आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गंगालालमा बन्यो अक्सिजन प्लान्ट, दैनिक कति हुन्छ उत्पादन ?

प्रकाशित
184
SHARES

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको लगानीमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा राखिएको अक्सिजन प्लान्टबाट उत्पादन सुरु गरिएको छ।कामपाले उपलब्ध गराएको करिब रु दुई करोड ७५ लाख लागतमा स्थापना गरिएको प्लान्टबाट आइतबारदेखि अक्सिजन उत्पादन शुरु गरिएको हो।

उक्त प्लान्टबाट दैनिक ४७ लिटरका १३५ सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिने छ। यसमध्ये गङ्गालालमा दैनिक करिब ९० सिलिन्डर अक्सिजन खपत हुन्छ। बाँकी अक्सिजन भरेर अन्यत्र पठाउन सकिन्छ।

काठमाडौँ महानगरपालिकाको लगानीमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा राखिएको अक्सिजन प्लान्टबाट उत्पादन सुरु गरिएको छ।कामपाले उपलब्ध गराएको करिब रु दुई करोड ७५ लाख लागतमा स्थापना गरिएको प्लान्टबाट आइतबारदेखि अक्सिजन उत्पादन शुरु गरिएको हो।

यस्तै उता सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय डोटीले अक्सिजन सिलिण्डर र अक्सिजन कन्सेन्ट्रेटर खरिद प्रक्रिया अघि बढाएको छ । निर्देशनालयले ‘विशेष परिस्थितिमा तत्काल खरिद गर्नुपर्ने भएको’ भन्दै मंगलबार एक सूचना प्रकाशित गरेको छ ।

निर्देशनालयले १० लिटरको २०० र ४६ लिटरको ३०० थान अक्सिजन सिलिण्डर खरिद गर्न चाहेको छ । यसैगरी ५ लिटर क्षमताका ४० र १० लिटर क्षमताका ६० थान अक्सिजन कन्सेन्ट्रेटर खरिदका लागि पनि प्रस्ताव आह्वान गरिएको छ ।

आपूर्तिकर्तालाई आवश्यक कागजातसहित तीन दिनभित्र मूल्यको उचित प्रस्ताव पेश गर्न भनिएको छ । आपूर्तिकर्तालाई मूल्य र आपूर्ति गर्नसक्ने समयअवधिसहितको प्रस्ताव, अद्यावधिक कम्पनी वा फर्म दर्ता प्रमाणपत्र, प्यान/भ्याट दर्ता प्रमाणपत्र, आर्थिक वर्ष ०७६/७७ को चुक्ता प्रमाणपत्र, क्याटलग÷डाटासिट र गुणस्तर प्रमाणपत्र आफ्नो आधिकारिक इमेलबाट निर्देशनालयको इमेल ठेगानामा वैशाख २४ गते साँझ ५ बजेभित्र पठाउन भनिएको छ ।

यस्तै अक्सिजनको अभाव र संक्रमणदरलाई ध्यानमा राख्दै सुदूरपश्चिम प्रदेश सरकारले सम्बन्धित अस्पताललाई व्यवस्थापनमा जुट्न परिपत्र गर्दै बजेट बेहोर्ने प्रतिबद्धता जनाइसकेको छ । सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले एक हप्ता पहिले नै सबै अस्पताललाई द्रुत मार्गबाट अक्सिजन प्लान्ट खरिद गर्न बजेटको सुनिश्चितता पठाइसकेको बताए ।

‘हामीले महाकाली अस्पताल र ६ वटा जिल्ला अस्पतालहरुलाई ८०/८० लाख बजेटको सुनिश्चितता दिएका छौं,’ मन्त्री सुवेदीले अनलाइनखबरसँग भने, ‘द्रुत मार्गबाट छिटोछरितो खरिद गरेर अक्सिजन प्लान्ट र सिलिन्डरको व्यवस्थापन गर्न भनेका छौं । केहीले प्रक्रिया थालिसकेको पाइएको छ । चाँडै व्यवस्थापन हुन्छ ।’

