आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मस्तिष्कका यी ३ भ्रममा कहिलै नपर्नुहोस्

प्रकाशित
440
SHARES

काठमाडौँ । मष्तिक शरीरको त्यो महत्वपुर्ण भाग हो जसले शरीरका अंग सञ्चालनमा निर्देशनका साथै कुनै बिषय घटना वा क्रिया सम्झने गर्दछ । तर मष्तिकका बारेमा मानिसहरुमा केही भ्रम र यथार्थहरु चर्चामा छन् । यस स्तम्भमा तिनैको चर्चा गरौं ।

१. मानिसले मष्तिकको १० प्रतिशत मात्र प्रयोग गर्छन् :
धेरैमा मानिसले मष्तिकको १० प्रतिशत मात्र प्रयोग गर्ने धारणा रहेको छ । तर, यो गलत साबित भएको छ । हावर्ड विश्वविद्यालयका मनोविद् विलियम जेम्स र बोरिसको ‘रिसर्च इनर्जी थ्योरी’मा पछि यस्तो धारणा चर्चामा आएको थियो । जसमा सत्यता छैन ।

२. मस्तिष्क ड्यामेज हुन्छ :
मस्तिष्क ड्यामेज हुदैँन । किनभने यसको रिपेयर गर्न सकिन्छ र नयाँ सेल्स पनि बनाउन सकिन्छ । तर, मस्तिष्क पूर्ण रूपमा ड्यामेज चाहिँ हुदैँन ।

३. मष्तिकमा भार पर्दा टाउको दुख्छ
धेरैले मष्तिकमा भार पर्ने गरी तनाव भएकाले टाउको दुखेको भन्छन् । तर मष्तिकमा ‘पेन रिसेप्टर’ नै हुँदैन । मस्तिष्कको चारैतिर हड्डी र स्काल्फले कभरिङ गरेको हुन्छ । र, त्यसैमा हुन्छ पेन रिसेप्टर । त्यसैले टाउको दुख्नु टाउकोका मसल्समा हुने असरको कारणले हो, न कि मस्तिष्कको ।

यस्तै खाना वा खाजामा कागती नखाने कमै मानिस होलान् । अधिकाशंलाई कागती यसको अमिलो स्वादका कारण मन पर्दछ । यस अलावा भिटामिन ’सी’ युक्त कागती स्वास्थ्यकालागि निकै उपयोगी छ ।

कागतीको सेवनले स्फुर्ती रोग निवारणमा मद्दत मिल्दछ । कागतीमा साइट्रिक अम्ल र प्राकृतिक लवण (पोटास र फस्फोरस) हुन्छ । यो लवण रगतको अम्लतालाई हटाउँदै क्षारत्व दिन्छ र रगत शुद्घ गर्छ ।

कागतीमा भिटामिन ’ए’ एक भाग भए भिटामी ’बी’ दुई भाग र भिटामिन ’सी’ तीन भाग हुन्छ । यसमा पोटासियम, फलाम, म्याग्नेसियम, सोडियम, तामा, फस्फोरस, क्लोरिनको साथै प्रोटिन बोसो र कार्बोज पनि पर्याप्त मात्रामा हुन्छ । साथै कागतीले शरीरमा रोग प्रतिरोधक क्षमता बढाउनुको साथै एन्टिआक्सिडेन्टको काम गर्छ र कोलेस्ट्रोल कम गर्छ ।

कागतीमा भएको भिटामिन ’सी’ र पोटेसियम घुलनशील हुन्छ जसले बढी मात्रामा यसको सेवन हुदाँ समेत नोक्सानी पु¥याउँदैन । रक्तअल्पता पीडितलाई समेत यसको सेवन फलदायी मानिन्छ । आयुर्वेद अनुसार कागती अपच एवं पेटको अन्य बिकारमा समेत उपयोगी मानिन्छ । यो स्कर्वी रोगको विशेष औषधि हो । स्कर्वी रोग भिटामिन ’सी’ को कमीले हुन्छ । कागतीमा भने भिटामिन ’सी’ प्रचुर हुन्छ ।

कागतीको उपयोग कब्जियत, रक्तचापको समस्या हटाउन सहयोगी हुन्छ । कागती छालाको रोग, गिजा सुन्निनु, घाँटीको खसखस, टन्सिल रोगमा समेत लाभप्रद मानिन्छ । यो आँखा, कान रोगमा समेत फाइदा गर्छ । मुखको घाउ, डन्डिफोर, घाउ, दाँत एवं छाला रोगमा फाइदाकारी मानिन्छ ।

प्रतिक्रिया