आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

इजरायल र प्यालेस्टाइन युद्ध, अमेरिकाको मौका माथिको चौका

प्रकाशित
621
SHARES

काठमाडौँ । अमेरिकाले इजरायललाई ७३५ मिलियन अमेरिकी डलर(करिब ८६ अर्ब नेपाली) रुपैयाँ बराबरको ह’ति’यार बेच्ने भएको छ । इजरायल र प्यालेस्टाइनबीच ‘हिं’सा’त्मक सं’घ’र्ष जारी रहेका बेला बाइडेन प्रशासनले इजरायललाई ठूलो परिमाणमा ‘ह’ति’यार बेच्न लागेको समाचार सार्वजनिक भएको हो ।

वासिङ्टन पोस्टले बाइडेन प्रशासनले इजरायललाई ह’ति’यार बेच्ने प्रस्तावलाई स्वीकृति दिएको समाचार प्रकाशित गरेको छ । गाजा क्षेत्रमा द्वन्द्व चर्किरहेको समय भए पनि अमेरिकी संसद्मा उक्त प्रस्ताव पास हुने अपेक्षा गरिएको छ । रोयर्टसले अमेरिकी संसद्को उच्च स्रोतलाई उद्धृत गर्दै मे ५ मा इजरायललाई ह’ति’यार बेच्न प्रस्तावबारे सूचित गरिएको बताएको छ । अमेरिकाले इजरायललाई ह’ति’यार बेच्ने भन्ने समाचार सबैभन्दा पहिले वासिङ्टन पोस्टले प्रकाशित गरेको हो । औपचारिक रुपमा सूचित गर्नुभन्दा पहिले अप्रिलमै अमेरिकी कंग्रेसलाई इजरायललाई ह’ति’यार बेच्ने योजनाबारे जानकारी गराइएको थियो ।

अमेरिकाले इजरायललाई ज्वाइन्ट डिरेक्ट अट्याक म्युनिसन्स(जेडीएमएमए) बिक्री गर्न लागेको पनि रोयटर्स र वासिङ्टन पोस्टले बताएका छन् । उक्त ह’ति’यार बोइङले बनाएको हो । जे’ए’डी’ए’म ‘ब’म फिट गरेर प्र’हा’र गर्न मिल्ने ह’ति’यार हो । यसमा २२७ देखि ९०७ किलोसम्म ब’म’ फिट गर्न सकिन्छ । इजरायली सेनाले गाजा क्षेत्रमा आ’क्र’मण गर्न यस प्रकारका ह’ति’यार ठूलो परिमाणमा किनेको छ ।

अहिलेसम्म इजरायललाई ह’ति’यार बेच्ने प्रस्तावमा डेमोक्रेटिक र रिपब्लिकन दुवै पार्टीका नेताहरुले कुनै आपत्ति जनाएका छैनन् । अमेरिकी सदनले ह’ति’यार बिक्रीको प्रस्तावलाई रोक लगाउन सक्नेछ । तर यस पटक भने रोक लगाउने सम्भावना कम भएको बताइएको छ । गाजा क्षेत्रमा द्वन्द्व चर्किएको दोस्रो हप्ता सुरु भइसकेको छ, तर तत्काल अन्त्य हुने भने संकेत देखिएको छैन । अहिलेसम्म प्यालेस्टाइनतर्फ ६१ बालबालिकासहित २ सय १२ जनाको मृत्यु भएको छ भने २ बालबालिकासहित १० जना इजरायलीको मृत्यु भएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनलाई सं’घ’र्षवि’राम गर्न आग्रह गरेका छन् । हमास र इजरायली सेनाबीच हिं’सा’त्म’क द्वन्द्व चर्किएको ८ दिनपछि बाइडेनले संघर्षविरामका लागि आफूले पहल गरिरहेको बताएका हुन् ।

विश्व समुदाय विभाजित

इजरायल-प्यालेस्टाइन आक्रमणलाई रोक्ने कोसिस भइरहेको छ तर सफल भएको छैन । विभिन्न देशहरु दुई पक्षमा विभाजित भएपछि इजरायल-प्यालेस्टाइन युद्ध विश्वको मुद्दा बनिसकेको छ । धेरैजसो इस्लामिक देशहरु प्यालेस्टाइनीको समर्थनमा देखिएका छन् भने इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले आफूलाई २५ बढी देशको समर्थन रहेको दाबी गरेका छन् ।

अमेरिका र इजरायल एकअर्काका घनिष्ट मित्र हुन् भन्ने कुरा छिपेको छैन । त्यसैले विश्वको सुपर पावर भनिने अमेरिकाले इजरायललाई साथ दिएको छ । उसले इजरायललाई आत्मरक्षाको अधिकार रहेको बताउँदै आएको छ ।

