आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

यी महिलाले एकैपटक जन्माइन् ९ बच्चा, स्वास्थ्य मन्त्रालयले निकाल्यो यस्तो बिज्ञप्ति,

प्रकाशित
149
SHARES

काठमाडाैं । अफ्रिकी मुलुक मालीको स्वास्थ्य मन्त्रालयले आफ्नो देशकी एक जना २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएको बताएको छ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै मालीकी स्वास्थ्य तथा सामाजिक विकास मन्त्री डाक्टर फान्ता सिबेले मोरोक्कोको एक अस्पतालमा हालिमा सिसे नामकी महिलाले पाँच छोरी र चार छोरालाई एकैसाथ जन्म दिएको उल्लेख गरेकी छन्। सिसेको मंगलबार अप्रेशन गरिएको थियो।

यसअघि गरिएको अल्ट्रासाउन्डमा उनको पेटभित्र सात वटा बच्चा रहेको देखिएको थियो। उनको पेटमा त्यति धेरै बच्चा रहेको कुराले मालीका नेताहरूको ध्यान तानेको थियो। डाक्टरहरूले उनलाई विशेष विशेषज्ञता चाहिने बताएपछि मालीका अन्तरिम राष्ट्रपतिले सरकारले खर्च व्यहोर्ने गरी उनलाई मोरोक्को पठाएका थिए।

मालीको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म सबै नवजात शिशु र आमाको स्वास्थ्य अवस्था राम्रो छ। तर उनीहरू केही सातापछि मात्रै घर फर्किन सक्नेछन्। मोरोक्कोको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भने आफ्नो देशको अस्पतालमा एकै आमाले त्यति धेरै बच्चा जन्माएको आफूलाई जानकारी नभएको बताएका छन्।

डाक्टरहरूले एकै पटक नौ बच्चा जन्मिनु दुर्लभ घटना भएको भन्दै आमा र सबै बच्चाहरूलाई बचाउनु चुनौतीपूर्ण हुने बताएका छन्। यसैबीच उता सारको सबैभन्दा ठूलो परोपकारी कोष स्थापना गरेका जोडी बिल र मेलिन्डा गेट्सको दम्पतीले विवाहको २७ वर्षपछि छुट्टिने निर्णय गरेका छन्।

एउटा संयुक्त विज्ञप्तिमा उनीहरूले आफ्नो संस्थाका लागि भने मिलेर काम गर्ने जनाएका छन्। माइक्रोसफ्टका भूतपूर्व सहसंस्थापक तथा पूर्वअध्यक्ष गेट्स विश्वका सबैभन्दा धनी व्यक्तिमध्ये एक हुन्। उक्त जोडीले ‘धेरै विचार गरेर र आफ्नो सम्बन्धमा धेरै परिश्रम खर्चेर विवाह अन्त्य गर्ने निर्णय गरेको’ सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेका छन्।

उनीहरूको पहिलो भेट सन् १९८० को दशकमा भएको थियो जुन बेला मेलिन्डा बिलको फर्ममा आबद्ध भएकी थिइन्। उनीहरूका तीन सन्तान छन्। उनीहरू संयुक्त रूपमा बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशन सञ्चालन गर्छन्।

उक्त संस्थाले सङ्क्रामक रोगको नियन्त्रण र बालबालिकाको खोपलाई प्रोत्साहन गर्ने जस्ता परोपकारी कामका लागि अर्बौँ डलर खर्च गरेको छ। वारेन बफेटसहित गेट्स दम्पती ‘गिभिङ प्लेज’मा पनि आबद्ध छन् जसले अर्बपतिहरूलाई आफ्नो धनको ठूलो हिस्सा असल कामहरूका लागि उपलब्ध गराउन प्रतिबद्धता जनाउन अनुरोध गर्ने गर्छ।

फोर्ब्सका अनुसार बिल गेट्स विश्वकै चौथो धनी व्यक्ति हुन् उनको सम्पत्ति १२४ अर्ब डलर रहेको छ। सन् १९७० को दशकमा आफू सहसंस्थापक रहेको फर्म माइक्रोसफ्टबाट उनले उक्त सम्पत्ति कमाएका हुन्। माइक्रोसफ्ट विश्वकै सबैभन्दा ठूलो सफ्टवेयर कम्पनी हो। उक्त दम्पतीले आफ्नो सम्बन्धविच्छेदको घोषणा ट्विटरबाट गरेका थिए।

“विगत २७ वर्षमा हामीले तीन अद्‌भुत सन्तानहरू हुर्काएका छौँ र संसारभरिका मानिसहरूलाई स्वास्थ्य र उत्पादनशील जीवन बाँच्न सक्षम तुल्याउने एउटा कोष बनाएका छौँ। हामी हाम्रो उद्देश्यमा एकै ठाउँमा छौँ र उक्त कोषमा मिलेर काम गर्नेछौँ। तर जीवनको अबको चरणमा जोडीका रूपमा आफ्नो प्रगति हुन नसक्ने हाम्रो विश्वास छ,” उनीहरूले भनेका छन्।

उक्त जोडीले नयाँ जीवनमा अघि बढ्न लाग्दा आफ्नो परिवारको गोपनीयतालाई सम्मान गर्न भनेको छ। मेलिन्डा प्रडक्ट म्यानेजरको रूपमा सन् १९८७ मा माइक्रोसफ्टमा आबद्ध भएकी थिइन्। त्यही वर्ष दुवै जना एक व्यावसायिक रात्रिभोजमा सँगै बसेका थिए। पछि उनीहरूले सम्बन्ध अघि बढाए।

