आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आज गएको शक्तिशाली भूकम्पले १२ घर भत्किए, ४ जना घाइते (फोटो फिचर)

प्रकाशित
470
SHARES

काठमाडौँ । लमजुङ केन्द्रबिन्दु भएर आज बिहान गएको भूकम्पले घर भत्किँएका छन् भने केहि मानिस घाइते भएका छन्। प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइटेलले अहिलेसम्म १२ घर भत्किएको र ४ जना मानिस घाइते भएको जनाकारी आएको बताए । उनले घटनास्थलमा पुगेको जानकारी दिए ।

भूकम्पमा परी ८४ वर्षीया वृद्धा, ३६ वर्षीया महिला, २२ वर्षीय गोविन्द अधिकारी भूकम्प गएको बेला बार्दलीबाट हाम फाल्दा बेहोस भएको प्रजिअ लुइटेलले बताए । ठूला साना भुकम्पका धक्काहरु अझै पनि गइरहेको बेशीसहर नगरपालिकाका प्रेस सल्लाहाकार कृष्ण केसीले बताए।

त्यस्तै अरब सागरमा विकसित भई भारतको गुजरात राज्य आसपासमा रहेको सामुद्रिक आँधी ताउ-तेको प्रभावले नेपालमा पनि परेको छ। पश्चिमी न्यून चापीय प्रणालीसँगै ताउ-तेको प्रभावले बिहीबार देशभरिको मौसममा बदली भएको छ। अहिले २ र प्रदेश १ मा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा सामान्यदेखि पुर्ण बदली रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले यसको प्रभाव अझै केही दिन नेपालमा रहने बताएको छ। महाशाखाका अनुसार आउने २४ घन्टामा कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। उच्च हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात-वर्षाको सम्भावनासमेत रहेकाले खोलानालामा जलप्रवाह बढोत्तरी हुने, यातायत क्षेत्रसमेत प्रभावित हुने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध छ।

२०७८ जेठ ५ गते बुधबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक /दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ।

राती: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ।

हेर्नुहोस् घटनास्थलका तस्वीर

प्रतिक्रिया