आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राष्ट्रपतिद्वारा ७ अध्यादेश जारी

प्रकाशित
190
SHARES

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटा अध्यादेश जारी गरेकी छिन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेशहरू जारी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

आज जारी भएका अध्यादेशहरूमा यसअघि विवादमा तानिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि समावेश रहेको छ । चौँथो नम्बरमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ समावेश गरिएको छ ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छिन । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको सिफारिस लगतै गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गरेकी छिन ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदकै सिफारिसमा नयाँ प्रदेश प्रमुखमा सीता पौडेल र गंगाप्रसाद यादवलाई नियुक्त गरेकी छिन् । नव नियुक्त प्रदेश प्रमुख यादव दोस्रो संविधानसभामा उपाध्यक्ष थिए ।

लामो समय राप्रपाको राजनीतिक गरेका उनी पछि एमालेमा प्रवेश गरेका थिए । यस्तै पौडेल एमालेको भ्रातृ संगठन अखिल नेपाल महिला संघकी अध्यक्ष समेत हुन । उनी पूर्व सांसद हुन् । यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेका थिए । केही समयअघि मात्र प्रदेश–२ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै राजेश झालाई नियुक्त गरिएको थियो ।

यसअघि भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद विघठन गर्ने निर्णय गर्दा निकै बिबादास्पद बनेकी थिइन् । त्यसयता उनलाई ओलीको मुठ्ठीको राष्ट्रपति भनेर आरोप लाग्ने गरेको छ । यो पटक उनले ओलीको सिफारिसमा भकाभक अध्यादेश ल्याउन थालेको आरोप लागेको छ ।

उनलाई पछिल्लो पटक ओलीका बिरोधि दलहरुले देशको राष्ट्रपतिको भन्दा पनि ओलीको एकल राष्ट्रपतिको रुपमा काम गर्दै आएको आरोप लगाउदै आएका छन् । देश कोरोना महामारीमा फसेका बेला उनले ओलीको सिफारिसमा जारी गरेका अध्यादेश पनि विवादास्पद बन्दै गइरहेका छन् ।

प्रतिक्रिया