आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सुनचाँदीको मूल्य आकाशियो,कतिमा हुदै छ कारोबार

प्रकाशित
445
SHARES

काठमाडौँ । पछिल्ला दिनहरुमा नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्चदरमा वृद्धि भएको छ । गत आइतबारदेखि निरन्तर उकालो लाग्न थालेको सुनचाँदीको मूल्यले आज मंगलबार पनि निरन्तरता पाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला अधिकतम ६०० रुपैयाँले वृद्धि भएर ९३ हजार ४०० रुपैयाँ कायम भएको छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँ कामय भएको छ ।

यता चाँदीको मूल्य समेत मंगलबार उच्च वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी एकै दिन प्रतितोला ३५ रुपैयाँले वृद्धि भएर एक हजार ३९० रुपैयाँ कायम भएको छ ।

यस्तै मंगलबार कारोबारको केहि मिनेटमै तीन कम्पनीको शेयरमूल्य पोजेटिभ सर्किट लागेको छ । यो अवधिसम्म नेपाल फाइनान्स कम्पनी, रूरू जलविद्युत कम्पनीको र राधी विद्युत कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको हो ।

नेपाल फाइनान्स कम्पनीको प्रतिकित्ता ३६ रुपैयाँले बढेर ३९७ पुगेको छ भने रूरू जलविद्युतको प्रतिकित्ता ९६ ले मूल्य बढेर अन्तिम मूल्य १०६४ र राधी विद्युत कम्पनीको प्रतिकित्ता ७७ ले बढेर अन्तिम मूल्य ८५१ कायम भएको छ ।

प्रतिक्रिया