आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोभिड १९ को महामारीलाई लिएर नेपालमा भयो डरलाग्दो पुष्टि

प्रकाशित
520
SHARES

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट पत्ता लागेको जनाएको छ। मन्त्रालयका अनुसार देशका विभिन्न भागबाट गत हप्ता संकलित ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी आज प्राप्त नतिजाअनुसार ९७ प्रतिशतमा (३४ वटामा) बी १६१७२ नयाँ भेरियन्ट र ३ प्रतिशतमा बी १६१७१ भेरियन्ट पुष्टि भएको छ। परिवर्तित भाइरससहित हालसम्म नेपालमा तीन किसिमको भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ।

विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा समेत गरिसकेको छ। हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनबाट पाइएको छ। त्यसकारण सचेत रहन विज्ञहरुले चेतवानी दिएका छन् ।

के हो भारतीय भेरियन्ट ?

सामान्यतयाः भाइरसहरुले आफ्नोस्वरुप परिवर्तन गरिरहन्छन् । यसरी स्वरुप परिवर्तन गर्ने क्रममा पुरानो भाइरस नयाँ प्रकारको बन्छ । यसैलाई भेरियन्ट भनिन्छ ।

पहिलो पटक २०१९ मा भेटिएको कोरोना भाइरसको पनि विभिन्न भेरियन्टहरु भेटिएका छन् । बेलायतमा भेटिएको बी १.१.७ लाई यूके भेरियन्ट भनेर चिनिन्छ भने ब्राजिलमा पी.२ भेरियन्ट भेटिएको छ ।

भारतको महाराष्ट्रमा सन् २०२० को अक्टोबरमा पहिलोपटक बी.१.६१७ भेरियन्ट देखियो । मे १० मा डब्ल्यूएचओले बी.१.६१७ लाई ‘भेरियन्ट अफ कन्सर्न’ को रुपमा वर्गीकरण गरेको थियो ।

यद्यपि यस विषयमा धेरै अध्ययन भएको छैन । डब्ल्यूएचओको प्राविधिक क्षेत्रको नेतृत्व गरिरहेकी मारिया भान केर्खोभले भनेकी छिन्, ‘केही प्रारम्भिक अध्ययनको नतिजाले संक्रामकता बढाएको देखाएको छ ।’

बी.१.६१७ भेरियन्टभित्र पनि तीनओटो सिक्वेन्स देखिएको छ, जसलाई बी.१.६१७.१, बी.१.६१७.२ र बी.१.६१७.३ नाम दिइएको छ । पहिलो र दोस्रो सिक्वेन्सधेरै संक्रामक देखिएको छ भने तेस्रो सिक्वेन्स निकै कम मात्र पाइएको छ । संक्रामक देखिएका दुईमध्ये पनि बी.१.६१७.२ सबैभन्दा धेरैमा देखिएको छ ।

प्रतिक्रिया