आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काठमाडौं महानगरपालिकाले गर्यो यति ठुलो निर्णय,उपत्यका बासिलाइ यति ठुलो राहत

प्रकाशित
751
SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिड-१९ बाट संक्रमितहरुको उपचारका लागि ‘कोभिड अस्पताल’ सञ्चालनको गृहकार्य थालेको छ । महामारी सुरु भएको एक वर्षपछि महानगरको कार्यपालिका बैठकमा पहिलो पटक कोभिड अस्पताल सञ्चालनबारे छलफल भएको हो ।

महानरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ६१ औं कार्यपालिका बैठकमा ‘कोभिड-१९ महामारी व्यवस्थापन’ सम्बन्धमा राखिएको प्रस्तावमा छलफल गर्दै सुविधा सम्पन्न आइसोलेसन र कोभिड अस्पतालको उपयुक्त विकल्पसहितको प्रस्ताव पेश गर्न वडा ३ का अध्यक्ष दीपक केसीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा वडा ६ का अध्यक्ष दिपेन्द्र लामा, ७ का अध्यक्ष शुद्धकुमार डंगोल, वडा २२ का अध्यक्ष चिनीकाजी महर्जन, ३० का अध्यक्ष दलबहादुर कार्की, ३१ का अध्यक्ष नारायण भण्डारी सदस्य छन् ।

समिति गठनपछि बैठकका  अध्यक्ष एवम् प्रमुख शाक्यले गएको वर्षभन्दा यसपटक अवस्था फरक भएको बताए ।‘शंका भएका व्यक्तिलाई जाँच गराएर क्वारेन्टिनमा बस्न प्रोत्साहित गर्नुपर्ने, पर्याप्त आइसोलेसन वार्डहरु तयार गरिनुपर्ने र महानगर आफैंले कोभिडको अस्पताल नै बनाउनु पर्ने भएको छ,’ उनले भने,’ क्वारेन्टिन निर्माण गर्ने, आइसोलेसन बनाउने र आवश्यकताका आधारमा अस्पतालसम्म बनाउने प्रयोजनका लागि हामीले महानगरभित्र होटल, पार्टी प्यालेस, स्थापना भएर चलेका र नचलेका केही अस्पतालहरुको अवलोकन गरेका छौँ ।’

केही प्रस्तावहरु पेश भएको उनले बताए । प्राप्त भएका र छलफल गरिएका विभिन्न ढाँचामध्ये कुन उपयुक्त हुन्छ भनेर अध्ययन हुने उनले बताए ।

समितिले आइसोलेसन सञ्चालन वडा तहबाट गर्ने कि महानगर तहबाट गर्ने भन्ने सम्बन्धमा सुझाव दिनेछ । जटिल स्वास्थ्य समस्या भएकालाई उपचार गर्न आवश्यक उपकरणसहितको उपचार कक्ष निर्माण गर्ने विषयमा सिफारिस पनि गर्नेछ ।

‘पूर्वाधार र जनशक्ति भएका स्वास्थ्य संस्थासँग सहकार्य गर्न पाइयो भने छिटै सेवा व्यवस्थापन गर्न पाइन्छ,’ प्रमुख शाक्यले भने ।

बैठकमा गएको वर्ष १० करोड रुपैयाँ राखेर स्थापना गरिएको कोभिड कोषबाट करिब ५ करोड रुपैयाँ खर्च भएको, एम्बुलेन्स सञ्चालनका लागि संयुक्त एम्बुलेन्स चालक संघसँग सहकार्य थालिएको जानकारी गराए ।

महानगरले तर्जुमा गर्ने महामारी नियन्त्रणका कार्यक्रममा डा. गणेश गुरुङ्, डा. अर्जुन कार्की, डा. अनुप सुवेदी र डा. सरद वन्तलाई स्वास्थ्यविज्ञका रुपमा आमन्त्रण गर्ने बैठकले निर्णय गरेको छ ।

आजको बैठकले, ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) स्थानीय समिति गठन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि-२०७८’ र ‘छात्रवृत्ति कार्यविधि – २०७८’ तर्जुमा गर्न सहमति दिएको छ ।

यस्तै छत्रपाटी निःशुल्क चिकित्सालय र ब्रहृमकुमारी राजयोग सेवा केन्द्रको भवन नक्सा पास दस्तुर मिनाहा गर्ने निर्णय गरेको छ ।

२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७ हजार ३८८ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

१६ हजार ५५८ जनाको पीसीआर र ५१८ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ ।

यसैगरी आज थपिएका संक्रमित सहित नेपालमा सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यसैगरी पछिल्लो २४ घण्टामा ३७ जना संक्रमितको मृत्यु भएको छ । योसहित ज्यान गुमाउनेको संख्या ३३ सय ६२ पुगेको छ ।

कहाँ कति थपिए ?

मन्त्रालयको तथ्यांक अनुसार प्रदेश १ को इलाममा ४, उदयपुरमा १२, ओखलढुंगामा २, खोटाङमा ६, झापामा ४८, ताप्लेजुङमा ४, तेह्रथुममा ५, धनकुटामा १०, पाँचथरमा ३, भोजपुरमा ४, मोरङमा ३६२, संखुवासभामा १३, सुनसरीमा ११२ र सोलुखुम्बुमा २ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धनुषामा ९७, पर्सा ९७, बारामा १८, महोत्तरीमा ३०, रौतहटमा १७, सप्तरीमा २१, सर्लाहीमा २० र सिरहामा २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी बागमती प्रदेशको काठमाडौंमा मात्र २९ सय २२ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा ११९, चितवनमा १७५ दोलखामा २, धादिङमा २५, नुवाकोटमा ३९, भक्तपुरमा २२२, मकवानपुरमा ४४, रसुवामा ४, रामेछापमा १०, ललितपुरमा ५२२, सिन्धुपाल्चोकमा ३२ र सिन्धुलीमा १६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ३५५, गोरखामा ३१, तनहुँमा १८, नवलपरासी पूर्वमा २४, पर्वतमा १४, मुस्ताङमा २, म्याग्दीमा २४, लमजुङमा २०, बागलुङमा ९ र स्याङजामा ३१ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २४, कपिलवस्तुमा ११५, गुल्मीमा १९, दाङमा १०२, नवलपरासीमा ४२, पाल्पामा ९३, प्युठानमा ८, बर्दियामा ४४, बाँकेमा ४४०, रुकुम पूर्वमा २, रुपन्देहीमा ६१९ र रोल्पामा १० जनामा कोरोना पाइएको छ।

मन्त्रालयका अनुसार कर्णाली प्रदेशको कालिकोटमा २, जुम्लामा १५, दैलेखमा ५, मुगुमा २, रुकुम पश्चिममा १, सल्यानमा १२, सुर्खेतमा ३ र हुम्लामा २ जनामा कोरोना भेटिएको छ।

यसैगरी सुदूरपश्चिम प्रदेशको अछाममा ६, कञ्चनपुरमा ६०, कैलालीमा १२७, डडेल्धुरामा २६, डोटीमा २, दार्चुलामा ३, बझाङमा १, बाजुरामा १ र बैतडीमा २८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया