आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मौसम सम्बन्धि आयो यस्तो अब्डेट, यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

प्रकाशित
1.4K
SHARES

काठमाडौँ- न्युन चापीय प्रणालीको प्रभावले आज दिउँसो पहाडी भेगका केही स्थानमा वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो र राति पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

जेठ १ गते (शनिबार)

दिउँसो: देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ र बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशका प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागहरुमा आंशिक बदली रहने छ । प्रदेश नं १ का पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

जेठ २ गते (आइतबार)

दिउँसो: प्रदेश १ लगायत देशका अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति : गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य वदली र बाँकी भू-भागहरुमा आंशिक बदली रहने छ ।

जेठ ३ गते (सोमबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखले हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण-पूर्व भू-भाग नजिक रहेको पूर्व-पश्चिम फैलिएको न्युन चापीय रेखाको प्रभावले मौसममा बदली रहने जानकारी दिएको थियो ।

हाल देशका अधिकांश भू-भागमा आंशिक बदली रहेको महाशाखाले जानकारी दिएको थियो । हिजो पनि मुलुकका केही भागमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको थियो ।

महाशाखाले सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउ अनुरोध गरेको थियो ।

 

प्रतिक्रिया