आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मकैबारीमा अर्धनग्न अवस्थामा मृत भेटिएकी महिलाको पहिचान खुल्यो, को हुन् उनि ?

प्रकाशित
208
SHARES

विराटनगर । मोरङको रतुवामाई नगरपालिका– ६ स्थित मकैबारीमा मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ । आइतबार अर्धनग्न अवस्थामा मृत भेटिएकी महिलाको मंगलबार पहिचान खुलेको हो ।

मृतक महिला मोरङ कानेपोखरी–१ होक्लाबारी घर भएकी ३२ वर्षीय सरिता सोरेन रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

उनका अनुसार बुवा धनुस सोरेनले छोरीको सनाखत गर्दै शव बुझेर लगेका छन् । ‘मृतक महिलाको पहिचान खुलेको छ, बुवाले सनाखत गरे,’ डिएसपी राईले भने, ‘पोष्टमार्टम रिपोर्टपछि थप विषय खुल्छ, अनुसन्धान जारी छ ।’

उनका अनुसार सरिताका श्रीमानको दुई वर्षअघि निधन भएको थियो । उनी कानेपोखरी गाउँपालिका–२ मा रहेको कृषि फर्ममा काम गर्थिन् । उनका एक छोरा पनि छन् ।

शुक्रबार बिहेमा जाने भन्दै उनले फर्मबाट बिदा लिएकी थिइन् । आइतबार उनको शव भेटिएको थियो । भैंसीलाई घाँस काट्न गएका स्थानीय रामप्रसाद भण्डारीले मकैबारीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

महिलामाथि बलात्कार भए/नभएको विषय पोष्टमार्टम रिपोर्ट आएपछि खुल्ने डिएसपी राईले बताए । पहेँलो कुर्ता र कालो ट्राउजर लगाएकी महिलाको घाँटी र अनुहारमा निलडाम छ । उनले लगाएको कपडा च्यातिएको र सुरुवाल पनि सुर्किएको अवस्थामा शव भेटिएको थियो । घटनास्थलमा स्क्रयाच नभएको रिचार्ज कार्ड पनि भेटिएको थियो ।

घटनाको अनुसन्धानका लागि प्रहरीले ‘ट्रयाकर डग’को प्रयोग गरेको थियो । तालिमप्राप्त कुकुर मकैबारीस्थित घटनास्थलबाट भित्री सडक हुँदै गाउँसम्म पुगेको थियो । महिलाको पहिचान खुलेका कारण थप विषय चाँडै खुल्ने डिएसपी राईले बताए ।

सर्लाहीमा छिमेकीले आगो लगाएका घाइतेको मृत्यु

सर्लाहीमा छिमेकीले पेट्रोल छर्केर आगो लगाउँदा घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–घारिबथान निवासी शियाशरण रायलाई छिमेकीले पेट्रोल छर्केर आगो लगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । ५८ बर्षीय रायलाई छिमेकी ३५ वर्षीय शिवजी साहले पेट्रोल छर्केर सोमबार बिहान आगो लगाएका वडाध्यक्ष नागेन्द्रकुमार पाख्रिनले जानकारी दिए ।

आगो लागेर गम्भीर अवस्थामा शियाशरणलाई धनुषाको लालगढमा प्राथमिक उपचार गराई थप उपचारका लागि हेलिकप्टरबाट सोमबारै काठमाडौंको कीर्तिपुर अस्पताल लगिएको थियो ।

उनको उपचारका क्रममा मंगलबार त्यहीं मृत्यु भएको परिवारजनलाई उधृत गर्दै वडाअध्यक्ष पाख्रिनले जानकारी दिए । पाख्रिनका अनुसार शियाशरणमाथि पेट्रोल छर्केर आगो लगाउने शिवजी आइतबार मात्रै वैदेशिक रोजगारीबाट घर आएका थिए ।

‘शिवजीले उनलाई किन पेट्रोल छर्केर आगो लगाएका हुन् भन्ने कुरा आफूलाई थाहा हुन सकेको छैन’ वडा अध्यक्ष पाख्रिनले  भने, ‘द्ुःखद घटना भएको छ । बाँकी कुरा बुझ्ने काम गर्दैछु ।’आगो लगाउने शिवजी फरार रहेको र खोजी भइरहेको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ ।

प्रतिक्रिया