आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

किन बस्ने आइतबार सूर्य देवको व्रत ? (मन्त्रसहित)

प्रकाशित
780
SHARES

काठमाडौँ – हिन्दु धर्म शास्त्रमा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ। सूर्य देव‘को पूजा गर्दा सफलता, मानसिक शान्ति तथा शक्ति संचार हुने बिश्वास रही आएको छ। आइतवार व्रत बस्ने व्रतालुहरूले एक छाक मात्र खाना खानुपर्दछ र खानामा नुनतेल मिसाउनुहुँदैन।

व्रत बस्नेहरूले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पूजा गर्दा रातो रङ्गको फूल चढाउनुपर्दछ । सूर्यदेवको पूजागरि बिभिन्न फल प्राप्त गर्न सकिन्छ।

सूर्य देवको मंत्र यस प्रकार रहेको छः  पुत्र प्राप्तिको लागिः ऊँ भास्कराय पुत्रं देहि महातेजसे।धीमहि तन्नः सूर्य प्रचोदयात्।, हृदय रोग, आँखा एवं कुष्ठ रोग तथा समस्त जटिल रोगनिवारणका लागिः ऊँ हृां हृीं सः सूर्याय नमः।, व्यवसाय वृद्धि एवं सफलताका लागिः ऊँ घृणिः सूर्य आदिव्योम।,  शत्रुलाइ परास्त गर्नःशत्रु नाशाय ऊँ हृीं हृीं सूर्याय नमः, सबै मनोकामना पुरा गर्नका लागिः ऊँ हृां हृीं सः,  सबै अनिष्ट ग्रहदशा निवारण गर्नः ऊँ हृीं श्रीं आं ग्रहधिराजाय आदित्याय नमः । –[ एजेन्सी]

यस्तै वास्तु शास्त्रमा केवल घरको निर्माण वा दिशासंग जोडिएका जानकारी मात्र होइन, घरमा राख्ने सामानका बारेमा पनि महत्वपूर्ण जानकारी दीइएको छ । वास्तु अनुसार केवल जीवित प्राणिबाट मात्र होइन, हरेक वस्तुबाट एक विशेष प्रकारको ऊर्जा निस्कने गर्दछ ।

वास्तुमा कुन चीज कहाँ र कसरी कुन दिशामा राख्नु पर्दछ त्यसबारे पनि उल्लेख हुन्छ । यस्तोमा घरको महत्वपूर्ण हिस्सा मानिने फर्निचर बारेमा पनि वास्तुमा जानकारी छ । वास्तु अनुसार यदि घरमा फर्निचर गलत दिशा वा तरीकाले राखे आर्थिक हानी हुनसक्छ ।

१. नयाँ फर्निचर किन्दा मंगलवार, शनिवार र औंसीको दिन भूलेर पनि किन्नु हुदैन । यी दिन फर्निचर किनेमा घरमा नकारात्मकता उर्जा हावी हुने गर्दछ ।

२. घरको कोठामा आवश्यकता अनुसारको ठिक्क आकारको फर्निचर किन्नु पर्दछ । पुरै कोठा फर्निचरले भरीए वा कोठामा खाली ठाउँ नभरीए यसले पनि नकारात्मक उर्जा बढ्ने आशंका हुन्छ ।

३. फर्निचर किन्दा कुन काठले बनेको हो त्यसबारे पनि जानकारी लिन आवश्यक छ । सिसौ, अशोक, साल, नीम लगायतका काठको फर्निचर किन्नु राम्रो हुन्छ । तर पीपल वा बरको काठको फर्निचर किन्नु हुदैँन ।

४. वास्तु अनुसार घरको सबैभन्दा भारी फर्निचरलाई हमेशा दक्षिण र पश्चिम दिशामा मात्र राख्नु पर्दछ । घरको उत्तर र पूर्व दिशामा सकेसम्म हल्का र खुला राख्नु पर्दछ ।

५. हुनत फर्निचर बारे सबैको रोजाई फरक फरक हुन्छ । तर वास्तु अनुसार वर्गाकार वा चारपाटे फर्निचर मात्र किन्नु पर्दछ । त्रिभुज, गोलाकार वा अण्डाकार आकारको फर्निचर नकिन्नु नै राम्रो हुन्छ ।

प्रतिक्रिया