आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

देउवाले बोलाए पदाधिकारी बैठक, हुदैछन् एस्तो बिषयमा छलफल

प्रकाशित
150
SHARES

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा डाकिएको बैठकमा कोरोना भाइरसको महामारी तीव्र भइरहँदा महाधिवेशनलाई कसरी गर्ने भन्ने विषयमा छलफलको तयारी भएको छ ।

सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार यसअतिरिक्त आजको बैठकमा ओलीले यही २७ गते लिन लागेको विश्वासको मतमा कांग्रेसले कस्तो रणनीति अख्तियारी गर्ने भन्नेबारे पनि छलफल हुनेछ ।

बैठकमा पूर्वपदाधिकारीलाई बोलाइएको छ । पदाधिकारी बैठक सोमबार नै बस्ने  भनिए पनि केही सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित भएको थियो ।

धनगढीमा उपाचार गर्दागर्दै थप ६ कोरोना संक्रमितको मृत्यु, यस्तो छ प्रदेश भरिको अवस्था

धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत कैलाली, कञ्चनपुर, बझाङ र बर्दियाका संक्रमिको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ७ की ७७ वर्षीया महिला र वडा नम्बर १३ का २२ वर्षीय पुरुषको मृत्यु भएको हो। महिलाको मंगलबार बिहान साढे २ बजे र पुरुषको सोमबार राति साढे ११ बजेको समय मृत्यु भएको हो ।

महिलाको गत १२ गते पीसीआर रिर्पोट पोजेटीभ आएको थियो भने पुरुषको सोमबार मात्रै सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएकोमा एन्टिजेनबाट चेक गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। उनीहरुको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका १२ घर भएका ७१ वर्षीय पुरुषको पनि सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। एन्टिजेनबाट चेक गर्दा रिपोर्ट पोजेटिभ आएकोमा उनको मंगलबार बिहान ३ बजेको समयमा मृत्यु भएको हो।

यस्तै दार्चुलाको मालिकार्जुन गाउंपालिका वडा नम्बर ८ का ६६ वर्षीय पुरुषको पनि एन्टिजेनबाट चेक गर्दा रिर्पोट पोजेटिभ आएकोमा सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा सोमबार राति ९ बजेको समयमा मृत्यु भएको हो।

यस्तै बझाङका २६ वर्षीय पुरुषको पनि गत १४ गते एन्टिजेनबाट चेक गर्दा रिर्पोट पोजेटिभ आएकोमा सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा सोमबार राति साढे १० बजेको समयमा मृत्यु भएको जनाइएको छ।

यस्तै सेतीमै उपचाररत बर्दियाका ३० वर्षीय पुरुषको मृत्यु भएको छ। सोमबार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। पीसीआर रिपोर्ट पोजेटीभ आएकोमा राति २ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यस्तै सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलाली, कञ्चनपुर, बझाङ र दार्चुलाका गरी कुल १४ जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

निर्देशनालयकाअनुसार धनगढीको कोभिड अस्थायी अस्पताल र प्राइभेट अस्पतालमा उपचाररत ६ जना, कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत ५ जना, बझाङका २ जना र दार्चुलाका एक जनाको मृत्यु भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशमा थप ३४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक हजार दुई सय १३ जनाको नमुना परीक्षण गर्दा ३४३ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

यस्तै सुर्खेत र दैलेखमा गरी सोमबार एकैदिन कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा निर्देशनालय, कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक डा. रवीन खड्काका अनुसार सुर्खेतका ४ जना र दैलेखका एकजना गरी ५ जना संक्रमितको मृत्यु भएको हो ।

उनका अनुसार प्रदेश अस्पताल सुर्खेतमा वीरेन्द्रनगर नगरपालिका–१ का ५२ वर्षीय पुरुष, वीरेन्द्रनगर–७ का ६३ वर्षीया महिला, चिङ्गाड गाउँपालिका–२ का २६ वर्षीय पुरुष र लेकवेशी नगरपालिका–१० का ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।

दैलेखको दुल्लु नगरपालिका–१२ का ३५ वर्षीय पुरुषको जिल्ला अस्पतालमा दैलेखमा सोमबार नै मृत्यु भएको उनले बताए । एन्टिजेन परीक्षण गर्दा उनीमा संक्रमण पुष्टि भएको थियो ।

यस्तै अक्सिजनको अभाव र संक्रमणदरलाई ध्यानमा राख्दै सुदूरपश्चिम प्रदेश सरकारले सम्बन्धित अस्पताललाई व्यवस्थापनमा जुट्न परिपत्र गर्दै बजेट बेहोर्ने प्रतिबद्धता जनाइसकेको छ । सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले एक हप्ता पहिले नै सबै अस्पताललाई द्रुत मार्गबाट अक्सिजन प्लान्ट खरिद गर्न बजेटको सुनिश्चितता पठाइसकेको बताए ।