मन्त्रालयले सिलिन्डर खरिदका लागि मात्र सेती प्रादेशिक अस्पताललाई ४० लाख रुपैयाँ, महाकाली र टीकापुर अस्पताललाई ३०/३० लाख र अन्य ६ वटा जिल्ला अस्पताललाई २०/२० लाख रुपैयाँ बजेट पठाइसकेको जनाएको छ । तर सामाजिक विकासमन्त्री सुवेदीले भने जस्तै अस्पतालहरुले अक्सिजनको व्यवस्थापनका लागि प्रक्रिया थालिनसकेको पाइएको छ ।

जिल्ला अस्पताल दार्चुलाले मन्त्रालयबाट बजेटको सुनिश्चितता आएपनि खरिद प्रक्रिया नथालिएको जनाएको छ । अस्पतालका सूचना अधिकारी डम्बर भट्टले अब चाँडै अक्सिजन प्लान्ट र सिलिन्डर खरिदको प्रक्रिया थालिने जानकारी दिए । ‘प्रदेश सरकारबाट अक्सिजनको व्यवस्थापन गर्ने भनेर परिपत्र आएको छ,’ भट्टले भने, ‘अहिलेसम्म खरिद प्रक्रिया शुरु भएको छैन । अब छिट्टै अगाडि बढाउँछौं ।’ दार्चुलामा जस्तै अन्य जिल्ला अस्पतालले समेत खरिद प्रक्रिया शुरु गरेका छैनन् ।

स्वास्थ्य निर्देशनालयसँग तथ्यांक नै छैन

सुदूरपश्चिममा कोरोना संक्रमण र मृत्युदर वृद्धि हुँदै गएका बेला अस्पतालमा अक्सिजन नपाएर बिरामीले अकालमै ज्यान गुमाउन थालेका छन् । यस्तो परस्थितिमा तत्काल अक्सिजनको उचित व्यवस्थापन गरेर मानिसको ज्यान जोगाउन ध्यान दिनुपर्ने बेला प्रदेशको स्वास्थ्य निर्देशनालयले भने अक्सिजन आपूर्तिका लागि आवश्यक पर्ने सिलिन्डरकै तथ्यांक संकलन गर्न सकेको छैन । प्रदेशमा के कति सिलिन्डर उपलब्ध छन् ? र थप आवश्यक कति पर्छन् ? भनेर योजना बनाउने बखत तथ्यांकविहीन बनेको निर्देशनालयले अहिले संकलनको काम थालिएको जनाएको छ ।

स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत ओम जोशीले अक्सिजन उत्पादन क्षमता र सिलिन्डरको यकिन तथ्यांक नभएको बताए । उनले अहिले तथ्यांक संकलन गर्ने काम भइरहेकाले एक-दुई दिनभित्र उपलब्ध गराउन सकिने जनाए ।

आपूर्ति केन्द्रले दुई सय सिलिन्डर खरिद गर्न प्रक्रिया थाल्यो

सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले भने थप दुई सय सिलिन्डर अक्सिजन खरिद गर्न प्रक्रिया थालिएको जनाएको छ । आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख पदम विष्टले प्रदेशमा सिर्जित अभावलाई ध्यानमा राखेर सिलिन्डर खरिदको प्रक्रिया थालिएको जानकारी दिए ।

यसअघि स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले ३० वटा सिलिन्डर खरिद गरेर प्रदेशका अस्पताललाई वितरण गरेको थियो । विष्टकाअनुसार डडेल्धुरा अस्पताललाई १० वटा, जिल्ला अस्पताल दार्चुलालाई पाँच र जिल्ला अस्पताल डोटीलाई ७ सिलिन्डर वितरण गरिएको थियो । आपूर्ति केन्द्रसँग अहिले आठ वटा सिलिन्डर मौज्दात छन् ।

प्रतिक्रिया