आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

जापानको सरकारले गर्यो यस्तो घोषणा

प्रकाशित
657
SHARES

काठमाडौँ । टोकियो (सिन्ह्वा)- जापानले कोभिड–१९ वृद्धि भएको भन्दै थप तीन राज्यमा स्वास्थ्य सङ्कट क्षेत्रका रूपमा विस्तार गरेको छ । जापानी प्रधानमन्त्री योशीहिदा सुगाले होक्काइदो, ओकायामा र हिरोशिमा क्षेत्रहरूमा स्वास्थ्य सङ्कट बिस्तार गर्ने घोषणा गरेका हुन् ।

सरकारले यसअघि टोकियो, ओसाका, ह्योगो र क्योटोमा स्वास्थ्य सङ्कटको अवस्था मे अन्त्यसम्मका लागि विस्तार गरेको छ र यसलाई आइची र फुकुओका क्षेत्रमा पनि विस्तार गर्ने बताएको छ । यसैबीच, सरकारले गुन्मा, इशिकावा र कुमामोटो प्रान्तहरूमा स्वास्थ्य क्षेत्रमा अर्ध–सङ्कटकाल विस्तार गर्ने पनि प्रधानमन्त्री सुगाले बताए ।

स्वास्थ्य कार्यदलको बैठकमा सुगाले भने, “होक्काइडो, ओकायामा र हिरोशिमामा सङ्क्रमण बढेका कारण यहाँ कडा प्रतिबन्ध लगाउनुपर्ने देखिएको छ ।” यहाँ आइतबारदेखि मे ३१ सम्म मद्यपान गर्न र रेष्टुरेन्टहरूमा प्रतिबन्ध लगाइएको थियो ।

यस्तै सिंगापुर– कोरोना भाइरसको संक्रमण तीव्र रुपले बढेपछि सिंगापुर सरकारले फेरि लकडाउन गर्ने तयारी गरेको छ । सिंगापुर सरकारले मे १६ बाट जुन १३ सम्म एक महिनाको लागि फेरि लकडाउन गर्ने तयारी गरेको हो । सिंगापुरको स्वास्थ्य मन्त्रालयले पछिल्लो ४८ घण्टामा ७१ कोरोना भाइरसको नयाँ संक्रमित थपिएको जनाएको छ ।

दुई जना भन्दा बढी मानिस भेला हुन, होटल, जिमखाना र समूहमा कार्यक्रम गर्ने जस्ता कार्यमा प्रतिबन्ध लगाउन सिफारिस गरेको स्वास्थ्य मन्त्रालयले बताएको छ । सिंगापुरमा हालसम्म कोरोना संक्रमितको संख्या ६१ हजार चार सय ५३ जना छ भने मृत्यु हुनेको संख्या ३१ जना छ । त्यस्तै, निको हुनेमा ६१ हजार २९ जना रहेका छन् ।

यस्तै दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा पछिल्लो २४ घण्टामा संक्रमितको दैनिक वृद्धिमा केही कमी आएको छ । लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३ लाख २६ हजार १२३ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ४३ लाख ७२ हजार २४३ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा २ करोड ४ लाख २६ हजार ३२३ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३६ लाख ७९ हजार ६९१ छ ।

यस्तै त्यहाँ एकैदिन ३८ सय ७९ संक्रमितको मृत्यु भएको छ । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या तीन हजार माथि पुग्दै गएको छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ६६ हजार २२९ पुगेको छ ।

 

प्रतिक्रिया