै नेपालमा पछिल्ला केहि दिनयता ह्वात्तै बढेको कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रभावकारी कदम चाल्न नसकेको भन्दै चौतर्फी बिरोध भइरहेको बेला ओली सरकारले बल्ल जनतालाई राहत मिल्ने निर्णय गरेको छ । सरकारले निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार निःशुल्क उपचार गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजसँग कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको सह–प्रवक्ता समीरकुमार अधिकारीले बताए ।

आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशका बिरामीको उपचारका लागि ७ हजार र आईसीयू तथा भेन्टिलेटरमा उपचारका गर्नेलाई १५ हजारका दरले सोधभर्ना बापत अस्पताललाई मन्त्रालयले दिने छ ।

मन्त्रालयसँग सम्झौता गरेका ३० अस्पतालहरुले संक्रमितको उपचारको खर्च विवरण स्वास्थ्य मन्त्रालयलाई बुझाउनुपर्ने हुन्छ । त्यस्तै सर्वोच्च अदालतले निषेधाज्ञा वा बन्दाबन्दी लागु भएको अवधिमा कर र जरिवाना नलिन सरकारको नाममा अन्तरिम आदेश दिएको छ ।

बन्दाबन्दी पूणरुपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र मूल्य अभिवृद्धि करको विवरण र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन समेत सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश दिएको छ । अधिवक्ता सृजना अधिकारी र शैलेन्द्र उप्रेतीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्काको एकल इजलासले बुधबार यस्तो आदेश दिएको हो ।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘सामान्य परिस्थितिमा सम्पूर्ण कर विवरण र कर दाखिला गर्नु करदाताको कर्तव्य भएता पनि कोभिड १९ का कारण सिर्जित बन्दाबन्दीको विषम परिस्थितिमा करदाताले करको विवरण र कर दाखिला गर्न सक्ने अवस्था र परिस्थिति देखिदैन ।’ कोभिड-१९ को दोस्रो महामारीले करदातासमेत यस समस्याबाट अछुतो नरहेको सर्वोच्चको उल्लेख गरेको छ ।

 

प्रतिक्रिया