आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खनाल-नेपाल समूहद्वारा सामुहिक राजीनामाको तयारी,अल्पमतमा प्रधानमन्त्री ओली

प्रकाशित
184
SHARES

काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिएलगत्तै आफूहरूलाई कारबाही गर्ने सूचना पाएपछि एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदले त्यसअघि नै पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

खनाल–नेपाल पक्षमा रहेका ३५ सांसदमध्ये २२ जना प्रत्यक्ष निर्वाचित छन् । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले यसअघि नै किन कारबाही नगर्ने भनेर ३० जनालाई स्पष्टीकरण सोधिसकेका छन् । समानुपातिक सांसदले भने तत्काल राजीनामा नदिने गरी संवाद अघि बढाइएको नेपालनिकट नेताहरूले जनाएका छन् ।

माओवादी केन्द्रको समर्थनमा सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीले ताकत भए समर्थन फिर्ता लिनू भन्दै बारम्बार ताकेता गरेका थिए । माओवादी केन्द्र अर्को सरकार बन्ने ग्यारेन्टी नहुँदासम्म समर्थन फिर्ता नलिने भनेर बसेको थियो । उसले मंगलबार भने प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको छ ।

योसँगै कुनै बेला दुई तिहाइ बहुमतको नेतृत्व गरेका प्रधानमन्त्री अल्पमतमा परेका छन् । तर ओलीले अल्पमतमा पर्नुअघि नै विश्वासको मत लिने घोषणा गरिसकेका थिए । ओलीले बजेट र आफ्नो योजनामा रहेको आगामी चुनावलाई केन्द्रित गर्दै विश्वासको मत लिन संसद्मा जाने निधो गरेका हुन् ।

बजेट अधिवेशनमा आफूले प्रस्तुत गरेको नीति तथा कार्यक्रम नै पास हुन नदिने विपक्षीहरूको रणनीति बुझेपछि ओलीले २७ गते विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभाको अधिवेशन बोलाएका छन् । कांग्रेस र माओवादी केन्द्रले ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । तर ओलीले आफ्नै एकताबद्ध पार्टी र बाँकी १३ सांसदले समर्थन गरे बाँकी अवधिका लागि सरकारको आयु लम्ब्याउन सक्छन् ।

त्यसैले जसपामा ओलीको पक्षमा कति सांसद खुल्छन्, त्यो आधारमा आफूहरूले रणनीति बनाउनुपर्ने एमालेको खनाल–नेपाल समूहभित्र बहस छ । यो समाचारकान्तिपुर दैनिकमा छ ।

यो पनि 

आफ्नैबाट हेपिँदै शंकर : अर्का सांसदले पनि छोडे साथ

अल्पमतलाई बहुमत सदर गराएर प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको सपथ खाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आफ्नो हठका कारण थप कमजोर बन्दै जान थालेका छन्। अल्पमत हुँदा हुँदै पनि संसद छलेर मुख्यमन्त्री बनेका पोखरेलदेखि बिपक्षीहरु क्रुद्ध छन्। उनिहरुले मुख्यमन्त्रीलाई बहिष्कार गरेर अघि बढ्ने रणनीति बनाईसकेका छन्।

उता आफूलाई एकल बहुमत प्राप्त दलको मुख्यमन्त्री दाबी गरिरहेका पोखरेलले भने बिपक्षीहरुलाई पेलेरै जाने रणनीतिमा छन्। समग्रमा आईतबार पोखरेलले चालेको यो कदमले लुम्बिनी प्रदेशमा नयाँ र निषेधको ‘राजनीतिक लडाईँ’ सुरु भैसकेको छ। त्यसोत, बिपक्षीहरुलाई क्रुद्ध बनाएर मुख्यमन्त्रीको पगरी गुथेका पोखरेल आफ्नो घरभित्रै पनि थप कमजोर बन्दै गईरहेका छन्।

मुख्यमन्त्री बन्नकै लागि उनले लिएको हठ उनकै पार्टी सदस्यहरुले रुचाएका रहेनेछन् भन्ने दृष्टान्त पछिल्ला केही घटना क्रमले देखाएको छ। बहुमत दाबी गरेर हस्ताक्षर बुझाएका आफ्नै पार्टीका सांसदहरुले पोखरेलको साथ छोडिरहेका छन्। यसैक्रममा मंगलबार एमालेकै अर्का प्रदेशसभा सदस्यले पनि मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेका छन्। उनकै गृह जिल्ला दाङबाट प्रदेशसभामा निर्वाचित अमरबहादुर डाँगीले मुख्यमन्त्रीको साथ छोडेका हुन्।

डाँगीले कांग्रेस, माओवादी केन्द्र, जसपा र राजमोको गठबन्धनमा लागेर मुख्यमन्त्री पोखरेललाई असहयोग गर्ने निर्णयमा पुगेको माओवादी केन्द्रका एक सांसदले जानकारी दिए। डाँगीले बिपक्षी गठवन्धनसंग मुख्यमन्त्रीविरुद्ध जाने सहमति गरिसकेको ति सांसदले जानकारी दिए। माधवकुमार नेपाल(झलनाथ खनाल समूहका डाँगी पहिलेदेखिनै शंकर पोखरेलका आलोचक नेता हुन्। उनले बेला बेलामा सार्वजनिक रुपमै मुख्यमन्त्रीको आलोचना गर्दै आईरहेका थिए। यो समाचारनागरिक दैनिकमा छ ।

 

प्रतिक्रिया