आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

२५ युवतीसंगको प्रेम पछि २६ औ प्रेमी सुनीता संग बिहे गरेका थिए अनिलले

प्रकाशित
1.2K
SHARES

मुम्बई । बलिउडमा केही यस्ता प्रेमकथा छन्, जुन कथा सुन्दा मानिसहरु रोमाञ्चित हुन्छन् । अभिनेता अनिल कपूरको प्रेमकथा यस्तै रोचक छ । दैनिक जागरणअनुसार उनले २५ युवतीसँग प्रेम गरे र २६ औं युवती सुनीता कपूरलाई आफ्नो श्रीमति बनाए । तर उनले सुनीतालाई त्यति सजिलै आफ्नो श्रीमति बनाउन पाएनन् । दुवैको विवाह भएको ३७ वर्ष पुगिसकेको छ ।

विवाह अघि अनिल कपूरको जीवनमा धेरै युवतीहरु आए । ‘मैले स्कुल जीवनदेखि नै मोजमस्ती सुरु गरिसकेको थिएँ । मलाई पढाईमा ध्यान थिएन । त्यहीकारण म कलेजको क्यान्टिनमा गएर बस्थें । क्यान्टिनमा बसेर ३,४ जना युवतीसँग डेट गरें । त्यसपछि मैले करिब २० देखि २५ जना युवतीलाई प्रेमिका बनाएँ । तर सुनिता नै मेरो जीवनको उत्कृष्ट प्रेमिका थिइन्’, उनले भनेका छन् ।

सुनीताको नम्बर उनको कोही साथीले अनिललाई प्रेंक कल गर्नका लागि दिएका थिए । तर जब अनिलले सुनीतासँग कुरा गरे, सुनीताको स्वरबाट उनी प्रभावित भए । त्यसपछि उनीहरुको भेट एक पार्टीमा भयो र पहिलो नजरमै उनले सुनीतालाई मनपराए ।

त्यसपछि विस्तारै कुराकानी गर्न थाले र सुनीतासँग नजिक हुन पुगे । सन् १९८५ मा अनिलले फिल्म ‘मेरी जंग’मा अभिनयको अवसर पाए । उनले १९८४ मे १७ मा फिल्म साइन गरे । त्यसको भोलिपल्ट सुनीतालाई प्रपोज गरे र पर्सीपल्ट विवाह गरे ।

यस्तै बलिउडका सफल फिल्मको नाम लिँदा आमिर खानको ‘थ्री इडियट्स’ पनि पर्दछ । यो फिल्म सन् २००९ मा रिलिज भएको थियो । फिल्ममा आमिर खान, शरमन जोशी, आर माधवन, बोमन ईरानी र करीना कपूर प्रमुख भूमिकामा थिए ।

एबीपी लाइभका अनुसार राजकुमार हिरानी निर्देशित यो फिल्मको सुटिङको समयमा एक रोचक किस्सा भएको छ । फिल्ममा आमिर, शरमन र आर माधवनले मदिरा पिएको दृश्य सबैले हेर्नुभएकै छ ।

यो दृश्यलाई वास्तविक बनाउनका लागि आमिरले राजकुमारलाई आफूहरु तीनैजनाले थोरै मात्रामा मदिरा सेवन गर्ने सल्लाह मागेका थिए । आमिरले थोरै भनेपनि तीनजनाले धेरै मात्रामा मदिरा पिएका थिए ।

आमिर, माधवन र शरमनको अवस्था देखेर निर्देशक हिरानी चिन्तित बने । तर पनि फिल्मका लागि सट तयार पारे । पटक पटक रिटेक भएपछि फिल्मको स्टक रिल नै सकिएको थियो ।

रातको दुई बजे रिल लिनका लागि सुटिङ सेटमा भागदौड नै भयो । त्यो रातमा ‘थ्री इडियट्स’को नजिकै अर्को फिल्मको सुटिङ भइरहेको थियो । निर्देशक हिरानीले त्यही सेटमा गएर उधारोमा रिल ल्याएर आफ्नो फिल्मको दृश्य पुरा गरेका थिए ।

प्रतिक्रिया