प्रमुख युरोपीय देश फ्रान्स, बेलायत र जर्मनी पनि इजरायलको पक्षमा छन् । त्यसैले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा इजरायल र प्यालेस्टाइनबीचको मुद्दामा भिटो आवश्यक पर्यो भने इजरायललाई फाइदा हुने बीबीसीले जनाएको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा रुस र चीन पनि स्थायी सदस्य छन् ।

इजरायलका राष्ट्रपति बेन्यामिन नेतन्याहुले आफूलाई समर्थन गरेको भन्दै धन्यवाद ज्ञापन गरेका देशहरुमा अष्ट्रेलिया, अष्ट्रिया, अलबानिया, ब्राजिल, क्यानडा, कोलम्बिया, साइप्रस, जर्जिया, हंगेरी, इटली, स्लोभेनिया र युक्रेनलगायत छन् ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले दुवै पक्षलाई संयम रहन आग्रह गरेका छन् । इजरायललाई आत्मरक्षाको अधिकार भए पनि प्यालेस्टाइनका नागरिकहरु पनि सुरक्षित रहन पाउनु पर्ने उनको मत छ ।

अर्कोतर्फ इस्लामिक देशहरुले इजरायलले गरेको आ’क्र’मणको कडा विरोध गर्दै आएका छन् । उनीहरुले प्यालेस्टाइन क्षेत्रमा हुँदै आएको हिंसा रोक्न माग गर्दै आएका छन् । इजरायलको विरोध गर्ने देशहरुमा साउदी अरब, टर्की, इरान, इराक, पाकिस्तान, युएई, कुवेतलगायत छन् । खाडीका धेरै देशहरुले इजरायलको खुलेर विरोध गर्दै आएको बीबीसीले जनाएको छ ।

इजरायलको छिमेकी देश जोर्डनका राष्ट्रपतिले इजरायलको आ’क्र’मण रोक्न गहन कूटनीतिकरुपमा गहन प्रयास भइरहेको जनाएका छन् । जोर्डनमा प्यालेस्टाइनको समर्थनमा र्यालीहरु निक्लने गरेका छन् ।

अर्को एक छिमेकी देश लेबनानले पनि प्यालेस्टाइनमाथि भइरहेको आ’क्र’मण रोक्ने पहलका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।इजरायलको छिमेकी देश इजिप्टले संघर्षविरामका लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न कोसिस गरिरहेको बीबीसीले जनाएको छ ।

अमेरिकाको दोहोरो भूमिका

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेष्टाइनबीच गाजामा जारी हिं’सा अन्यको माग गरेका छन् । बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग टेलिफोन कुराकानी गर्दै यु’द्धविरामको आग्रह गरेका हुन् ।

तर, हिं’सा अन्त्यको माग गर्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा पेश भएको संकल्प प्रस्तावलाई भने अमेरिकाले फेरि रोकेको छ । अमेरिकाले हमासलाई आतं’कवादी संगठन बताउँदै आएको छ र हमासविरुद्धको कारबाहीलाई भने जायज रुपमै लिन्छ ।

ह्वाइट हाउसको विज्ञप्तिमा भनिएको छ,‘बाइडेनले निर्दोष सर्वसाधारणको सुरक्षाका लागि हरेक प्रयास गर्न इजरायललाई प्रेरित गर्नु भएको छ । दुई नेताहरुले हमास र अन्य आतंककारी समूहबीचको अपरेशनमा भइरहेको प्रगतिबारे छलफल गर्नुभएको छ ।’ बाइडेन यु’द्धबि’रामको समर्थनमा रहेको इजिप्ट तथा अन्य साझेदारहरुसँग यस विषयमा वार्ता चलिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

अहिले इजरायल प्यालेस्टाइन विवाद दोस्रो सातामा चलिरहेको छ र हिं’सा रोकिने थोरैमात्र संकेत देखिएको छ । यस हिं’सामा प्यालेस्टाइनतर्फ कम्तिमा २ सय २१ मानिसको मृत्यु भइसकेको छ । जसमा ६१ बालबालिका समावेश छन् । इजरायलतर्फ पनि दुई बालबालिकासहित १० जनाको मृत्यु भएको छ ।

यस्तो भ’या’वह अवस्थाका बाबजुद इजरायली सेनाले प्यालेस्टाइनतर्फ मा’रि’एका अधिकांश व्यक्ति मिलिसिया रहेको दाबी गरेको छ । सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आ’क्र’मण जारी रहने घोषणा गरेका थिए । गाजामा शासन गरिरहेको हमासले पनि प्रत्याक्रमणका लागि आफु तयार रहेको जनाएको छ ।

प्रतिक्रिया