आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पूर्वरानी कोमलको स्वास्थ्यबारे हस्पिटलले दियो यस्तो जानकारी

प्रकाशित
568
SHARES

काठमाडौँ। राजधानीको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भइरहेको अस्पतालले जनाएको छ । कोरोना संक्रमण भई ११ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।

उनको हाल आइसियूमै राखेर उपचार भइरहेको र स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको अस्पतालले मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर विज्ञप्तिमा उल्लेख छ ।

कोरोनाभाइरसको संक्रमण भएकी पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार आउन सकेको थिएन।राजधानीको नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी शाहलाई बिहीबार प्लाज्मा दिइएको थियो। कोरोना संक्रमणका कारण श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसियूमा राखेर उपचार गर्न थालिएको थियो।

आइसियूमा राखेर उपचार गरिरहे पनि अवस्था सुधार नभएपछि उनलाई प्लाज्मा दिइएको थियो। उपचारमा संलग्न नर्भिक इन्टरनेशनल अस्पतालका डाक्टरले प्लाज्मा दिँदा पनि उनले स्वास्थ्यलाभ लिन नसकि थिईनन्।

‘प्लाज्माबाट उहाँको रगतमा आवश्यक अक्सिजनको मात्र बढ्नुपर्नेमा त्यो हुन सकेको थिएन।  कोमललाई पहिलेजस्तै प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिइएको थियो।

शाहको स्वास्थ्य स्थिति गम्भीर रहेको नर्भिक अस्पताल स्रोतले जानकारी दिएको थियो।  ‘उहाँको स्वास्थ्य अवस्थामा कुनै पनि सुधार आउन सकेको छैन, पहिलेकै अवस्था हो,’ स्रोतले भनेको थियो । उपचारमा संलग्न डा. जेपी जैसवालले भने पहिलेभन्दा स्वास्थ्यमा सुधार आएको बताएका थिए।

कोरोना संक्रमण भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह, पत्नी कोमल र छोरी प्रेरणा वैशाख ७ गते नर्भिकमा भर्ना भएका थिए। ज्ञानेन्द्र र प्रेरणा पाँचौं तलाको भिभिआइपी उपचार कक्षमा थिए।  उनीहरूको स्वास्थ्य सामान्य थियो।  पूर्वरानी कोमललाई भने तल्लो तलाको आइसियूमा राखिएको थियो ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ५५ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ४१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ६६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७ हजार ५८७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

१६ हजार १३१ जनाको पीसीआर र ५७१ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।

 

प्रतिक्रिया