‘हामीले महाकाली अस्पताल र ६ वटा जिल्ला अस्पतालहरुलाई ८०/८० लाख बजेटको सुनिश्चितता दिएका छौं,’ मन्त्री सुवेदीले अनलाइनखबरसँग भने, ‘द्रुत मार्गबाट छिटोछरितो खरिद गरेर अक्सिजन प्लान्ट र सिलिन्डरको व्यवस्थापन गर्न भनेका छौं । केहीले प्रक्रिया थालिसकेको पाइएको छ । चाँडै व्यवस्थापन हुन्छ ।’

मन्त्रालयले सिलिन्डर खरिदका लागि मात्र सेती प्रादेशिक अस्पताललाई ४० लाख रुपैयाँ, महाकाली र टीकापुर अस्पताललाई ३०/३० लाख र अन्य ६ वटा जिल्ला अस्पताललाई २०/२० लाख रुपैयाँ बजेट पठाइसकेको जनाएको छ । तर सामाजिक विकासमन्त्री सुवेदीले भने जस्तै अस्पतालहरुले अक्सिजनको व्यवस्थापनका लागि प्रक्रिया थालिनसकेको पाइएको छ ।

जिल्ला अस्पताल दार्चुलाले मन्त्रालयबाट बजेटको सुनिश्चितता आएपनि खरिद प्रक्रिया नथालिएको जनाएको छ । अस्पतालका सूचना अधिकारी डम्बर भट्टले अब चाँडै अक्सिजन प्लान्ट र सिलिन्डर खरिदको प्रक्रिया थालिने जानकारी दिए । ‘प्रदेश सरकारबाट अक्सिजनको व्यवस्थापन गर्ने भनेर परिपत्र आएको छ,’ भट्टले भने, ‘अहिलेसम्म खरिद प्रक्रिया शुरु भएको छैन । अब छिट्टै अगाडि बढाउँछौं ।’ दार्चुलामा जस्तै अन्य जिल्ला अस्पतालले समेत खरिद प्रक्रिया शुरु गरेका छैनन् ।

स्वास्थ्य निर्देशनालयसँग तथ्यांक नै छैन

सुदूरपश्चिममा कोरोना संक्रमण र मृत्युदर वृद्धि हुँदै गएका बेला अस्पतालमा अक्सिजन नपाएर बिरामीले अकालमै ज्यान गुमाउन थालेका छन् । यस्तो परस्थितिमा तत्काल अक्सिजनको उचित व्यवस्थापन गरेर मानिसको ज्यान जोगाउन ध्यान दिनुपर्ने बेला प्रदेशको स्वास्थ्य निर्देशनालयले भने अक्सिजन आपूर्तिका लागि आवश्यक पर्ने सिलिन्डरकै तथ्यांक संकलन गर्न सकेको छैन । प्रदेशमा के कति सिलिन्डर उपलब्ध छन् ? र थप आवश्यक कति पर्छन् ? भनेर योजना बनाउने बखत तथ्यांकविहीन बनेको निर्देशनालयले अहिले संकलनको काम थालिएको जनाएको छ ।

स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत ओम जोशीले अक्सिजन उत्पादन क्षमता र सिलिन्डरको यकिन तथ्यांक नभएको बताए । उनले अहिले तथ्यांक संकलन गर्ने काम भइरहेकाले एक-दुई दिनभित्र उपलब्ध गराउन सकिने जनाए ।

आपूर्ति केन्द्रले दुई सय सिलिन्डर खरिद गर्न प्रक्रिया थाल्यो

सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले भने थप दुई सय सिलिन्डर अक्सिजन खरिद गर्न प्रक्रिया थालिएको जनाएको छ । आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख पदम विष्टले प्रदेशमा सिर्जित अभावलाई ध्यानमा राखेर सिलिन्डर खरिदको प्रक्रिया थालिएको जानकारी दिए ।

यसअघि स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले ३० वटा सिलिन्डर खरिद गरेर प्रदेशका अस्पताललाई वितरण गरेको थियो । विष्टकाअनुसार डडेल्धुरा अस्पताललाई १० वटा, जिल्ला अस्पताल दार्चुलालाई पाँच र जिल्ला अस्पताल डोटीलाई ७ सिलिन्डर वितरण गरिएको थियो । आपूर्ति केन्द्रसँग अहिले आठ वटा सिलिन्डर मौज्दात छन् ।

प्रतिक्रिया