आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोनासँग ल’ड्न सरकारले माग्यो सेनाको सहयोग

प्रकाशित
78
SHARES

काठमाडौं । कोरोना संक्रमणको महामारीसँग ल’ड्न भारतको नयाँदिल्ली सरकारले सेनाको सहयोग मागेको छ । कोभिड केयर सुविधा र आइसियू युनिट्स सन्चालनका लागि दिल्ली सरकारले सेनाको सहयोग मागेको हो ।

सेनाको सहयोग माग्दै दिल्ली सरकारले रक्षा मन्त्रालयमा पत्र पठाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । नयाँदिल्ली कोरोनाको दोस्रो लहरबाट बढी प्रभावित क्षेत्रमध्ये एक हो । कोरोना संक्रमणका बिरामीहरु बढेपछि भारतको राजधानी नयाँदिल्ली आईसीयू बेड र अक्सिजनको कमीसँग जुधिरहेको छ ।

विगत एक हप्तादेखि भारतमा हरेक दिन तीन लाख भन्दा धेरै नयाँ संक्रमित फेला परिरहेका छन् । दिल्लीमामात्रै दैनिक २० हजारभन्दा धेरै जनामा संक्रमण पुष्टि भइरहेको छ । दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले भनेका छन्, ‘अक्सिजन ढुवानीका लागि एकदमै धेरै सहयोग आवश्यक छ ।

अक्सिजन वितरणका लागि सेनासँग ट्रक छ भने मद्दत गरोस् । रक्षा अनुसन्धान एवं विकास संगठन (डिआरडिओ)सँग पाँच सय बेडको उपचार केन्द्र छ । यस्तै केन्द्र अरु भइदिए पनि सहयोग हुन्थ्यो ।

२४ घण्टामा ३ लाख ७० हजार संक्रमित, ३४ सय २२ को मृत्यु

दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा थप ३ लाख ७० हजारमा संक्रमण भएको छ।

दैनिक संक्रमण वृद्धिका आधारमा विश्वकै अतिप्रभावित मुलुक भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ७० हजार ५९ जनामा संक्रमण पुष्टि भएको छ ।

यसअघि भारतमा पहिलो पटक गत शनिबार (१८ वैशाखमा) कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेकोमा आज त्यो संख्या केही घटेको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ९९ लाख १९ हजार ७१५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ६२ लाख ८१ हजार ७३८ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३४ लाख १९ हजार ३२ छ ।

यस्तै त्यहाँ एकैदिन ३४ सय २२ संक्रमितको मृत्यु भएको छ ।

दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख १८ हजार ९४५ पुगेको छ ।

 

प्रतिक्रिया