आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बाँकेमा १३ घण्टाको अवधिमा १७ जना संक्रमितको मृत्‍यु

प्रकाशित
459
SHARES

काठमाडौं । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार साँझ ५ बजेदेखि बुधबार बिहान ६:३० बजेसम्म यी संक्रमितको मृत्यु भएको छ। जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ८ जना बाँके, ३ जना बर्दिया, २/२ जना दाङ, रूकुम पश्‍चिम र कैलालीका छन् ।

भेरी अस्पतालमा उपचाररत नेपालगञ्‍ज उपमहानगरपालिका- १८ की ७३ वर्षीया महिलाको मंगलबार साँझ ५: १५ बजे, नेपालगञ्‍ज उपमहानगरपालिका-६ का ४५ वर्षीय पुरूषको मंगलबार राति ९ बजे र नेपालगञ्‍ज उपमहानगरपालिका-४ का ६७ वर्षीय पुरूषको बुधबार विहान ४ बजे मृत्‍यु भएको छ ।

यस्तै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत बाँकेकै कोहलपुर नगरपालिका-१२ का ४१ वर्षीय पुरूषको मंगलबार साँझ ८:३५ बजे, राप्तीसोनारी गाउँपालिका-२ की ५९ वर्षीय महिलाको मंगलबार राति ११:३० बजे, कोहलपुरु नगरपालिका ११ की ५८ वर्षीया महिलाको बुधबार विहान ३ बजे मृत्‍यु भएको छ ।

बाँकेकै नेपालगञ्‍ज उपमहानगरपालिका २ का ६१ वर्षीय पुरूषको बुधबार विहान ५ बजे र कोहलपुर नगरपालिका ४ का ४२ वर्षीय पुरूषको बुधबार विहान ४: १५ बजे नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्‍यु भएको छ ।

यस्तै भरी अस्पतालमा उपचाररत बढैयाताल गाउपालिका-२ बर्दियाका ८४ वर्षीय पुरूषको मंगलबार राति ८: ४५ बजे, ठाकुरबाबा नगरपालिका ९ का ६३ वर्षीय पुरूषको बुधबार विहान ५ बजे र ठाकुरबाबा नगरपालिका १ की ३८ वर्षीया महिलाको बुधबार विहान ५:१५ बजे मृत्यु भएको छ ।

यस्तै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत गढवा गाउँपालिका-७ दाङकी ३० वर्षीया महिलाको मंगलबार साँझ ५ बजे मृत्‍यु भएको छ भने तुलसीपूर उपमहानगरपालिका-२ दाङका ६५ वर्षीय पुरूषको भरी अस्पतालमा उपचारको क्रममा बुधबार विहान ५:३० बजे मृत्‍यु भएको छ ।

यस्तै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत त्रिवेणी गाउँपालिका-१ रूकुम पश्‍चिमकी २७ वर्षीया महिलाको बुधबार विहान ४ बजे र सानोभेरी नगरपालिका ११ का ३६ वर्षीय पुरूषको मंगलबार राति ८: ३० बजे मृत्‍यु भएको छ ।

यस्तै भरी अस्पतालमा उपचाररत टिकापुर नगरपालिका-१६ कैलालीका २८ वर्षीय पुरूषको बुधबार विहान २ बजे र लम्कीचुहा नगरपालिका-५ कैलालीकी ६८ वर्षीया महिलाको बुधबार विहान ६:३० बजे मृत्‍यु भएको छ । योसँगै बाँकेमा जिल्ला भित्रका २५३ जना र जिल्ला बाहिरका २०९ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

यस्तै कैलालीमा कोरोना संक्रमितको शव व्यवस्थापनका लागि नेपाली सेनाले महिला सैनिकलाई पनि खटाएको छ । धनगढीमा रहेको नेपाली सेनाको भवानी दल गणले बुधबारदेखि उप-सेनानी शशि खड्काको कमाण्डमा ५ जनाको टोली संक्रमितको शव व्यवस्थापनमा खटाइएको जनाएको छ । भवानी दल गणका प्रमुख सेनानी विकास केसीले उक्त टोलीले विशेषगरी कोरोना संक्रमणबाट ज्यान गुमाएका महिला तथा बालबालिकाको शव व्यवस्थापन गर्ने जानकारी दिए ।

‘सैनिक महिलाहरुलाई संक्रमितको शव व्यवस्थापनका लागि तालिम दिइरहेका थियौँ,’ प्रमुख सेनानी केसीले  भने, ‘आजदेखि परिचालन गरेका छौँ ।अब उहाँहरुले महिला तथा बालबालिकाको शव व्यवस्थापन गर्नेछन् ।’ नेपाली सेनाको भवानी दल गणबाट कोरोना संक्रमितको शव व्यवस्थापनका लागि सैनिक पुरुषका ३ वटा टोली परिचालन गरिएका थिए ।

‘१०/१५ जना गरेर हामीले तीन वटा टोली परिचालन गरेका थियौँ, ’ केसीले भने, ‘आजदेखि चार टोली भएका छन् । आवश्यकताका आधारमा थपघट गर्छौँ ।’

प्रतिक्रिया