आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आज कुन उमेर समूहमा कति संक्रमित थपिए ?

प्रकाशित
432
SHARES

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै १ हजार ६९४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ कुन उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-
०-९ वर्ष – १६२ ,१०-१९ वर्ष – ४९६, २०-२९ वर्ष – १६६३ ,३०-३९ वर्ष – १६९४-४९ वर्ष – १३१९ ,५०-५९ वर्ष – ९५९ ,६०-६९ वर्ष – ५८६
,७०-७९ वर्ष – २८६ ,८०-८९ वर्ष – १०८ ,९०-१०० वर्ष- १८ ,अज्ञात – २५

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १९ हजार ५३९ जनाको पीसीआर परीक्षण र ३४४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७ हजार ३६८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

नेपालमा थप १४५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ५ हजार १ पुगेको मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ६०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २ हजार १ हजार ८८१, भक्तपुरमा २९२ र ललितपुरमा ४३६ जनामा गरी कुल २ हजार ६०९ जना थपिएको जानकारी दिएका हुन् ।

त्यस्तै थप ६ हजार ६४८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ३९ हजार ७५६ पुगेको छ ।निको हुने दर ७४.६ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै कोभिड–१९ संकट व्यवस्थान केन्द्र (सीसीएमसी) ले अक्सिजन अभाव हुन नदिन आवश्यक सवै प्रक्रिया अवलम्बन गर्ने भएको छ । सिंहदरबारमा आइतबार प्रधानमन्त्री केपी ओलीसहित बसेको बैठकले कोरोना संक्रमण नियन्त्रण तथा रोकथाममा नीजि क्षेत्रको समेत सहभागितामा आवश्यक व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कानुनी प्रक्रियामा अड्किएर कुनैपनि नागरिकको ज्यान जान दिन नुहने भन्दै त्यसका लागि आवश्यक निर्णय र प्रक्रिया अघि बढाउन सरोकारवाला मन्त्रीहरुलाई समेत निर्देशन दिएको परराष्टमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार कोरोनाको समग्र विश्लेषण गरिएको बैठकमा बाधा अड्चन हटाउने तथा अक्सिजन उत्पादन बढाउने, त्यसका लागि उद्योगीहरुसँग सहकार्य गर्ने, लिक्विड अक्सिजन आयात बढाउन भारतसँग आग्रह गर्ने, सिलिण्डरहरुको व्यवस्थापन गर्ने लगायतका विषयमा छलफल भएको छ ।

मन्त्री ज्ञवालीले अक्सिजन अभाव हुन नदिन साथै चीन र ओमनबाट मगाइरहेको भन्दै आगामी दिनमा अक्सिजन अभाव हुन नदिने बताए ।
‘सरकार र नीजि क्षेत्रले समेत अक्सिजन ल्याएकाले त्यति ठुलो अभाव हुदैन अव त्यो कठिनाई कम हुदै जान्छ’ मन्त्री ज्ञवालीको भनाइ छ ।

बैठकमा प्रधानमन्त्रीले आवश्यक स्वास्थ्य सामग्री आयात गर्न कानुन संशोधन गरेर वा क्विक रेस्पोन्स टिम गठन गरेर भएपनि प्रक्रिया अघि बढाउनुपर्ने बताएका थिए । ‘हाम्रा प्रक्रियामा अल्झिएर र आर्थिक स्रोत अभावले कुनैपनि नागरिकको ज्यान जान दिनुहुँदैन ।

त्यसका लागि आवश्यक प्रक्रिया तत्काल गर्नुस्’, प्रधानमन्त्री ओलीको भनाई उधृत गर्दै ज्ञवालीले भने, ‘क्विक रेस्पन्स टिम बनाउनुपर्ने भए बनाउनुस् ।’

बैठकमा स्वास्थ्य संकटकालका बारेमा समेत छलफल भएको छ । तर तुलनात्मक रुपमा स्वास्थ्य संकटकाल लगाउँदा के के काम हुन्छ भन्ने अध्ययन भइरहेको मन्त्री ज्ञवालीले जानकारी दिए । बैठकले समग्र स्वास्थ्य प्रणालीलाई महामारीका विरुद्ध लगाउन जरुरी भएको निश्कर्ष निकालेको छ ।

प्रतिक्रिया