आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सिंहदरबार गेटैमा मन्त्री र उपसचिवको गाडी ठोक्किए, के छ क्षतीको विवरण ?

प्रकाशित
648
SHARES

काठमाडौँ । सिंहदरबारको मूल गेटअगाडि प्रदेश नम्बर १ का मन्त्रीको गाडीलाई उपसचिवको गाडीले ठक्कर दिएको छ। सोमबार दिउँसो सिंहदरबार छिर्न लागेको को १ झ ६९९ नम्बरको गाडीलाई बा २ झ १९६१ नम्बरको गाडीले ठक्कर दिएको थियो।

सिँहदरवारको गेटैमा मन्त्रीको गाडीले बिना संकेत वीचबाट देब्रे मोडेर सिँहदरवार मूल गेटबाट छिर्न खोज्दा पछाडिबाट आउँदै गरेको उपसचिवको गाडी ठोक्किई क्षति पुगेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका स्रोतका अनुसार प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङको गाडीलाई पछाडिबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव गुरु खतिवडाको गाडीले ठक्कर दिएको हो।

महाशाखाका प्रहरी निरीक्षक जितेश दाहालका अनुसार दुबै गाडीमा सामान्यमात्रै क्षति पुगेको हो। उनका अनुसार दुर्घटना हुँदा मन्त्री सवार थिएनन्। मन्त्रीको गाडी माइतीघरबाट पुतलीसडक जाँदै गरेको र उपसचिवको गाडी भद्रकालीबाट सिंहदरबार छिर्न लागेको थियो।

त्यसै क्रममा मन्त्रीको गाडीलाई पछाडिबाट ठक्कर दिएको प्रहरी निरीक्षक दाहालले बताए। ठक्कर दिने गाडीको अगाडिको बम्परमा सामान्य क्षति पुगेको छ। ‘अगाडिको गाडी ठ्याक्कै रोकेपछि पछाडिकाले छोयो। सामान्य बम्परको लक निस्किएको रहेछ,’ दाहालले भने,’दुबै गाडी बनाउनको लागि समन्वय भयो।’ दुर्घटनापछि दुबै गाडी महाशाखा लगिएको थियो।

तर यसरी सडकमा सवारी दुर्घटना गराउने चालकलाई भने ट्राफिकले कारबाही गरे नगरेकोबारे केही जानकारी दिएको छैन । सर्बसाधारणको सन्दर्भमा कडा कारवाही गर्ने ट्राफिकले भिआइपी गाडी दुर्घटना गराउने चालकलाई पनि समानरुपमा कारबाही गर्नुपर्ने हो । तर प्रत्यक्षदर्शीका अनुसार दुवै गाडीलाई नियन्त्रणमा समेत नलिएर मर्मतका लागि ग्यारेज पठाईएको बताइएको छ ।

प्रतिक्रिया