आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विश्वभर २४ घण्टामा संक्रमितभन्दा निको हुने धेरै

प्रकाशित
602
SHARES

काठमाडौँ । पछिल्लो २४ घण्टामा संक्रमितभन्दा निको हुने धेरै रहेका छन्। विश्वभर १४ करोड १४ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन् । २४ घण्टामा ७ लाख ७८ हजार ७१५ जना संक्रमणमुक्त भएका छन् । २४ घण्टामा संक्रमणमुक्त हुने यो संख्या नयाँ संक्रमितभन्दा झण्डै एक लाखले धेरै हो ।

पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १४ करोड १४ लाख ४८ हजार ९६३ पुगेको छ । कुल संक्रमितको आधारमा निको हुने दर ८७.०३५ प्रतिशत हो ।

यस्तै पछिल्लो २४ घण्टामा ६ लाख ९० हजार ६६४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या १६ करोड २५ लाख २० हजार ६४९ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ७६ लाख ९९ हजार १७६ छ । यसमध्ये १ लाख ३ हजार ६२७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३३ लाख ७० हजार ७५४ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ५०३ जनाको मृत्यु भएको छ। कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख ९९ हजार २९९ जनाको मृत्यु भएको छ ।

यसैगरी ब्राजिलमा ४ लाख ३२ हजार ७८५ जनाको मृत्यु भएको छ । दोस्रो लहरको अति प्रभावित मुलुक भारतमा २ लाख ६६ हजार २२९ जनाको मृत्यु भएको छ । यस्तै रूसमा १ लाख १५ हजार ‍११६ जना, बेलायतमा १ लाख २७ हजार ६६८ जना, फ्रान्समा १ लाख ७ हजार ४२३ जना, इटालीमा १ लाख २३ हजार ९२७ जनाको मृत्यु भएको छ ।

यस्तै दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा पनि पछिल्लो २४ घण्टामा संक्रमितको दैनिक वृद्धिमा केही कमी आएको छ । लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३ लाख २६ हजार १२३ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ४३ लाख ७२ हजार २४३ पुगेको छ ।  भारतमा २ करोड ४ लाख २६ हजार ३२३ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३६ लाख ७९ हजार ६९१ छ ।

यस्तै त्यहाँ एकैदिन ३८ सय ७९ संक्रमितको मृत्यु भएको छ । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या तीन हजार माथि पुग्दै गएको छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ६६ हजार २२९ पुगेको छ ।

प्रतिक्रिया