आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राष्ट्रपतिद्वारा अर्को अध्यादेश जारी

प्रकाशित
132
SHARES

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार रेल्वे अध्यादेश २०७८ जारी गरेकी छन् । जनकपुर जयनगर रेलमार्गमा रेल सञ्चालनका लागि कानुनी बाटो खोल्न उक्त अध्यादेश जारी गरिएको हो ।

उक्त रेलमार्ग सञ्चालनका लागि कानुनी बाटो खोल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अध्यादेशको मस्यौदा गरेको थियो । केही दिनअघिको मन्त्रिपरिषद बैठकले अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

अध्यादेशमा नेपाल सरकारले एक वा एक भन्दा बढी विदेशी राष्ट्रको भूमिसम्म वा विदेशी राष्ट्रले नेपालको भूमिसम्म वा नेपालको भूमि भएर अर्को विदेशी राष्ट्रमा जाने गरी रेल्वे सेवा सञ्चालन गर्ने व्यवस्था गरेको यातायात मन्त्रालय स्रोतले जनाएको छ ।

संकटमा प्रधानमन्त्री ओली, माओवादीले फिर्ता लियो सरकारलाई दिएको समर्थन

सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली संकटमा पर्ने भएका छन्। उनको सत्तामा धक्का लाग्ने गरि हिजोको सहयात्री दल नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिएको पत्र संसद् सचिवालयमा दर्ता गराएको छ। बुधबार माओवादी केन्द्रका सचेतक देव गुरुङलगायत नेताहरु संसद् सचिवालयमा पुगेर समर्थन फिर्ताको पत्र दर्ता गराएका हुन्।

‘सर्वोच्च अदालतको फागुन २३ को निर्णयपश्चात् ३० दिनभित्र विश्वासको मत लिनपर्ने ठाउँमा नलिएको र नियमित अधिवेशन बोलाउनुपर्ने समयमा संविधान र परम्परा मिच्दै वैशाख २७ गते विश्वासको मतका लागि सदन बोलाउने काम गरिएको छ। अतः नेकपा (माओवादी केन्द्र) को निर्णय र नेकपा (माओवादी केन्द्र) संघीय संसदीय दलको निर्णयअनुसार केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन आजकै मितिदेखि लागू हुने गरी फिर्ता लिएको जानकारी गराउँदछु,’ माओवादी केन्द्रका अध्यक्षको हस्ताक्षर रहेको पत्रमा भनिएको छ।

प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकारले संविधानको ठाडो उल्लंघन गरी प्रतिगामी योजना अघि बढाइरहेको, लोकतान्त्रिक मूल्य मान्यता एवं राजनीतिक नैतिकताको धज्जी उडाउँदै राजनीतिलाई सत्ताको फोहोरी खेलको रुपमा निकृष्ट ढंगबाट सञ्चालन गरिरहेको माओवादीकाे आराेप छ।

त्यसैगरी, निर्वाचनमा जनताले दिएको जनादेशविपरीत सामाजिक न्यायसहितको समृद्धि एवं समाजवादको आधार निर्माण गर्ने लक्ष्यलाई ध्वस्त बनाएको बताउँदै पत्रमा नेपाली कम्युनिस्ट आन्दोलनलाई क्षतविक्षत बनाउने उद्देश्यका साथ विसर्जनवादी आक्रमण गरेको उल्लेख छ।

कोरोनाको दोस्राे लहरसँग जुझ्ने सन्दर्भमा नालायकी एवं असक्षमता प्रदर्शन गरेको र राष्ट्रियताको मुद्दालाई सौदावाजीको विषय बनाएर देशलाई बाह्य शक्तिको क्रिडास्थल बनाउँदै लगिरहेको तथा लोकतान्त्रिक र संसदीय मान्यताविपरीत अध्यादेशबाट शासन चलाउने निरंकुश अभ्यासतिर उद्दत हुँदै गइरहेको आरोपसमेत लगाइएको छ।

प्रतिक्रिया