बिलले नेटफ्लिक्सको एउटा वृत्तचित्रलाई भनेका छन्, “हामी एक अर्काको एकदमै ख्याल राख्थ्यौँ र त्यहाँ दुइटा मात्रै सम्भावना थियो या त हामी अलग हुनुपर्थ्यो या हामीले विवाह गर्नुपर्थ्यो।” मेलिन्डाले बिललाई आफूले मनले निर्णय गर्नुपर्ने विषयमा पनि एकदमै व्यवस्थित व्यक्तिका रूपमा पाएको उल्लेख गरेकी छन्।

उनले विवाह गर्नुका लाभ र हानिबारे ह्वाइट बोर्डमा लेखेको बताइन्छ। दुवै जनाले सन् १९९४ मा हवाईको एउटा टापुमा विवाह गरेको थियो। त्यस बेला आफूले नचाहेका व्यक्तिहरू आउन नसकून् भनेर सबै स्थानीय हेलिकप्टरहरूलाई उक्त जोडीले भाडामा लिएका विवरण आएका थिए। गत वर्ष गेट्सले परोपकारी काममा सक्रिय हुन माइक्रोसफ्टको बोर्डबाट अलग हुने बताएका थिए।

यता भारतीय टेलिभिजन शो ‘डान्स दिवाने’को चर्चा पछिल्लो दिनमा निकै बढेको छ । शोमा सोनू सूदले प्रवेश गरिसकेका छन् । यो शो निकै इमोसनल पनि बनेको छ । आजतकमा प्रकाशित समाचारअनुसार आम दर्शकलाई हसाउने भारती सिंह यो शोको होस्ट छिन् । उनले आफ्नो आँशुलाई हालैको एक भागमा थाम्न सकिनन् । उनी भावुक हुँदै आफ्नो परिवार योजनाको बारेमा पनि कुरा गरेकी थिइन् ।

शोमा एक प्रतियोगीले कोभिड १९ का कारण ज्यान गुमाएका एक १४ दिनको बच्चाको अभिनय गर्छन् । यो अभिनय एक सत्यकथाबाट प्रभावित भएर बनाइएको थियो । जुन हेर्दा जोकोही दर्शक भावुक बनेका थिए । ‘हामी बेबी प्लानको सोच बनाइरहेका छौं । तर यस्तो महामारीलाई म यसरी बच्चा गुमाएपछि रुन चाहन्नँ,’ उनले भनेकी छन् ।

त्यसो त यसअघि पनि भारतीले सन्तानको योजनाका विषयमा बताइसकेकी थिइन् । ‘म आमा बन्न चाहन्छु । मैले र हर्षले २०२० मै सन्तान योजनाको सोच बनाएका थियौं । तर कोरोना भाइरसको खतरालाई मध्यनजर गर्दै मैले कुनै मौका लिन चाहिनँ’, उनले भनेकी छन् ।

उनले यस्तो तनावपूर्ण अवस्थामा बच्चाको योजना बनाउन नसक्ने बताएकी छन् । ‘म चाहन्छु कि बच्चा स्वस्थ वातावरणमा हुर्कियोस्, बढोस् । अहिले त गर्भवती भएपछि अस्पताल जान नै जोखिम छ । हामी एक वर्ष अरु प्रतिक्षा गर्छौ’, उनले भनेकी छन् ।

भारती र उनका पति हर्षले सन् २०१७ डिसेम्बर ३ मा विवाह गरेका थिए । उनीहरुले गोवामा पाँच दिने वैवाहिक कार्यक्रममा विवाह गरेका हुन् । यसैबीच ट्वीटरले बलिउड अभिनेत्री कंगना रनावतको ट्वीटर एकाउण्ट ‘सस्पेण्ड’ गरेको छ ।

उसले अभिनेत्रीले यो प्लेटफर्मको नियम उल्लंघन गरेको बताएको छ । एबीपी लाइभमा प्रकाशित समाचारअनुसार पश्चिम बंगालको विधानसभा चुनावको परिणाम सार्वजनिक भएपछि अभिनेत्रीले केही विवादित ट्वीट गरेकी थिइन् । यसलाई लिएर उनीविरुद्ध मुद्दा पनि दर्ता भएको छ ।

कोलकाता प्रहरीले कंगनाका विरुद्ध पश्चिम बंगालका मानिसहरुको भावनामाथि आहत पुर्याएको आरोप लगाएको छ । अधिवक्ता सुमीत चौधरीले इमेलमार्फत कोलकाता पुलिस कमिश्नर सौमेन मित्रालाई उजुरी पठाएका थिए । पश्चिम बंगालको चुनावपछि कंगनाले एउटा विवादास्पद ट्वीट गरेकी थिइन् ।

‘पश्चिम बंगालमा बंगलादेशी र रोहिंग्या बढी संख्यामा छन् । यसबाट प्रष्ट देखिन्छ कि हिन्दी त्यहाँ हिन्दु बहुमतमा छैनन् । तथ्यांक अनुसार बंगाली मुस्लिम निकै गरिब र बञ्चित छन् । राम्रो कुरा यो हो कि दोस्रो कश्मिर बन्न जाँदैछ’, उनले ट्वीटेकी थिइन् ।

चुनाव परिणामपछि भएको हिंसा पछि कंगनाले पश्चिम बंगालमा राष्ट्रपति शासन लगाउन माग गरेकी छन् । अभिनेत्रीले राज्यमा भएको हिंसालाई लिएर एक भिडियो पोस्ट गरेकी छन् । जसमा उनी रोएकी छन् ।

प्रतिक्रिया