आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

औषधि नियामक संस्था सीडीएससीओले दियो यस्तो अनुमति, हेर्नुहोस् बिस्तृत

प्रकाशित
532
SHARES

काठमाडौँ । भारतको औषधि नियामक संस्था सेन्ट्रल ड्रग स्ट्यान्डर्ड कन्ट्रोल अर्गनाइजेसन (सीडीएससीओ)ले भारतमा कोरोनाविरुद्धको खोप आयात गर्न लाग्ने प्रक्रियालाई सहज बनाइदिएको छ । औषधि नियामक सीडीएससीओले कोरोनाविरुद्धको खोप आयात गर्न निजी तथा राज्य सरकारलाई अनुमति दिनुका साथै आयात निर्देशिका जारी गरेको छ ।

आयातकर्ता तथा उत्पादकले कारोनाविरुद्धको खोप आयात गर्न सीडीएससीओले तीनवटा अवस्थाहरु प्रदान गरेको छ । विश्वमा कोरोनाविरुद्धको धेरै खोपहरु विकास भएपनि भारतमा आपतकालीन प्रयोगमा अनुमति नपाएका खोपहरु आयात गर्न नपाइने जनाइएको छ ।

नयाँ औषधि र परीक्षण नियम २०१९, औषधि आयात दर्ता नियम १९४५ र औषधि आयात अनुमतिपत्रसम्बन्धी नियम १९४५ को पूर्ण पालना गरेर कोरोनाविरुद्धको खोप आयातका लागि निजी क्षेत्रलाई खुला गरेको हो ।

आयातकर्ताहरुले सीडीएससीओले जारी गरेको मापदण्ड अन्तर्गत आयात गरिएका कोरोनाविरुद्धका खोपहरुलाई भारत सरकारले आधिकारिक च्यानलभन्दा बाहिर पनि वितरण गर्न सकिनेसमेत जनाइएको छ । भारतमा कोरोना महामारीको दोस्रो लहर शुरु भएसँगै मे १ मा कोरोनाविरुद्धको खोपको मूल्यमा समानता र देशव्यापी खोप अभियानको रणनीतिमा परिवर्तन गरिएको थियो ।

भारतमा हाल स्वदेशमै उत्पादन गरिएका अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको कोभिशिल्ड खोप र भारत बायेटेकले विकास गरेको कोभ्याक्सिन प्रयोग भइरहेका छन् । केही साता अघि भारत सरकारले कोरोनाविरुद्धको विश्वको पहिलो खोप स्पुतनिक भीलाई पनि आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । विषयविज्ञ समितिले रुसी खोपको अध्ययन गरिसकेपछि खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइएको हो ।

भारतले रुसबाट प्रराम्भिक चरणमा डेढ लाख खोप आयात गरेको छ । यस खोपलाई अबको केही दिनमा लगाउन शुरु गरिने जनाइएको छ । भारतले यसअघि सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोशिशिल्ड खोप नेपालसहित दक्षिण एसिया र विश्वका अन्य मुलुकहरुमा अनुदानमा उपलब्ध गराएको थियो । भातरले नेपाललाई १० लाख डोज खोप अनुदान सहयोग गरेको हो ।

प्रतिक्रिया